• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

स्वास्थ्य सेवा विस्तारले सहज

  •  बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

महोत्तरी ।आफ्नो नगरमा स्वास्थ्यसम्बन्धी सेवा विस्तारले महोत्तरीको मटिहानी नगरपालिकाका गृहिणी महिलाले राहत पाएका छन् । नगरमा गर्भवती महिलालाई सम्भावित मुर्छाबाट जोगाउन क्याल्सियम चक्की खुवाउने कार्यक्रम थालिएपछि सर्वसाधारण गृहिणीलाई राहत भएको हो । यस्तो चक्की खान नै सात किलोमिटर दूरीको जलेश्वर अस्पताल जानुपर्ने अवस्था अन्त्य भएपछि नगरका महिला खुशी छन् ।

“अब गर्भवती अवस्थाको स्वास्थ्य हेरचाह धेरैजसो यही स्वास्थ्यचौकीबाट हुन थालेको छ, छोरीबुहारीले आफ्नै ठाउँमा स्वास्थ्य सल्लाह र उपचार पाउन थालेका छन्”, मटिहानी–१ धिरापुरकी ६० वर्षीया पवनवती देवीले भन्नुभयो । नगर कार्यपालिकाको स्वास्थ्य शाखाले सोमबारदेखि नगरक्षेत्रका नौवटै स्वास्थ्यचौकीबाट यो सेवा दिन थालेको हो ।

कार्यक्रममा गर्भवती भएको चारदेखि नौ महिनाभित्र एक सय ८० चक्की क्याल्सियम चक्की खुवाइने मटिहानी नगर कार्यपालिकाको कार्यालयका स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलले जानकारी दिनुभयो । यो चक्कीले गर्भवती अवस्थाका महिलामा मुर्छा पर्ने समस्या आउन नदिने र गर्भको बच्चाको हाड मजबुत हुने मण्डलको भनाइ छ ।

यसैगरी नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका खानेपानीका स्रोतको परीक्षण गर्ने ल्याब सञ्चालनमा ल्याएको छ । अधिकांश चापाकल खानेपानीको स्रोत रहेको नगरक्षेत्रमा यो कार्यक्रमले आर्सेनिक परीक्षण गरी शुद्ध र स्वच्छ खानेपानीको व्यवस्थापनमा सघाउ पु¥याउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । नगरमा युनिसेफको सहयोगमा पानीको गुणस्तर जाँच गर्न नगर कार्यपालिकाको कार्यालयमै ल्याब स्थापना गरिएको छ ।

पानीको गुणस्तर जाँच गर्ने यो ल्याबबाट ई–कोली, पिएच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रिकल कनेक्टिभिटीलगायतका सात प्रकारका जाँच सेवा उपलब्ध छन् । जिल्लाका १५ स्थानीय तहमध्ये अब मटिहानीसहित पाँचमा यो सेवा उपलब्ध भएको युनिसेफका खानेपानी सरसफाइ स्वच्छता कार्यक्रमका अधिकृत अन्नपूर्ण मिश्रले जानकारी दिनुभयो ।

नगरमा खानेपानीका स्रोत (चापाकल)मा आर्सेनिकको अधिक मात्रा हुँदा स्वास्थ्य समस्या बढेबीच ल्याब सञ्चालनमा आएपछि अब स्वच्छ पानीको प्रबन्धमा सहयोग हुने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

यसैगरी मटिहानीस्थित स्वास्थ्यचौकीमा हिजो मङ्गलबार मात्र जनस्वास्थ्य प्रयोगशाला (ल्याब) को स्थापना भई कार्य सञ्चालन भएको छ । सञ्चालित प्रयोगशालाबाट अब गर्भवतीका विभिन्न अवस्थासँगै दिसापिसाव, रगत र सङ्क्रामक रोगबारे परीक्षण हुने नगर स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको पहिचान गर्न आफ्नै ठाउँमा अत्याधुनिक ल्याब (प्रयोगशाला) सञ्चालनमा आएपछि स्वास्थ्य जाँच र उपचार सेवामा सर्वसाधारणको पहुँच बढेको शाखाले जनाएको छ ।

मटिहानी धानुक, केवट, मलाह (सहनी)सहितका जनजाति, चमार, पासवान, खत्वेसहितका दलित समुदाय र मुस्लिम बसोबास बाहुल्यताको भारतसँग सीमा जोडिएको नगरपालिका हो । यी स्वास्थ्यसम्बद्ध सुविधा विस्तारले आधारभूत गरिब परिवारमा स्वास्थ्य सेवाको पहुँच बढेको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माको भनाइ छ ।

नगरमा स्वास्थ्यसम्बद्ध यी सुविधाको विस्तारले सबैभन्दा बढी महिला लाभान्वित हुने नगरका उपप्रमुख मञ्जुदेवी साह बताउनुहुन्छ । कतिपय अवस्थामा अर्थाभाव र टाढा जानुपर्ने भएपछि स्वास्थ्य जटिलता सहेरै बस्ने महिलाले अब आफ्नै ठाउँमा सेवा पाउन थालेपछि निकै राहत महसुस गर्ने उपप्रमुख साहको भनाइ छ । यसै चैतको पहिलो सातामै सञ्चालनमा आएका यी सेवाले स्वास्थ्य क्षेत्रका आमरुपमा पाइने समस्याको सम्बोधन गर्ने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । रासस

बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.