• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

उच्च रक्तचापमा भोजन व्यवस्थापन

  •  सोमबार, चैत ०६, २०७९ मा प्रकाशित

उच्च रक्तचाप

रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिईएको दवाब चाप लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर रक्तनलीमा रगत पम्प नगर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डायस्टालिक रक्तचाप भनिन्छ । क्रियात्मक रूपले स्वस्थ व्यक्तिमा सिस्टोलीक ९० – १२० एमएमएचजी र डाएस्टोलिक ६० – ८० एमएमएजीलाई सामान्य रक्तचाप मानन्छि ।रक्तचापले यी मान विन्दुुहरु नाघेको अवस्थालाई हामी उच्च रक्तचाप भन्दछांै ।

उच्च रक्तचापको श्रेणी
सिस्टोलिक रक्तचाप बढेर १२०– १३९ एमएमएचजी र डाएस्टोलिक रक्तचाप बढेर ८०– ८९ एमएमएचजी सम्म पुगे यसलाई पुर्व उच्च रक्तचाप वा रक्तचापको शुरुवाती अवस्था भनिन्छ । तर यदि रक्तचापले यी मानबिन्दुहरु पनि नाघेर अझै उंँभो लागे भने यस्तो अवस्थालाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचापको अवस्थालाई पनि प्रथम द्वितीय र तृतीय गरी तीन श्रेणीमा विभाजन गरिएको छ । सिस्टोलिक १४०– १५९ र डाएस्टोलिक ९०– ९९ एमएमएचजी भित्र भए प्रथम श्रेणीको रक्तचाप मानिन्छ भने सिस्टिोलिक १६० – १८९ र डाएस्टोलिक १००– १०९ एमएमएचजी भित्र भए द्वितीय श्रेणीको रक्तचाप मानिन्छ ।तर यदि रक्तचाप अझै बढेर सिस्टोलिक १८० र डाएस्टोलिक ११० एमएमएचजी भन्दा माथि भए तृतीय श्रेणीको उच्च रक्तचाप भएको मानिन्छ ।

उच्च रक्तचापका प्रकार :
उच्च रक्तचापलाई प्राथमिक र प्राइमरी ९९मा ४५ र द्वितिय र सेकेन्डरी ९६ मा ५० गरेर दुई समुहमा बांँडिएको छ । रोगको कारक तत्वहरूको एकिन नभएको हुनाले प्राईमरी रक्तचापलाई कारण रहित ईडीओपेथिक उच्च रक्तचाप भनन्छि । रोगका खास कारणहरू नभए पनि यो रोग आनुवांशिकता, वातावरणीय अन्तरसम्बन्ध, जीवन शैली र व्यक्तिको शारिरीक तथा मानसिक प्रकृतिको उपज हो । खास गरी ज्यादा तौल भएका, नुन ज्यादा खाने, श्रम तथा व्यायाम नगर्ने, सूर्ती जन्य तथा अन्य नशालु पदार्थहरूको सेवन गर्ने, जाँड–रक्सी जस्ता मादक पदार्थहरुको सेवन गर्ने क्लोरेस्टेरोलका समस्या भएकाहरू, खानामा रेसा र चोक्कर नलिनेहरु, टाइप ‘ए’ व्यक्तित्व भएकाहरु, तनाव, चिन्ता, भय र उदासिनता भएकाहरूमा ज्यादा देखिएको छ । धेरै कम प्रतिशत ९६मा ५० पाइने सेकेन्डरी उच्च रक्तचापको भने निश्चित कारणहरु हुन्छन् । ६ प्रतिशत मध्ये ४ प्रतिशत मिर्गौला तथा रक्तनलीहरुको खराबीका कारणले, १ प्रतिशत अन्तश्रावी ग्रन्थी तथा हर्मोनहरुको गढबढीको कारणले र बाँकी १ प्रतिशत औषधिहरुको साइड इफेक्टका कारणले हुने गर्दछ ।

वास्तवमा उच्च रक्तचाप आफंैमा कुनै रोग नभएर रोग विकार हो । यो रोग विकार उत्पन्न हुनुमा धेरै कारक तत्वहरूको हात छ । यसै हुनाले यस रोगलाई धेरै कारण भएको वा मल्टिव्याक्टोरयिल रोग भन्ने गर्दछांै ।यी कारक तत्वहरूमध्ये खानपान सम्बन्धि कारणहरूको पनि ठूलो हात छ । गैर खानपान जन्य कारकहरूको कारणले उत्पन्न उच्च रक्तचाप भएपनि खानपान व्यवस्थापन लाई ध्यान नपुु्ुर्याउंँदा रोगलाई नियन्त्रण गर्न अत्यन्त कठिन हुन पुग्दछ । यसर्थ उच्च रक्तचापको व्यवस्थापनमा खानपानको सही एवं वैज्ञानिक सन्तुलन हुनुपर्दछ ।

उच्च रक्तचापको व्यवस्थापनका लागि सिफारिस गरिएको खानपान व्यवस्थालाई चिकित्सा विज्ञानमा दाश ९म्ष्भतबचथ ब्उउचयबअजभक तय क्तयउ ज्थउभचतभलकष्यल० खानपान विधि भनिन्छ। यो खानपान विधिलाई उच्च रक्तचापको रोकथाम र उपचारका एवं मुटु रोगको जाखिम कम गर्नका लागि प्रयोग गर्ने गरिन्छ ।

के हो दश खानपान ?
दश खानपान पद्धति पाश्चात्य समाजका लागि नौलो भएपनि दक्षिण एशियाली मुलुकहरुका लागि नौलो होइन । यूरोप एवं अमेरिकामा उच्च रक्तचाप महामारीको रूपमा फैलिन थाले पश्चात त्यहांँका वैज्ञानिकहरूले यो रोगको प्रकोप कम भएको समुदायको अध्ययन गर्दा ती समुदायहरूमा विशेष प्रकारको खानपान अभ्यास भएको पाईयो । पछि अध्ययन गर्दा यसरी पुरै समुदायकै रक्तचाप कम हुनुमा उहाँहरूको खानपान र जीवनशैलीलाई जिम्मेवार ठहराइयो । वैज्ञानिक अध्ययन पश्चात सोही खानपान पद्धतिलाई परिष्कृत एवं वैज्ञानकि बनाएर दाश खानपान नामाकरण गरियो । दश खानपान पद्धति मुलतः शाकाहारी खानपान पद्धति हो । यस पद्धतिका प्रचुर मात्रामा सागसब्जी र फलफूलहरू खाने, नुन, चिनी एवं चिल्लोको प्रयोग अत्यन्त कम गर्ने, मदिरापान नगर्ने र मांसहार नगरी नहुनेहरूका लागि रातोमासु, फलमासु वा बोसो भएको ठूला जनावरका मासु नखाएर दुब्ला पातला जनावरको रातोमासु र बोसो भएको मासु छोडेर अन्य अंगको मासु खान वा माछा खान सल्लाह दिईन्छ ।

दश खानपान किन ?
दश खानपानले उच्च रक्तचापलाई घटाउनुका साथै अन्य तौल कम गर्ने, क्यान्सरको खतरालाई न्यूनिकरण गर्ने, मुटुरोगका जोखिम कम गर्ने, कोलेस्टेरोल कम गर्ने लगायत पाचन र उत्सर्जन प्रणालीलाई समेत फाईदा पुुर्याउने तथ्यहरू उजागर भएका छन् ।
दश खानपानका फाईदाहरू

१. उच्च रक्तचाप कम गर्नका लागि दाश खानपानको अभ्यासले रक्तचाप बढेकाहरूको रक्तचाप घटाउंँदछ भने नबढेकाहरूको रक्तचाप बढ्न दिदैन । रक्तचापको अन्य जोखिम कारक तत्वहरू जस्तै मोटोपन, नुनको सेवन, तनाव आदिलाई नहटाउंँदा पनि दश खानपान एक्लै ले रक्तचाप कम गर्ने गर्दछ। साथै दाश खानपानका साथसाथै नुनलाई पनि कम गर्दा रक्तचाप अझै कम हुन्छ ।
२. दश खानपान तौल घटाउने मनसायले तयार गरिएको खानपान पद्धति नभए पनि यो खाद्य अभ्यासले तौल पनि घट्दछ । उच्च रक्तचापको एउटा कारक तत्व मोटोपन पनि हो। उच्च रक्तचाप भएकाहरूलाई मोटोपन भए मोटोपन कम गर्ने सल्लाह दिईन्छ । उच्च रक्तचाप कम गर्ने क्रममा दश खानपानमा रहे तौल पनि कम हुन्छ । यसो हुनुमा दश खानपानको प्रकृित कम नुन, चिनी, मैदा र चिल्लो यूक्त हुनु हो ।
३. दश खानपानले मुटुरोगको जोखिमलाई २०५ गुणा कम गर्दछ ।
४. क्यान्सरको जोखिम घटाउन दश खानपान माथि भएका अनुसन्धान र समिक्षाहरूले यो खानपान पद्धतिलाई क्यान्सर प्रतिरोधी प्रद्धतिको रूपमा चित्रण गरेको छ ।
५. मष्तिस्क घातको जोखिम कम गर्ने दश खानपान गर्ने हरूलाई मष्तिष्क घातको जोखिम पनि २९५ ले घटेर जाने तथ्य विभिन्न अनुसन्धानहरूले दर्शाएका छन ।

(लेखक डा कोइराला वरिष्ठ प्राकृतिक चिकित्सक हुनुहुन्छ । )

सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.