• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट

  •  बुधबार, चैत ०१, २०७९ मा प्रकाशित

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले विगत सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवा प्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ । सरावल गाउँपालिका–२ अत्रहटिमा आयुर्वेद औषधालय सेवा केन्द्रको हालै नयाँ भवन निर्माण गरिएको छ ।

सरावल गाउँपालिकाको बहुवर्षीय योजनाअन्तर्गत रु ३० लाखको लागतमा चारकोठे भवन वडा नं २ अत्रहटिमा निर्माण गरिएको हो । अबको दिनमा आयुर्वेद औषधालयमा थप सेवा विस्तारका साथै गाउँपालिकामा योगाहल निर्माणको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो । नवनिर्मित भवनबाट आगामी वैशाखदेखि सेवा सञ्चालन हुने छ ।

निःशुल्करूपमा सेवा प्रदान गर्ने भावनाले सरावल गाउँपालिका र नेपाल सरकारको सःशर्त अनुदानबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । निःशुल्क टिकटको माध्यमबाट सेवा प्रदान गर्ने दैनिक २५ देखि ३५ सेवाग्राही आउने गरेका मनरी आयुर्वेद औषधालयका कविराज निरीक्षक सन्तोषकुमार कहारले बताउनुभयो ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, सुखी र निरोगी नेपाल तथा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा’ अवधारणाका साथ २०७२ असारमा स्थापना भएको सो औषधालयले सेवा प्रवाह गर्दैआएको छ । प्रत्येक महिनामा करिब सात सयदेखि आठ सय सेवाग्राही आउने भएकाले औषधि अभाव भएको केन्द्रले जनाएको छ । यस केन्द्रबाट सरावल गाउँपालिका साथै बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगरपालिकाबाट पनि सेवाग्राहीले सेवा लिइरहेका छन् ।

धेरैजसो महिला सेवाग्राही बढी आउने गरेको सेवा केन्द्रले जनाएको छ । सेवा केन्द्रबाट हाडजोर्नी दुख्ने, सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, कब्जियत इत्यादि रोगको उपचार गरिँदै आएको छ । चालु आर्थिक वर्षको सात महिनामा करिब तीन हजार दुई सेवाग्राहीलाई सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ ।

हाल यस औषधालयमा कविराज, वैध, औषधि कुटुवा र कार्यालय सहयोगी गरी चार कर्मचारी कार्यरत छन् । यस्तै सेवा केन्द्रले आफ्नो स्थापनाकाल २०७२ असारदेखि २०८९ फागुनसम्म एक लाख, एक हजार, ६३ जनालाई सेवा प्रदान गरेको आयुर्वेद औषधालयको तथ्याङ्कमा उल्लेख छ । रासस

बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.