चितवन । नेपाल औषधि बिक्री तथा प्रतिनिधि संघ (NMSRA) को केन्द्रीय अध्यक्षमा श्याम मण्डल निर्वाचित भएका छ्न।
संघको चैत्र ३ र ४ गते भएको २८ औं महाधिवेशन बाट मण्डल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा ध्रुवप्रसाद गुराथोकी, उपाध्यक्षमा मीन शाह, भावेश कुमार झा र मनोज शाह निर्विरोध निर्वाचित भएका छन ।
यस्तै महासचिवमा निरज पन्त, सचिवमा जीवन ज्ञावली, ढुपेन्द्र रिजाल र नरेन्द्र कुशवाहा, कोषाध्यक्षमा हिरण्य प्रसाद लुइँटेल (राम) र सहकोषाध्यक्षमा शुभाष कुमार गुप्ता चयन भएका छन्।
सदस्यहरुको नामावली निर्वाचन कमिटीले १४ ईकाइको प्रतिनिधित्व हुने गरी तोकिने जानकारी दिएको छ। संघको ३ वर्षे कार्यकाल रहनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
