• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ ३०, २०८३
मङ्गलबार, भदौ ३०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • ९ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • ९ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १० घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • ११ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १३ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १६ घण्टा 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • १ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

‘योग गरौँ, स्वस्थ जीवन जिऔँ’

  •  बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय समाचार समिति(रासस) को ६२ औँ वार्षिकोत्सवको अवसरमा योग, स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । रासस केन्द्रीय कार्यालयमा भएको सो कार्यशालामा योग तथा प्राकृतिक चिकित्सक डा क्षीतिज बाराकोटी र योग प्रशिक्षक गम्भीर श्रेष्ठले प्रस्तुति दिनुभएको थियो ।

डा बाराकोटीले योग र स्वस्थ खानपानको विषयमा प्रस्तुति दिनुभयो । योग प्रशिक्षक श्रेष्ठले व्यस्त जीवनशैली र तनाव व्यवस्थापनका विषयमा प्रेरणादायी प्रस्तुति गर्नुभयो । डा बाराकोटीले योगको नियमित अभ्यासले शारीरिक, मानसिक र आध्यात्मिक शुद्धीकरण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “रोग लागेपछि मात्र योग गर्ने चलन छ । तर योगको महत्त्व रोग लाग्नै नदिने हो ।”

दीर्घरोग भएका, मुटुको समस्या, घुँडाको समस्या, चोटपटक लागेका, शल्यक्रिया र गर्भवतीले योगाभ्यास गर्दा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “योगको अभ्यास सही तरिकाले नगर्दा यसको फाइदा भन्दा असर धेरै पर्नसक्छ । सुरुमै जटिल प्रकारको आसन अभ्यास गर्नु भएन । त्यसमा पनि बिरामीले विशेष सचेत भएर योग गर्नुपर्छ ।”

डा बाराकोटी बिहान सबेरै खाली पेट वा खाना खाएको तीन घण्टापछि योग गर्न सुझाउनुहुन्छ । उहाँले भन्नुभयो, “जीवनशैलीलाई योगमय बनाउन सके हरेक काम तनावबिना सफलरूपमा सम्पन्न गर्न सकिन्छ ।” उहाँले तनाव व्यवस्थापनका लागि उचित आहार, विहार र विचारप्रति सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

योग प्रशिक्षक श्रेष्ठले तनाव व्यवस्थापनप्रति सचेत गराउँदै भन्नुभयो, “शरीरलाई दुःख र चित्तलाई सुख दिनसके तनाव व्यवस्थापन हुन्छ ।” उहाँले सबैभन्दा पहिले व्यक्तिले आफनो तनावको अवस्थाबारे जानकार÷सचेत हुनपर्ने बताउनुभयो । “आफू तनावको अवस्थामा छु भन्ने सचेत भएपछि, व्यवस्थापनको विकल्प प्रयोग गर्न सकिन्छ । तत्काल तनाव व्यवस्थापन गर्न लामो श्वासप्रश्वास लिने र मनमाथि नियन्त्रण हुनुपर्छ”, उहाँले भन्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारले सधैँ तनाव वहन गर्नुपर्ने पेशागत प्रकृति भएको र त्यसका लागि तनाव व्यवस्थापनका लागि योग अभ्यास महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी स्वस्थ र रचनात्मक हुनसके मात्र संस्था स्वस्थ हुन सक्छ । पत्रकारले व्यस्त समयका बाबजुद योग अभ्यासलाई निरन्तरता दिनसके तनाव व्यवस्थापनमा सहयोग पुग्छ ।” रासस

बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.