• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अङ्गदानबारे जनचेतना फैलाउनुपर्ने

  •  आइतबार, चैत १९, २०७९ मा प्रकाशित

काठमाडौँ ।मानिसको मृत्यु भएपछि अङ्गदान गर्नुपर्ने कुरामा जनचेतना फैलाउन आवश्यक रहेको बताइएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा अङ्गदान गर्नेबारे सचेतना फैलाउन सके धेरै मानिसलाई मृत्युवरणबाट जोगाउने सकिने बताइएको हो ।

केन्द्रका निर्देशक डा पुकार श्रेष्ठले एक जना मृतक मानिसबाट आठ जनालाई मृत्युवरणबाट जोगाउन सकिने बताउनुभयो । उहाँले अङ्गदान गर्नेबारे धेरै मानिसलाई जागरुक बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार मिर्गौला दुई, फोक्सो दुई, मुटु, कलेजो, प्यान्क्रियाज र सानो आन्द्रा अङ्ग प्रत्यारोपण गरेर मानिसको ज्यान बचाउन सकिन्छ ।

“अङ्गदान गर्नुपर्दछ भनेर सबैलाई जनचेतना फैलाउनु आवश्यक छ”, उहाँले भन्नुभयो, “जनचेतनाको अभावले मानिसले अङ्गदान गर्न डराइरहेका छन् ।” केन्द्रका निर्देशक डा श्रेष्ठले अङ्गदान गर्ने जटिल प्रक्रियालाई पनि सहज बनाउनुपर्ने बताउनुभयो । “अङ्गदान गर्छु भनेपछि झिक्नका लागि प्रहरीको सहमति चाहिन्छ । जाँचबुझ समितिले सहमति जनाएपछि मात्र अङ्ग झिक्न मिल्छ” उहाँले भन्नुभयो, “अङ्ग झिक्ने प्रक्रियालाई सहज बनाउनुपर्दछ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले मृत्युपछि अङ्गदान गर्ने कुरा सर्वसाधारणका लागि सजिलो नभएकाले जनचेतना फैलाउनुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले पछिल्ला वर्ष धेरैमा अङ्गदानलाई प्राथमिकतामा राखेको भन्दै मान्छेमा मस्तिष्क मृत्यु भएपछि अङ्ग दिनुपर्छ भन्ने कुरा विस्तारै कार्यान्वयनमा आउने बताउनुभयो ।

फोरेन्सिकविज्ञ डा हरिहर वस्तीले मृत्युको मुखमा रहेका व्यक्तिको अङ्गदान गर्न सकिने हो भने धेरै मानिसलाई बचाउन सकिने बताउनुभयो । उहाँले अङ्गदानसम्बन्धी भएको कानून कार्यान्वयन गरेर ‘अङ्गदान जीवनदान’ हो भन्ने कुराको प्रचारप्रसार गर्नुपर्ने भनाइ राख्नुभयो ।

जनस्वास्थ्यविद् डा तीर्थराज बुर्लाकोटीले समन्वयको अभावले कतिपय मानिसले अङ्गदान गर्न नसकेको भन्दै अङ्गदान संयन्त्र बनाउनुपर्ने बताउनुभयो । उहाँले धेरै मानिस अङ्गदान गर्न इच्छुक भए पनि कहाँ कसरी गर्ने भन्ने थाहा नभएको बताउनुभयो ।

वरिष्ठ न्यूरोसर्जन डा वसन्त पन्तले चालक अनुमति पत्र लिँदा नै अङ्गदानकर्ता हो भनेर उल्लेख गर्नुपर्ने बताउनुभयो । “विदेशमा चालक अनुमतिपत्र लिँदा नै अङ्गदान गर्ने कि नगर्ने भनेर उल्लेख गरिएको हुन्छ”, उहाँले भन्नुभयो, “नेपालमा पनि अङ्गदान गर्ने कि नगर्ने भनेर चालक अनुमति पत्रमा नै उल्लेख गर्नुपर्दछ ।” उहाँले मस्तिष्क मृत्यु भएका मानिसबाट छिटो अङ्ग निकाल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय ट्रमा सेन्टरका डा रुद्र मरासिनीले अङ्गदान गर्नेबारेमा आवश्यक कानूनलाई संशोधन गरेर सबैलाई अङ्गदान गर्ने वातावरण बताउनुपर्ने बताउनुभयो । उहाँले सरकारको लगानी भएका प्रतिष्ठानलाई अङ्ग प्रत्यारोपण गर्न दिनुपर्ने भनाइ राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा रमेश भण्डारीले अङ्ग प्रत्यारोपणका लागि सबैको समन्वय हुनुपर्ने बताउनुभयो । केन्द्रका वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा कल्पना श्रेष्ठले सात सय ७० मिर्गौला र २५ जना कलेजो प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले अङ्ग दानदाताले अङ्गदान गरेको खण्डमा ती बिरामीलाई मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार दुई हजार सात सय जनाले अङ्गदान दिने घोषणा गरिसकेको जानकारी दिनुभयो । केन्द्रका निर्देशक डा श्रेष्ठले प्रत्येक मिनेटमा अङ्गको गुणस्तर खस्किने भएकोले मृत शरीरबाट चाँडो निकाल्नुपर्ने बताउनुभयो । उहाँका अनुसार निकालेको अङ्गलाई ढिलो प्रत्यारोपण गर्दा भने फरक नपर्ने बताउनुभयो । मुटु र फोक्सो चारदेखि छ घण्टा, कलेजो १० घण्टा, मिर्गौला ३६ घण्टामा प्रत्यारोपण गरिसक्नुपर्दछ ।

ललितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धिबहादुर शाहले प्रचारप्रसारको कमीले नै मानिसले अङ्गदान नगरेको बताउनुभयो । उहाँले अब आफूले प्रहरीभित्र पनि अङ्गदान गर्नुपर्छ भनेर तालिम दिने र छलफल गर्ने बताउनुभयो । रासस

आइतबार, चैत १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.