• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

आर्थिक अभावले भोजपुर अस्पतालको आइसियु सञ्चालनमा समस्या

  •  शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित

टक्सार (भोजपुर) ।दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आउन सकेको छैन । जनशक्ति व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न जिल्ला अस्पतालले भोजपुरका स्थानीय तहहरुलाई आह्वानसमेत गरेको छ ।

अस्पतालका प्रमुख चिकित्सक शिवजी रिजालसहितका स्वास्थ्यकर्मीले भोजपुरमा रहेका पालिका प्रमुख तथा उपप्रमुखलाई भेटेर सञ्चालनमा आउन नसकेको आइसियु सेवा सञ्चालन हुने वातावरण बनाइदिन माग गरेको हो । प्रमुख चिकित्सक रिजालले गत आर्थिक वर्ष २०७८÷७९ मा कोभिड सङ्क्रमण रोकथाम तथा महामारी व्यवस्थापन कार्यक्रमअन्तर्गत विनियोजित भएको रकमबाट आवश्यक सामग्री खरिद गरी आइसियु कक्ष तयारी अवस्थामा राखिएको भए पनि आर्थिक अवस्थाका कारण दक्ष जनशक्तिको व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तयारी अवस्थामा रहेको आइसियु सेवा सञ्चालनका लागि कतैबाट पनि सहयोग नपाएपछि हामीले जिल्लाका नौवटै पालिका प्रमुख तथा उपप्रमुखलाई भेटेर सेवा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छौँ ।” रु दुई करोडभन्दा धेरै लगानी गरेर बनाइएको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा आउन नसक्दा बिरामीसमेत सहज उपचार पाउनबाट वञ्चित भएका छन् ।

सेवा सञ्चालनको तयारी अवस्थामा सङ्घीय सरकार तथा प्रदेश सरकारबाट समेत उचित बजेट व्यवस्थापन हुन नसक्दा दक्ष जनशक्ति व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै आकस्मिकरुपमा हुने दुर्घटना, सुत्केरीलगायत अन्य जटिल किसिमका बिरामीलाई उपचारमा सहज बनाउने उद्देश्यका साथ अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष तयारी अवस्थामा छ ।

जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनमा सबैको सहयोग आवश्यक रहेको हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा आएको सेवा सञ्चालनका लागि स्थानीय पालिकाहरुले पनि सहयोग गर्न आवश्यक देखिन्छ ।” अस्पतालका अनुसार सेवा सञ्चालनका लागि नौजना दक्ष जनशक्तिको आवश्यकता रहेको छ ।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले भन्नुभयो, “एक मात्र जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि जिल्लाका मन्त्री तथा सांसदसँग छलफल गर्न जरुरी छ, तर पालिकाहरुले पनि त्यसमा के कसरी सहयोग गर्न सकिन्छ भनेर पालिकासभामा छलफल गराउनुपर्छ ।”

जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि दक्ष जनशक्ति व्यस्थापनका लागि मासिक तलब भत्ताका लागि रु नौ लाख ८० हजार पाँच सय २२ आवश्यक पर्ने अस्पताल प्रमुख रिजालले जानकारी दिनुभयो । रासस

शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.