• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ४ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • ४ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ५ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ५ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ८ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ११ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ११ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

आमाको मिर्गाैलाबाट छोराले पाए पुनर्जीवन

  •  सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

गलकोट । “आफैँले जन्माएको छोरा मृत्युको मुखमा पुगेको कसरी हेर्नु ? अङ्गदान दिएर छोरालाई बचाएँ, बरु उसैको काखमा मरुँला”, छोरालाई मिर्गाैला दान दिएर पुनर्जन्म दिनुभएकी आमा कमला पुनले भन्नुभयो, “मिर्गाैलाको सफल प्रत्यारोपणपछि छोराले पुनर्जन्म पाउँदा निकै खुसी छु, छोराको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्नेलाई हृदयदेखि धन्यवाद छ ।”

छोराको जीवनरक्षाका लागि आफूले मिर्गाैला दिने निर्णय गरेको बताउँदै पुनले आफूले जन्म दिएको छोरा बाँचेको हेर्ने रहर पूरा भएको बताउनुभयो । स्थानीय सहयोगदाताको साथ र आफ्नो मिर्गाैलाका कारण छोराको जीवनरक्षा भएकोमा कमला खुसी हुनुभएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम निवासी बोमबहादुर पुनको गण्डकी अस्पताल पोखरामा मिर्गाैलाको हालै मात्र सफल प्रत्यारोपण भएको छ ।

दुवै मिर्गाैला फेल भएर जीवनमरणको दोसाँधमा पुगेका २५ वर्षीय बोमबहादुरले जन्मदाता आमाको मिर्गाैला पाएर पुनर्जीवन पाउनुभएको हो । आमाको मिर्गाैला पाएर पुनर्जीवन पाउनुभएका २५ वर्षीय बोमबहादुर अहिले पोखरामा उपचारकै क्रममा हुनुहुन्छ ।

“अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा पोखरामै आमा छोरा बस्दै आएका छौँ, आमाले दिएको मिर्गाैलाले पुनर्जन्म पाएँ”, मिर्गाैलाको सफल प्रत्यारोपण गर्नुभएका बोमबहादुरले भन्नुभयो, “उपचारका लागि धेरै रकम खर्च भयो, जसका लागि हाम्रो परिवारको क्षमताभन्दा माथि थियो, तर देश विदेशमा रहनुभएका आफन्तजन र शुभेच्छुकबाट रु २० लाख सहयोग प्राप्त भयो, जसले मेरो जीवनरक्षाका लागि सहयोग पुग्यो ।”

गत भदौमा दुवै मिर्गाैला फेल भएको पत्तो पाएका बोमबहादुरको उपचारका लागि आर्थिक समस्या परेको थियो । भदौमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दुवै मिर्गाैला फेल भएको पत्ता लाए पनि बोमबहादुरको मणिपाल अस्पताल, फिस्टेल अस्पताल र आस्था अस्पतालमा डायलासिस भएको थियो । स्वास्थ्य परीक्षणका क्रममा आमाले छोरालाई मिर्गाैला दिन मिल्ने भएपछि गण्डकी अस्पताल पोखरामा हालै मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको पुनले बताउनुभयो ।

“आमाले मैले दिन्छु भनेपछि परिवारमा सल्लाह भयो, उहाँको मिर्गाैला परीक्षणपछि मिर्गाैला प्रत्यारोपण गर्न मिल्ने चिकित्सकको सल्लाहअनुसार प्रत्यारोपण गरिएको हो, अहिले आमा र मेरो स्वास्थ्यमा सुधार आएको छ, केही समयकोे उपचारपछि घर फर्कने तयारीमा छौँ”, छोरा पुनले खुसी हुँदै भन्नुभयो “आमाले जन्म त दिनुभएको थियो, २५ वर्षपछि आफ्नै मिर्गाैला दिएर पुनर्जन्म दिनुभयो, आमाप्रति कसरी धन्यवाद भनुँ, कुनै शब्द छैन ।”

डायलासिस गराउने क्रममा उपचार खर्चको अभाव भए पनि आफन्त गिरीबहादुर पुन संयोजक भएर ‘मिर्गौला पीडित बोमबहादुर बचाउ अभियान’ अन्तर्गत आर्थिक सङ्कलन समिति गठन गरिएको थियो । उक्त आर्थिक सङ्कलन समितिले बोमबहादुरको डायलासिस तथा मिर्गाैला प्रत्यारोपणका लागि विभिन्न चरणमा गरेर रु १९ लाख २९ हजार सहयोग रकम प्रदान गरिसकेको मिर्गाैला पीडित बोमबहादुर बचाउ अभियानका संयोजक पुनले बताउनुभयो ।

बोमबहादुरका आफन्त, देश विदेशमा रहनुभएका शुभेच्छुक, युके समाज तङ्ग्राम, पोर्चुगलमा रहनुभएका आफन्तजन, ताराखोला गाउँपालिका समाज कतार, कोरियामा रहनुभएका नेपालीलगायत २७ सङ्घ, सङ्गठन तथा शुभेच्छुकको पहलबाट सङ्कलित रकम रु १९ लाख २९ हजार मिर्गाैला पीडित बोमबहादुरलाई हस्तान्तरण गरिएको संयोजक गिरीले बताउनुभयो ।

“आर्थिक अवस्था कमजोर रहेको मिर्गाैला पीडित बोमबहादुरको परीक्षणका क्रममै धेरै रकम खर्च भइसकेको थियो, प्रत्यारोपण र थप औषधि उपचारका क्रममा परिवारले थेग्न सक्ने अवस्था थिएन, मिर्गौला रोगका लागि धेरै खर्च लाग्ने रहेछ”, संयोजक गिरीले भन्नुभयो, “बोमबहादुरको अहिले मासिक रु ६० हजार खर्च औषधि उपचारमा लाग्ने रहेछ, उहाँको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।” अहिले आमा कमला पुन र छोरा बोमबहादुर पुन पोखरामा बसेर गण्डकी अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार गराइराख्नुभएको छ । रासस

सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.