• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपालगञ्जका सिकिस्त बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने बाध्यता हट्दै

  •  मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित

राँझा । नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौँ वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ ।

सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेष्र्टन अस्पतालले अत्याधुनिक सुविधासहित आठ शय्याको सघन उपचारकक्ष (आइसीयू) सेवा सुरु गरेपछि अब सिकिस्त बिरामीको उपचार पनि नेपालगञ्जमै सम्भव भएको अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा सीमित सघन उपचारकक्ष रहे पनि सिकिस्त बिरामीको सङ्ख्या धेरै हुने हुँदा थप उपचारका लागि काठमाडौँ वा भारतको लखनउ प्रेषण गर्नुपर्ने बाध्यता थियो ।

आइसीयू सञ्चालन नहुँदा वेष्टर्न अस्पतालले मात्रै दैनिक करिब पाँच सिकिस्त बिरामीलाई थप उपचारका लागि काठमाडौँ वा भारतको लखनउ प्रेषण गर्दै आएको थियो । अब नेपालगञ्जमै आइसीयूकक्ष भएपछि बिरामीले आफ्नै ठाउँमा सहजरूपमा उपचार पाउने डा थापाको भनाइ छ ।

आइसीयूमा भर्ना हुने हरेक बिरामीका लागि एक–एक जना तालिमप्राप्त नर्सका साथै २४सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ चिकित्सकको निगरानी रहने व्यवस्था मिलाइएको छ । यस्तो सुविधा भएको आइसीयू सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो ।

विगत १९ वर्षदेखि सञ्चालित वेष्टर्न अस्पतालले छ शय्याको एचडीयू सेवा पनि सुरु गरेको छ । केही दिनमै छ शय्याको एनआइसीयू पनि सञ्चालन गर्ने तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।

आइसीयूमा भर्ना हुने बिरामीको स्वास्थ्य सूचकहरूका बारेमा जानकारी दिनका लागि डब्लुएचओको मापदण्डअनुसार बिरामीको स्वास्थ्य सूचक सूचना प्रणाली मिलाइएको छ । आइसीयूमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूबाट उच्च शिक्षा र तालिमप्राप्त अनुभवी चिकित्सक र नर्सहरू कार्यरत रहेको प्रबन्ध निर्देशक थापाको भनाइ छ ।

अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्ससहित चिकित्सकहरूको टिम बनाएर वेष्टर्न अस्पतालले नेपालगञ्जमै काठमाडौँ र लखनउका ठूला र सुविधासम्पन्न अस्पतालकै हाराहारीमा उपचार सेवा दिने प्रयास गरिरहेको अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा पारस पाण्डेले जानकारी दिनुभयो । रासस

मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.