• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य सेवा विस्तारले सहज

  •  बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

महोत्तरी ।आफ्नो नगरमा स्वास्थ्यसम्बन्धी सेवा विस्तारले महोत्तरीको मटिहानी नगरपालिकाका गृहिणी महिलाले राहत पाएका छन् । नगरमा गर्भवती महिलालाई सम्भावित मुर्छाबाट जोगाउन क्याल्सियम चक्की खुवाउने कार्यक्रम थालिएपछि सर्वसाधारण गृहिणीलाई राहत भएको हो । यस्तो चक्की खान नै सात किलोमिटर दूरीको जलेश्वर अस्पताल जानुपर्ने अवस्था अन्त्य भएपछि नगरका महिला खुशी छन् ।

“अब गर्भवती अवस्थाको स्वास्थ्य हेरचाह धेरैजसो यही स्वास्थ्यचौकीबाट हुन थालेको छ, छोरीबुहारीले आफ्नै ठाउँमा स्वास्थ्य सल्लाह र उपचार पाउन थालेका छन्”, मटिहानी–१ धिरापुरकी ६० वर्षीया पवनवती देवीले भन्नुभयो । नगर कार्यपालिकाको स्वास्थ्य शाखाले सोमबारदेखि नगरक्षेत्रका नौवटै स्वास्थ्यचौकीबाट यो सेवा दिन थालेको हो ।

कार्यक्रममा गर्भवती भएको चारदेखि नौ महिनाभित्र एक सय ८० चक्की क्याल्सियम चक्की खुवाइने मटिहानी नगर कार्यपालिकाको कार्यालयका स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलले जानकारी दिनुभयो । यो चक्कीले गर्भवती अवस्थाका महिलामा मुर्छा पर्ने समस्या आउन नदिने र गर्भको बच्चाको हाड मजबुत हुने मण्डलको भनाइ छ ।

यसैगरी नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका खानेपानीका स्रोतको परीक्षण गर्ने ल्याब सञ्चालनमा ल्याएको छ । अधिकांश चापाकल खानेपानीको स्रोत रहेको नगरक्षेत्रमा यो कार्यक्रमले आर्सेनिक परीक्षण गरी शुद्ध र स्वच्छ खानेपानीको व्यवस्थापनमा सघाउ पु¥याउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । नगरमा युनिसेफको सहयोगमा पानीको गुणस्तर जाँच गर्न नगर कार्यपालिकाको कार्यालयमै ल्याब स्थापना गरिएको छ ।

पानीको गुणस्तर जाँच गर्ने यो ल्याबबाट ई–कोली, पिएच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रिकल कनेक्टिभिटीलगायतका सात प्रकारका जाँच सेवा उपलब्ध छन् । जिल्लाका १५ स्थानीय तहमध्ये अब मटिहानीसहित पाँचमा यो सेवा उपलब्ध भएको युनिसेफका खानेपानी सरसफाइ स्वच्छता कार्यक्रमका अधिकृत अन्नपूर्ण मिश्रले जानकारी दिनुभयो ।

नगरमा खानेपानीका स्रोत (चापाकल)मा आर्सेनिकको अधिक मात्रा हुँदा स्वास्थ्य समस्या बढेबीच ल्याब सञ्चालनमा आएपछि अब स्वच्छ पानीको प्रबन्धमा सहयोग हुने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

यसैगरी मटिहानीस्थित स्वास्थ्यचौकीमा हिजो मङ्गलबार मात्र जनस्वास्थ्य प्रयोगशाला (ल्याब) को स्थापना भई कार्य सञ्चालन भएको छ । सञ्चालित प्रयोगशालाबाट अब गर्भवतीका विभिन्न अवस्थासँगै दिसापिसाव, रगत र सङ्क्रामक रोगबारे परीक्षण हुने नगर स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको पहिचान गर्न आफ्नै ठाउँमा अत्याधुनिक ल्याब (प्रयोगशाला) सञ्चालनमा आएपछि स्वास्थ्य जाँच र उपचार सेवामा सर्वसाधारणको पहुँच बढेको शाखाले जनाएको छ ।

मटिहानी धानुक, केवट, मलाह (सहनी)सहितका जनजाति, चमार, पासवान, खत्वेसहितका दलित समुदाय र मुस्लिम बसोबास बाहुल्यताको भारतसँग सीमा जोडिएको नगरपालिका हो । यी स्वास्थ्यसम्बद्ध सुविधा विस्तारले आधारभूत गरिब परिवारमा स्वास्थ्य सेवाको पहुँच बढेको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माको भनाइ छ ।

नगरमा स्वास्थ्यसम्बद्ध यी सुविधाको विस्तारले सबैभन्दा बढी महिला लाभान्वित हुने नगरका उपप्रमुख मञ्जुदेवी साह बताउनुहुन्छ । कतिपय अवस्थामा अर्थाभाव र टाढा जानुपर्ने भएपछि स्वास्थ्य जटिलता सहेरै बस्ने महिलाले अब आफ्नै ठाउँमा सेवा पाउन थालेपछि निकै राहत महसुस गर्ने उपप्रमुख साहको भनाइ छ । यसै चैतको पहिलो सातामै सञ्चालनमा आएका यी सेवाले स्वास्थ्य क्षेत्रका आमरुपमा पाइने समस्याको सम्बोधन गर्ने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । रासस

बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.