• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

जुम्लाका ग्रामीण क्षेत्रमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत

  •  सोमबार, चैत १३, २०७९ मा प्रकाशित

जुम्ला ।जुम्लाका ग्रामीण क्षेत्रमै गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीलाई राहत भएको छ । जिल्लाको दुर्गम भेगमा पर्ने तातोपानी गाउँपालिका–७ र ८ भेरीखोला सदरमुकाम खलङ्गाबाट सबैभन्दा टाढा पर्ने गाउँ बस्ती छन् ।

यस क्षेत्रको भेरीखोलामा धेरैजसो पशुचौपाया पालन गरिन्छ । कच्ची बाटो खनिए पनि नियमितरूपमा सवारीसाधन चल्दैनन । बिजुली नहुँदा यहाँका नागरिक रातमा अँध्यारोमै बस्न बाध्य छन् । भेरीखोलामा सामान्य उपचारका लागि स्वास्थ्य चौकी भए पनि विशेषज्ञ चिकित्सक सेवा पाउँदैनन् । यही समस्यालाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सहकार्यमा तातोपानी गाउँपालिकाले दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरमार्फत भेरीखोलाका चार सय पाँच स्थानीयवासी लाभान्वित भएका छन् ।

आर्थिक अभावले स्वास्थ्य सेवा र उपचारबाट वञ्चित विपन्न नागरिकको राहतका लागि ‘जनतासँग अध्यक्ष कार्यक्रम’ अन्तर्गतको बजेटबाट स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ । दुई दिने स्वास्थ्य शिविरको पहिलो दिनमा दुई सय ५० र दोस्रो दिनमा एक सय ५५ गरी चार सय सय पाँच जनाले विभिन्न समस्याको जाँचसँगै स्वास्थ्य सेवा लिएका हुन् । महिला दुई ५१ र पुरुष एक सय ५४ जनाले परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष चौलागार्इंले बताउनुभयो ।

बाह्र गर्भवतीले अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा लिएको वडाध्यक्ष तिलक रावलले जानकारी दिनुभयो । तातोपानी गाउँपालिका–७ की ८० वर्षीया रामकली रावतले गाउँमै विशेषज्ञ स्वास्थ्य उपचार पाएकामा यहाँका स्थानीयवासीलाई निकै राहत गरेको बताउनुभयो ।

“शरीर दुख्ने, ओठमुख सुक्ने, ज्वरो आउने, पेट दुख्ने समस्याबाट लामो समयदेखि पीडामा परेकी थिएँ”, रावतले भन्नुभयो, “कर्णाली स्वास्थ्य विज्ञानमा गएर उपचार गर्ने खर्च थिएन । गाउँमै डाक्टर आउँदा खुसी लाग्यो । हामी बूढाबूढी टाढा अस्पताल पुगेर उपचार गर्न सकिएको थिएन ।”

घरमै पालिकाले चिकित्सक ल्याएर उपचार सेवा दिएकोमा स्थानीय सरकारले गरेको नमूना काम भएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । दुर्गम भेरीखोला क्षेत्रका नागरिकका लागि आयोजित स्वास्थ्य शिविरका लागि जनतासँग अध्यक्ष कार्यक्रमको रु पाँच लाख बजेट खर्च भएको छ । भेरीखोला क्षेत्रमा अहिलेसम्मकै ठूलो र सबै रोगको परीक्षण गर्ने शिविरको आयोजना गरेपछि नागरिकको उत्साहजनक सहभागिता भएको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।

शिविरमा अधिकांश महिलाको पाठेघरको समस्या, सेतो पानी बग्नेलगायतका स्त्रीरोग देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशषज्ञ डा पुजन रोकायाले बताउनुभयो । शिविरमै तीन जनाको शल्यक्रियासमेत गरिएको छ । लामो समयदेखि हड्डीको समस्या झेलिरहेका तथा खुट्टामा काँडा बिझेर इन्फेक्सन भएका कारण जटिल स्वास्थ्य समस्या रहेका तीन बिरामीको शल्यक्रिया गरिएको डा रोकायाले जानकारी दिनुभयो ।

दुर्गम भेरीखोला क्षेत्रका नागरिकको माग र समस्यालाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ ।

सोमबार, चैत १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.