• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १६ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

चितवनका १२५ जना पत्रकारको आंँखा परीक्षण , अधिकांशमा दृष्टिदोष समस्या

  •  शनिबार, चैत ११, २०७९ मा प्रकाशित

भरतपुर । नेपाल पत्रकार महासंघ र नेपाल नेत्र ज्योति संघको स्थापना दिवसको सन्दर्भमा गरिएको आँखा शिविरमा पत्रकारहरुले आँखा परीक्षण गराएका छन् । चितवनका पत्रकारहरुले भरतपुर आँखा अस्पतालमा आँखा परीक्षण गराएका हुन् । १ सय २५ जना पत्रकारको आँखा परीक्षण गरिएको थियो । आँखा रोग विशेषज्ञ डाक्टर हिमाल गिरीले अधिकाँस पत्रकारहरुमा दृष्टि दोषको समस्या देखिएको बताए । मोवाइल, ल्यापटप, कम्प्युटरमा बढी काम गर्नुपर्ने भएकाले आँखाको दृष्टि कमजोर बन्न लागेको पाइएको बताए ।

कुनैपनि वस्तुलाई राम्ररी ठम्याउन नसक्ने समस्यालाई दृष्टि दोषको समस्या भन्ने गरिन्छ । टाढाको दृष्टीदोष भएकालाई प्लस पावरवाला चश्मा र नजिकको दृष्टीदोष भएकालाई ‘माइनस’ पावरवाला चश्मा सिफारिस गरिएको बताए । केही पत्रकारहरुको आँखामा सुख्खापन पाइएको बताए । सुगर, प्रेसरका कारणले पनि केहीमा आँखामा नकरात्मक असर परेको पाइएको बताए । शिविरमा नेपाल पत्रकार महासंघको सदस्यता लिएका र क्रियाशिल पत्रकारहरुको आँखा परीक्षण गरिएको थियो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारहरुको आँखा स्वास्थ्यको अवस्था पत्ता लगाउन शिविर उपयोगी भएको बताए । आँखा संवेदनशिल अंग भएकाले आँखा सुरक्षामा ख्याल गर्नुपर्नेमा जोड दिए । धेरै समयसम्म डिजिटल उपकरणको प्रयोग र पर्याप्त विश्रामको कमीले गर्दा आँखाको समस्या भोग्नुपरेको बताए । नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य चिजकुमार मास्केले पत्रकारहरुको आँखा उपचारमा आजिवन सदस्य सरह ४० प्रतिशत छुट दिइने घोषणा गरे ।

शिविरमा चस्मा लगाउन सिफारिस भएका पत्रकाहरुलाई चस्मा समेत वितरण गरिएको थियो । चस्मा, औषधि निशुल्क उपलब्ध गराइएको थियो । उनले डिजिटल उपकरण प्रयोग गर्दा उचित दूरी व्यवस्थापन, प्रयाप्त पानी खाने, चस्माहरुको प्रयोग गर्न सुझाए । उनले कम्प्युटर स्क्रिन आफ्नो आँखाबाट २० देखि २६ इन्च टाढा र आँखास्तरभन्दा तल राख्न समेत सुझाए । आँखा शिविर कार्यक्रमका संयोजक पत्रकार विप्लव काफ्लेले २ जना जेष्ठ पत्रकारहरुको मोतियाविन्दुको शल्यक्रिया गर्नपर्ने पाइएको बताए । उनका अनुसार आँखामा केही जटिल समस्या देखिएका पत्रकारहरुलाई फलोअपका लागि बुधबार भरतपुर आँखा अस्पताल बोलाइएको जानकारी दिए ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ चितवनका सभापति कृष्णराज धरेल, बागमती प्रदेश सभापति एवम् केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल, डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर सिदार्थलाल चुके, पूर्वगर्भनर प्रभातकुमार जोशी, संघका केन्द्रीय उपसभापति जयराम श्रेष्ठ, अस्पतालका प्रशासक दयाशंकर चौधरी, पत्रकार महासंघ चितवनका सल्लाहकार तिलकराम रिमाल, निर्वतमान अध्यक्ष राधेश्याम खतिवडा, पूर्वअध्यक्ष जनक अर्याल, विष्णु छिमेकी लगायतको सहभागिता रहेको थियो । २०१२ चैत १६ गते स्थापना भएको नेपाल पत्रकार संघ पछि २०५३ जेठ २९ मा महासंघमा रुपान्तरण भएको थियो ।

महासंघले चैत १६ गते ६८ औँ स्थापना दिवस मनाउँदै छ । १३ गते नेत्रज्योति दिवस र १८ गते नेत्र ज्योति संघको स्थापना दिवस मनाइदै छ । भरतपुर आँखा अस्पताल २०४४ साल चैत १८ गते स्थापना भएको थियो । अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा लगायतका सेवाहरु दिदै आइरहेको छ । अस्पतालमा दैनिक ८ सय जनाले आँखा उपचार सेवा लिदै आएका छन् ।

शनिबार, चैत ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.