• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘शल्यक्रियापछि आँखाले देखेपछि डाक्टर भए भगवान्’

  •  मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित

जुम्ला ।भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–५, दोभानेका ७२ वर्षीय लाक्पा शेर्पाले डाक्टरलाई भगवान् नै मान्नुभयो । कारण थियो गाउँपालिकामा चलेको तीन दिने आँखा शल्यक्रिया शिविरमा उहाँले पाउनुभएको सेवा । शेर्पाले मोतियाविन्दु भएको आँखाको शल्यक्रिया गराउनुभयो ।

विगत दुई वर्षदेखि देब्रे आँखामा मोतियाविन्दु भएर आँखा देख्न छाड्नुभएका शेर्पाले पुनः पहिलाको जस्तै आँखाले देख्न थाल्नु भएपछि भन्नुभयो, “मेरो आँखा पुनः पहिलेको जस्तै अवस्थामा देख्ने बनाइदिने डाक्टर मेरा लागि त भगवान् नै भए नि !”

आर्थिक समस्या र जिल्ला बाहिर गएर उपचार गराउन नपाउने आँखाका रोगीका लागि गाउँमै आएको शिविर बरदान सावित भएको छ । वृद्ध शेर्पा मात्र होइन धैरै वृद्धवृद्धाले आँखाको ज्योति शिविरबाट पाउनुभयो । लाक्पाले आफ्नो उपचारमा खटेका डाक्टरलाई अँगालो मार्दै धन्यवादसमेत दिनुभयो । साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकीडाँडाको जाल्पा माविमा सञ्चालन भएको तीनदिने बृहत् निःशुल्क शिविरमा शल्यक्रिया गराएका रोगीले पहिलाकै जस्तो आँखा देख्न थालेपछि खुसीको सीमा नै नरहेको नेपाल नेत्रज्योति सङ्घ भोजपुरका कोषाध्यक्ष सम्झना प्रधानले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ आँखा तथा नाक, कान उपचार केन्द्र भोजपुरको आयोजना तथा गाउँपालिकाको सहयोगमा सञ्चालित शिविरमा विराटनगर आँखा अस्पताल रानीको विशेषज्ञ स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो । डाक्टर आशिष कर्मचार्य लागायतको टोलीले शिविरमा प्राविधिक सहयोग गरेको हो । भोजपुर जस्तो दुर्गम जिल्लाको ग्रामीण क्षेत्रमा पुगेर सेवा दिन पाउँदा आफूहरुलाई पनि मानव सेवाको काम गरेजस्तो महसुस भएको शिविरमा खटिनुभएका डाक्टर आशिष कर्मचार्यको भनाइ छ ।

डा कर्मचार्यले भन्नुभयो, “हामी वृद्धवृद्धा आमाबुबालाई गाउँमा आएर शल्यक्रियासहित पुनः पहिलाको अवस्थामा नै ज्योति फर्काउन सफल भयौँ, यो नै ठूलो सेवा हो ।” गाउँमा चलेको शिविरमा दुई सय ६३ जनाले आँखाको उपचार पाउनुभयो भने ५९ जनाको मोतिबिन्दु र सात जनाको सामान्य शल्यक्रिया भएको छ ।

नेपाल नेत्रज्योति सङ्घ आँखा तथा आँखा, कान उपचार केन्द्र भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रमा सुरु गरेको गाउँ केन्द्रित शिविर प्रभावकारी भएको केन्द्रका प्रमुख विजय तामाङले बताउनुभयो । उहाँले जिल्ला सदरमुकाममा समेत शिविर सञ्चालनका लागि तयारी सुरु गरिएको जानकारी दिनुभयो । रासस

मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.