• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु

  •  बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

लुम्बिनी । लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित पिपरी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो अभियान शुभारम्भ गर्नुभयो ।

दाङ, कपिलवस्तु र बाँके जिल्लामा सुरु गरिएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । अभियान सुरुवात कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री इन्द्रजीत चौधरी, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटा, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पनि उक्त औषधि सेवन गर्नुभयो ।

हात्तीपाइले विरुद्ध यो औषधि दुई वर्ष उमेर पूरा गरेका सबैले खानुपर्छ तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीले भने औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ ।

तालिम प्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा सार्वजनिकस्थलमा औषधि खुवाइने भएकाले आफूलाई पायक पर्ने ठाउँमा पुगेर औषधि सेवन गर्न मुख्यमन्त्री गिरीले सबैसँग आग्रह गर्नुभयो । औषधि सेवनले मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी भए नस्ट गरी रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने यस्तो रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निने र मानिसको ज्यान पनि जानसक्ने सम्भावना रहन्छ ।

अहिले पनि ती तीन जिल्लामा हात्तीपाइले विरुद्धको अभियान सफल हुनसकेको छैन । औषधिको असरबारे गलत बुझाइले औषधि नखाइदिँदा अभियान सफल हुन सकेको थिएन । छ वर्षभित्रै रोग उन्मूलन गर्ने लक्ष्य राखिएको यी जिल्लामा आजदेखि औषधि सेवन अभियान चलाइएको हो ।

यी तीन जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सुरु गर्दा सङ्क्रमणको दर २९ प्रतिशत रहेकामा अहिले घटेर चार प्रतशितमा झरेको छ । बाँकेमा हात्तीपाइले रोगको सङ्क्रमणको दर चार प्रतिशत र कपिलवस्तुमा आठ प्रतिशत छ । परीक्षणमा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएमा जोखिम न्यून नभएसम्म औषधि सेवन अभियान हरेक वर्ष चलाइन्छ  । यसवर्ष यी तीन जिल्लामा करिब साढे १९ लाखभन्दा बढीलाई औषधि खुवाइँदैछ । दाङमा छ लाख ८७ हजार, बाँकेमा छ लाख १६ हजार र कपिलवस्तुमा साढे छ लाख जनसङ्ख्यालाई औषधि खुवाउने लक्ष्य छ । रासस

बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.