• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

एचथ्रीएनटु (H3N2) इन्फ्लुऐन्जा भाइरसका लक्षण र रोकथामका उपाय

  •  शनिबार, चैत ०४, २०७९ मा प्रकाशित

H3N2 इन्फूलेन्जा भाइरस यस्तो भाइरस हो । जसको मानिसमा संक्रमण भएपछि ज्वरो,रुघा,खोकी,नाकबाट तरल पद्दार्थ वग्ने,घांँटी दुख्ने, थकान महसुस हुने ,शरीर दुख्ने,पखाला लाग्ने, सास फेर्न अप्ठेरो हुने र कतिपयलाइ आँखामा इन्फेक्सन हुने समेतको लक्षणहरु देखिने गर्दछ । यसको समयमै उपचार नभएमा मानिसको मृत्यु समेत हुने गरेको छ ।

यो भाइरस नयाँ पत्ता लागेको भाइरस भने होइन । सर्वप्रथम ५५ वर्ष पहिले चीन, हङकङ्गका केही क्षेत्रहरुमा कोभिड–१९ जस्तै महामारी फैलिएको र सो अबस्थामा करीब १० लाख जना मानिसको मृत्यु भएको थियो भने सो अवस्थामा उक्त भाइरस हङकङ्ग फ्लुबाट परिचित भयो र हाल भारतबाट नेपाल आउने अन्य देशका मानिसमा र सिमा नाकामा बसोबास गर्ने मानिसहरुमा समेत उक्त लक्षणहरु देखा परेको थियो । उक्त भाइरसले पुरानो दम, निमोनिया भएका व्यक्तिलाई थप ग्रसित र संक्रमित गराउने गर्दछ ।

भारतको स्वास्थ्य सम्वन्धित संस्था Indian Council Of Medical Research (ICMR) ले उक्त लक्षण सहितको H3N2 भाइरस प्रमाणित भएका बिरामीलाई आवश्यक नपरेसम्म एन्टीबायोटिक्स औषधिहरु नचलाउनु भनेर विज्ञप्ति जारी गरेर सुचित गराएको छ । उक्त अवस्थामा आवश्यक नहुने एन्टिवायोटिक्स चलाएमा नकारात्मक असर समेत पर्न सक्छ । भारतमा रहेका अस्पतालमा उक्त लक्षण सहित भर्ना हुने विरामीहरुको तथ्याङ्ग हेर्दा ९२% ज्वरो , ८६% खोकी, २७% सास फेर्न गारो १०% लाइ अक्सिजन आवश्यक पर्ने, ७% लाइ I.C.U. आवश्यक, १६% लाइ छातीमा घरघराहट हुने, १६% लाइ निमोनिया र ६% लाइ घबराहट हुने समस्या पाइएको छ ।

H3N2 इन्फूलेन्जा भाइरस अत्यधिक संक्रामक छ । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यो संक्रमित व्यक्तिको र्‍यालको थोपाहरु हावामा फैलिएर कुनै पनि व्यक्तिको नाकको प्वाल वा मुखबाट सजिलै छिर्न सक्छ । त्यसैले आफु संक्रमित भएमा कुनै पनि व्यक्तिसँग कुरा गर्दा उचित दुरी कायम गर्नु पर्छ र खोक्दा वा हाछ्युंँ गर्दा मुख छोप्नु पर्दछ ।
यो संक्रमण भएपछि ४ प्रकारका मानिसहरुलाई धेरै नै जोखिम हुने गर्दछ । जस्तै सुत्केरी महिला, वालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरु ।

यो संक्रमण नहुनको लागि सधै ध्यान दिनुपर्ने विषयहरुमा साबुन पानीले नियमित हात धुने , मास्क र सेनेटाइजरको प्रयोग गर्ने, हात नधोईकन अनुहार, नाक, मुख नछुने र सकेसम्म भिडभाडको स्थानमा नजाने गर्नुपर्दछ । यस भाईरसको उपचार भनेको आराम गर्ने तथा धेरै भन्दा धेरै झोलिलो पर्दाथ खानुका साथै र यस्ता लक्षण देखिएको ४८ घन्टा भित्र चिकित्सकको सल्लाह अनुसार Anti-Viral औषधी प्रयोग गर्नुपर्दछ ।
उक्त लक्षणहरु देखा परेका बिरामीहरुले हेलचक्रयाई र लापरवाही नगरिकन चिकित्सकको सम्पर्कमा रहेर परामर्श लिएर उपचार तथा जाँच गराएको खण्डमा यस भाइरस बाट बच्न सकिन्छ ।

(लेखक डा. सुभम् शर्मा भिम अस्पताल, भैरहवामा कार्यरत हुनुहुन्छ )

शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.