• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

चितवनमा वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्दै डा श्यामराज रेग्मी

  •  शनिबार, फागुन २७, २०७९ मा प्रकाशित

चितवन । सामान्यतया ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्न धेरै चिकित्सक हच्किन्छन् । परिवारले पनि त्यति धेरै वृद्धावस्थामा मुटुको शल्यक्रिया गर्न महत्व दिँदैनन् तर, चितवनका एक चिकित्सक भने वृद्धवृद्धाको मुटुको जटिल शल्यक्रिया गर्दै आउनुभएको छ ।

चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मी आफूले गरेका शल्यक्रियामध्ये ३० प्रतिशत ७५ वर्षमाथिका रहेको बताउनुहुन्छ । एक दिनको शिशुदेखि ९५ वर्षका वृद्धको समेत आफूले मुटुको शल्यक्रिया गरेको उहाँको भनाइ छ । सन् २००२ देखि १० वर्ष काठमाडौैँको गङ्गालाल हृदयरोग केन्द्रमा काम गर्नुभएका डा रेग्मी विगत ११ वर्षदेखि चितवन मेडिकल कलेजमा काम गर्दै आउनुभएको छ । मेडिकल कलेजमा विभिन्न विभागसमेत रहेकाले वृद्धवृद्धामा देखिने अन्य समस्याको उपचार गरेर मुटुको शल्यक्रिया गर्ने गरेको उहाँको भनाइ छ । कतिपयको मुटुको शल्यक्रियापछि प्रोस्टेटलगायत अन्य रोगको शल्यक्रिया गर्ने गरेको डा रेग्मी बताउनुहुन्छ ।

चितवन आएर मात्रै आफ्नो नेतृत्वमा मुटुका पाँच हजार चार सय ७१ जटिल शल्यक्रिया गरेको बताउँदै उहाँले यीमध्ये ३० प्रतिशत ७५ वर्षमाथिका वृद्धवृद्धा रहेको बताउनुभयो । उहाँका अनुसार कोरोनरी एन्जियोग्राम तीन हजार ७४, कोरोनरी एन्जियोप्लास्टी एक हजार नौ सय ३३, पेसमेकर दुई सय ४७, पिटिएमसिन (मुटुको भल्व सानो भएको) दुई सय आठ, बिएभी दुई र बिपिभि सात वटा भएका छन् । यसबाहेक मुटुमा जमेको पानी तान्ने, अस्थायी ब्याट्री राख्नेलगायत साना शल्यक्रिया भएको डा रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक दिनको बच्चादेखि ९५ वर्षको वृद्धसम्मको शल्यक्रिया गरेको छु”, यस अस्पतालमा मुटुरोग विभागमा तीन जना विशेषज्ञ चिकित्सक, दुई जना डिएम विद्यार्थी, पाँच जना फेलोसिप विद्यार्थी रहेका छन् । रेग्मीले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट बिरामी आउने गरेको बताउनुभयो । सबै चिकित्सकले पाको उमेरकाको मुटुको शल्यक्रिया गर्न नचाहने भएकाले त्यस्ता बिरामी डा रेग्मीकोमा धेरै आउने गरेको उहाँको विभागमा कार्यरत अमृत काफ्लेले बताउनुभयो ।

राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति जिल्लामा नै रहेको डा रेग्मीको दावी छ । उहाँले थप्नुभयो, “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ ।” अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथ ल्याब रहेको छ ।

नेपाल सरकारको विपन्न नागरिक औषद्योपचार कोषमार्फत उपलब्ध एक लाख बराबरको छुटसमेत यस अस्पतालमा पाइन्छ । हिँड्दा छाती दुख्ने, छाती भारी हुने, हिँड्दा श्वास हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिनुभयो । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले काठमाडौँसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताउनुभयो । डा रेग्मी मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सकमा परिचित भएको भन्दै उहाँले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेको बताउनुभयो । रासस

शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.