• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

दन्त चिकित्सामा पारोको प्रयोग घट्यो

  •  बिहिबार, चैत १६, २०७९ मा प्रकाशित

काठमाडौँ ।दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त (पारोमुक्त) दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आज यहाँ गैरसरकारी संस्था स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक रामचरित्र साहले दन्त चिकित्समा पारो अमलमको प्रयोग उल्लेखमात्रामा घटेको जानकारी दिनुभयो । उहाँले प्रयोग घट्नु सकारात्मक भए पनि छ दशमलव ३८ प्रतिशत दन्त चिकित्सा स्वास्थ्य संस्थाले अझै पनि पारोको प्रयोग गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “९३ दशमलव ६२ प्रतिशतले पारोको प्रयोग गर्ने गरेका छैनन्, जुन निकै सकारात्मक परिणाम हो । तर बाँकी छ दशमलव ३८ प्रतिशतले क्यापुलका रुपमा पारोको प्रयोग गर्दै आएको देखियो ।” सात प्रदेशका विभिन्न ४२ आधारभूत स्वास्थ्य संस्था र ४७ दन्त चिकित्सा स्वास्थ्य संस्थामा अध्ययन गरिएको थियो । अध्ययनमा लुम्बिनी प्रदेशको एक निजी दन्त चिकित्सा क्लिनिक, मधेस प्रदेशको एक निजी अस्पताल र गण्डकी प्रदेशको एक दन्त चिकित्सा क्लिनिकमा पारो अमलजम प्रयोग गर्ने गरेको देखिएको हो ।

कार्यक्रम स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले पारोमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सालाई सय प्रतिशत पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पारोको प्रयोगले वातावरण मात्र हैन जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्छ । स्वास्थ्य क्षेत्रमा यसको प्रयोगमुक्त एक सय प्रतिशतसम्म नपु¥याउन आवश्यक छ ।”

स्वास्थ्य समन्वय महाशाखा प्रमुख यशोधा अर्यालले घरघर र स्वास्थ्य संस्थामा रहेका पारोयुक्त उपकरणको सङ्कलन र व्यवस्थापन गर्न सरोकारवालाको ध्यानार्कषण गराउनुभयो । उहाँले मिनामाता महासन्धिलाई अनुमोदन गर्ने तयारीमा सरोकारवाला निकाय लागिपरेको जानकारीसमेत दिनुभयो ।

विश्वस्वास्थ्य सङ्गठनका प्रतिनिधि राजाराम पौडेलले पारोसम्बन्धी मन्त्रालयको निर्णय पूर्ण कार्यान्वयनका लागि सचेतना अभिवृद्धि गनुपर्ने सुझाव दिनुभयो । यस्तै ललितपुर महानगरपालिकाका वातावरण इञ्जिनियर प्रदीप अमात्यले महानगरको वडा ६ र १६ मा मूर्ति बनाउन पारोको प्रयोग हुने भन्दै पारोको घरेलु प्रयोगबारे अध्ययन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष मोहन कटुवालले जनस्वास्थ्य र वातावरणलाई असर गर्ने पारोको प्रयोगलाई विस्थापन गर्दै लगेको बताउनुभयो ।
सहभागीले दन्त चिकित्साको पाठ्यक्रममा पारोको प्रयोगसम्बन्धी परिमार्जन गर्न आवश्यक रहेको बताएका थिए । प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न मेडिकल कलेज र अस्पतालले पाठ्यक्रमअनुसार विद्यार्थीले पारोको प्रयोग गर्दै आएका छन् । दन्त सप्लार्यसले अझै पनि दन्त चिकित्साका लागि पारोको तरल, क्यापसुल र धातु मिश्रको बेचबिखन गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पारोसम्बन्धी निर्णयबारे जानकार नहुने २६ दशमलव दुई प्रतिशत रहेको अध्ययनमा उल्लेख छ । झण्डै ९३ प्रतिशत स्वास्थ्य संस्थाले पारो(मर्करी)मुक्त थर्मोमिटरको प्रयोग गर्ने गरेको छ । कुनै पनि स्वास्थ्य संस्थाले पारोयुक्त स्पोगेमोमानोमिटरको प्रयोग नगर्ने गरेको देखिएको हो ।

केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय मातहतका मेडिकल कलेज र अस्पतालमा पारो प्रयोगमुक्त बनाउन सुझाव दिएको छ । केन्द्रका निर्देशक साहले विभिन्न स्वास्थ्य संस्था र विश्वविद्यालयमा भएका पारोयुक्त उपकरणलाई सबै ठाउँबाट सङ्कलन गरी मापदण्डअनुसार व्यवस्थापन गर्न सुझाव दिएको छ ।

वन तथा वातावरण मन्त्रालयको सन् २०१९ को अध्ययनअनुसार स्वास्थ्य क्षेत्रबाट मात्रै वार्षिक दुई हजार पाँच सय ९० किलोग्राम मर्करी वातावरणमा निष्काशित हुने गरेको देखाएको थियो । उक्त अध्ययनअनुसार देशभर वार्षिक १९ हजार छ सय १५ किलोग्राम मर्करी वातावरणमा फोहरका रुपमा निष्काशित हुने गरेको थियो । दन्त चिकित्सामा दाँत भर्नका लागि मर्करी अमलगमको अत्यधिक प्रयोग हुने गर्दथ्यो ।

पारोको प्रयोगले नसा, पाँचन, रोग प्रतिरोधात्मक प्रणाली, फोक्सो, मिर्गौला, छाला र आँखामा गम्भीर असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । एक दशकअघिसम्म औषधि र स्वास्थ्य उपकरणमा प्रयोग गरिँदै आएको मर्करी पछिल्लो अध्ययनले हानिकारक हुने देखाएपछि यसको प्रयोगलाई निरुत्साहित गरिँदै आइएको छ ।

स्वास्थ्य मन्त्रालयले १० वर्षअघि पारोयुक्त (मर्करी) उपकरणको आयात बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयले गर्भवती तथा स्तनपान गराइरहेका तथा १५ वर्षमुनिका बालबालिकामा पारो प्रतिबन्ध लगाएको छ । अन्य उमेरको हकमासमेत विकल्प भएसम्म पारोको प्रयोग नगर्न भनिएको छ । रासस

बिहिबार, चैत १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.