• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सिञ्जाको स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित

  •  मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्यचौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय २७ महिला लाभान्वित भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग समन्वय गरी पालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट शिविर सञ्चालन गरिएको अध्यक्ष धितालले भन्नुभयो, “नराकोट स्वास्थ्यचौकीमा एक सय एक, धाँपा स्वास्थ्यचौकीमा ७६ र सनिगाउँ स्वास्थ्यचौकीमा एक सय ५० गरी जम्मा तीन सय २७ जना एकैदिन शिविरबाट लाभान्वित भएका छन् ।”

सो स्वास्थ्य शिविरबाट चार महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरिएको छ । साथै ५७ महिलालाई पाठेघर खस्न नदिन रिङप्रेसर राखिएको छ । पाठेघर खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्नेलगायतका समस्याको स्वास्थ्य शिविरमा जाँच गरिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताउनुभयो ।

चेतना अभिवृद्धि, कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयं महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त हुने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा सुबि बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामीण भेगका महिला गाउँमै पाठेघरको जाँच साथै उपचार गराउन पाउँदा निकै खुसी भएको यहाँका महिला बताउँछन् । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्नुपर्ने सिञ्जाका स्थानीयवासीको माग रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो । अधिकांश ३० वर्ष माथिका ग्रामीण महिला पाठेघर खस्ने, सेतो पानी बग्ने, ढाड दुख्ने समस्याबाट पीडित छन् ।

गाउँमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले त्यस्ता पीडित महिलालाई राहत पुग्ने गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सिञ्जा गाउँपालिका–४ की पदमकली बुढा लामो समयदेखि तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्यामा हुनुहुन्थ्यो । चेतनाको अभाव, घरको आर्थिक अवस्था कमजोर र परिवारसँग खुलेर भन्न नसकेरै उहाँ आफ्ना समस्या लुकाउन बाध्य हुनुहुन्थ्यो । आफ्नो स्वास्थ्यभन्दा घरको काममा बढी केन्द्रित हुँदा पछि पदमकलीको पाठेघर खस्ने समस्या हुन थाल्यो । उपचारको प्रतीक्षामा भए पनि उहाँले आफ्नो समस्या कसैसँग सुनाउनु भएन ।

साथै उहाँले उपचार गर्ने र जचाउने मेसो पनि पाउनुभएको थिएन । सिञ्जाको नराकोट स्वास्थ्यचौकीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पदमकलीले पहिलोपटक आफ्नो पाठेघर जचाउनुभयो । र उहाँको पाठेघर नखस्ने रिङ हालियो । स्वास्थ्यचौकीमा पाठेघर खस्न नदिन रिङ लगाउने र अन्य जाँच हुने थाहा पाएपछि गाउँमै सबै समस्या जचाउन पाउँदा राहत महसुस भएको पदमकलीले बताउनुभयो । गाउँ केन्द्रिकृत स्वास्थ्यकर्मी लिएर स्वास्थ्य सेवादेखि अन्य सेवा प्रवाह दिन थालेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो । रासस

मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.