• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र हस्तान्तरण

  •  मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ‘गम्भीर श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र’ हस्तान्तरण गरेको छ ।

बलम्बुमा रहेको नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा निर्माण गरिएको उपचार केन्द्र आज यहाँ आयोजित कार्यक्रममा डब्लुएचओ दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

डब्लुएचओ दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक डा खेत्रपाल सिंहले जनस्वास्थ्य आपत्कालीन अवस्थाहरूको लागि पूर्वतयारी र प्रतिकार्य क्षमता बलियो बनाउन उपचार केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

उहाँले गम्भीर श्वासप्रश्वासको सङ्क्रमण विश्वमै सङ्क्रामक रोगबाट हुने बिमारी र मृत्युको प्रमुख कारण रहेको उल्लेख गर्दै यस स्वास्थ्य संरचनाले श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगका लागि नमूना सिफारिस (रेफरल) उपचार केन्द्रको रूपमा काम गर्नुको साथै बिरामीको सङ्ख्या धेरै हुँदा उपचार र व्यवस्थापनमा सहयोग पु¥याउने बताउनुभयो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले भविष्यमा आउनसक्ने महामारी प्रतिकार्यका बेला यस उपचारकेन्द्र प्रभावकारीरुपमा सञ्चालनका लागि कार्यविधि बनाइने बताउनुभयो । नेपालका लागि डब्लुएचओका प्रमुख डा राजेश संभाजीराव पाण्डवले उपचार केन्द्रले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणका बिरामीको उपचार र हेरचाहका लागि नेपालको स्वास्थ्य पूर्वाधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्व खाद्य कार्यक्रम नेपालका निर्देशक रोबर्ट कास्काले उपचार केन्द्रमा मध्यम, गम्भीर, जटिल र सघन उपचार चाहिने बिरामीको लागि ९२ वटा शय्या उपलब्ध भएको जानकारी गराउनुभयो । उहाँले शय्याका साथै भान्साकोठा, भोजन कक्ष, लुगाधुने ठाउँ र फार्मेसीको सुविधासमेत रहेको बताउनुभयो । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले उपचार केन्द्रबाट सङ्क्रामक रोग रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । करिब सात हजार छ सय वर्ग मिटरमा फैलिएको उपचार केन्द्र, दक्षिण–पूर्वी एसिया क्षेत्रमा पहिलो हो ।

उपचार केन्द्र कोभिड–१९ लगायत श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रामक रोगका सामान्य, मध्यम, गम्भीर र जटिल अवस्थाका बिरामीको उपचारका लागि निर्माण गरिएको हो । श्वासप्रश्वासका बिरामीको उपचार गर्न निर्माण गरिएको यस उपचार केन्द्र सङ्क्रमण रोकथाम तथा नियन्त्रणका उपायमा आधारित छ । कर्मचारीका लागि छुट्टै स्थान, बिरामीका लागि आउने र जाने छुट्टै बाटो तथा श्वासप्रश्वासबाट हुनसक्ने सङ्क्रमणको फैलावटलाई कम गर्न उचित भेन्टिलेसन र वायु शुद्धीकरण प्रणालीको व्यवस्था गरिएको छ । उपचार केन्द्रलाई सामान्य, मध्यम, गम्भीर र जटिल वार्डमा विभाजन गरिएको छ ।

कोभिड–१९ महामारीका बेला मन्त्रालयले फिल्ड अस्पताल स्थापना गर्न विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गरेपछि विश्व खाद्य कार्यक्रमको अन्तर्राष्ट्रिय अनुदान सहयोगबाट यस उपचार केन्द्र स्थापना गरिएको हो ।

मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.