• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘शल्यक्रियापछि आँखाले देखेपछि डाक्टर भए भगवान्’

  •  मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित

जुम्ला ।भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–५, दोभानेका ७२ वर्षीय लाक्पा शेर्पाले डाक्टरलाई भगवान् नै मान्नुभयो । कारण थियो गाउँपालिकामा चलेको तीन दिने आँखा शल्यक्रिया शिविरमा उहाँले पाउनुभएको सेवा । शेर्पाले मोतियाविन्दु भएको आँखाको शल्यक्रिया गराउनुभयो ।

विगत दुई वर्षदेखि देब्रे आँखामा मोतियाविन्दु भएर आँखा देख्न छाड्नुभएका शेर्पाले पुनः पहिलाको जस्तै आँखाले देख्न थाल्नु भएपछि भन्नुभयो, “मेरो आँखा पुनः पहिलेको जस्तै अवस्थामा देख्ने बनाइदिने डाक्टर मेरा लागि त भगवान् नै भए नि !”

आर्थिक समस्या र जिल्ला बाहिर गएर उपचार गराउन नपाउने आँखाका रोगीका लागि गाउँमै आएको शिविर बरदान सावित भएको छ । वृद्ध शेर्पा मात्र होइन धैरै वृद्धवृद्धाले आँखाको ज्योति शिविरबाट पाउनुभयो । लाक्पाले आफ्नो उपचारमा खटेका डाक्टरलाई अँगालो मार्दै धन्यवादसमेत दिनुभयो । साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकीडाँडाको जाल्पा माविमा सञ्चालन भएको तीनदिने बृहत् निःशुल्क शिविरमा शल्यक्रिया गराएका रोगीले पहिलाकै जस्तो आँखा देख्न थालेपछि खुसीको सीमा नै नरहेको नेपाल नेत्रज्योति सङ्घ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ आँखा तथा नाक, कान उपचार केन्द्र भोजपुरको आयोजना तथा गाउँपालिकाको सहयोगमा सञ्चालित शिविरमा विराटनगर आँखा अस्पताल रानीको विशेषज्ञ स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो । डाक्टर आशिष कर्मचार्य लागायतको टोलीले शिविरमा प्राविधिक सहयोग गरेको हो । भोजपुर जस्तो दुर्गम जिल्लाको ग्रामीण क्षेत्रमा पुगेर सेवा दिन पाउँदा आफूहरुलाई पनि मानव सेवाको काम गरेजस्तो महसुस भएको शिविरमा खटिनुभएका डाक्टर आशिष कर्मचार्यको भनाइ छ ।

डा कर्मचार्यले भन्नुभयो, “हामी वृद्धवृद्धा आमाबुबालाई गाउँमा आएर शल्यक्रियासहित पुनः पहिलाको अवस्थामा नै ज्योति फर्काउन सफल भयौँ, यो नै ठूलो सेवा हो ।” गाउँमा चलेको शिविरमा दुई सय ६३ जनाले आँखाको उपचार पाउनुभयो भने ५९ जनाको मोतिबिन्दु र सात जनाको सामान्य शल्यक्रिया भएको छ ।

नेपाल नेत्रज्योति सङ्घ आँखा तथा आँखा, कान उपचार केन्द्र भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रमा सुरु गरेको गाउँ केन्द्रित शिविर प्रभावकारी भएको केन्द्रका प्रमुख विजय तामाङले बताउनुभयो । उहाँले जिल्ला सदरमुकाममा समेत शिविर सञ्चालनका लागि तयारी सुरु गरिएको जानकारी दिनुभयो । रासस

मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.