• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने

  •  बुधबार, चैत १५, २०७९ मा प्रकाशित

चितवन ।भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो समयदेखि गरिएको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सकारात्मक पहलमा भरतपुर अस्पताललाई न्याम्सको आङ्गिक शिक्षण अस्पताल बनाउन सकिएको बताउनुभयो । “यसले अस्पतालको गुणस्तर बढाउनुका साथै भरतपुरलाई मेडिकल सिटी बनाउनसमेत सहयोग गर्ने छ । यहाँबाट विद्यार्थीले अध्ययन गर्न पनि पाउने छन्”, उहाँले भन्नुभयो ।

गतवर्ष अस्पतालको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री दाहालले अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्ने बताउनुभएको थियो । मन्त्रीपरिषद्को उक्त निर्णयसँगै बिरामीले २४ सैँ घण्टा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले अहिले पनि न्याम्सका कार्यक्रम आंशिक रुपमा सञ्चालन हुँदै आएको बताउँदै अब आङ्गिक बनेसँगै सबै कार्यक्रम पूर्णकालीन सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “न्याम्ससँग पूर्णकालीन गर्ने यसअघि सम्झौता भइसकेको छ । मन्त्रीपरिषद्को यो निर्णयसँगै एमडि एमएसका कार्यक्रम धेरै र लामो समयसम्मका लागि आउँछन् । यहाँका चिकित्सकलाई प्राध्यापनको अनुमति दिनुपर्छ”, उहाँले भन्नुभयो ।

अस्पतालका निवर्तमान अध्यक्ष डा भोजराज अधिकारीले सबैको अथक मेहनतका साथ भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “१२ वर्ष अघिदेखिको सपना पूरा भएकोमा हर्षित छु । हामी सबै मिलेर सरकारको यो ऐतिहासिक निर्णयलाई कार्यान्वयन गरी मेडिकल सिटी बनाउन थप योगदान गरौँ ।”

भरतपुर अस्पताल अहिले केन्द्रीय अस्पतालको रूपमा सञ्चालनमा छ । शिक्षण अस्पताल बनाउन माग गर्दै वर्तमान अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा पौडेल, निवर्तमान अध्यक्ष डा अधिकारीलगायतको टोलीले केही दिन पहिले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेका थिए । अस्पतालका अध्यक्ष पौडेलले शिक्षण अस्पताल बनेसँगै एमडी÷एमएससहित विभिन्न विधामा अध्यापन गराइ नेपालकै उत्कृष्ट अस्पताल बनाउने सपना रहेको बताउनुभयो । उहाँले शिक्षण अस्पताल बनाउन सहमति दिएकोमा सरकारलाई विशेष धन्यवाद दिनुभयो ।

भरतपुर अस्पतालमा २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यो अस्पताल राजधानी बाहिरको नमुना अस्पतालको रूपमा विकास हुँदै गएको छ । शिक्षण अस्पताल बनेसँगै चिकित्सक विज्ञानमा स्नातकोत्तर अध्ययन गर्नेहरुले २४ घण्टा बिरामीको सेवा गर्नेछन् । रासस

बुधबार, चैत १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.