• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

पुस्तक समीक्षाः मुटुरोग उपचारको इतिहास र आधिकारिक दस्तावेज

  •  सोमबार, चैत २०, २०७९ मा प्रकाशित

काठमाडौँ । नेपालमा नयाँनयाँ प्रकाशन संस्था जन्मिरहेछन्, पुस्तकहरू विमोचन भइरहेका छन्, कतै घोस्ट राइटिङ त कतै अलेखक लेखक बन्ने प्रक्रिया जन्मँदै छ । कोही व्यस्तताबीच त कोही अवकाशपछि पुस्तक लेख्दै छन् । तिनलाई लेखाउन सम्पादकहरू पनि लागिपरेका छन् । अब बालककालदेखि नै कविता, कथा, निबन्ध लेख्नेहरू मात्र होइन, पूर्वराष्ट्रसेवक, पूर्वसेनापति, न्यायाधीश, राजदूत, स्वामी, धर्मगुरु, पत्रकार, व्यवसायी पनि पुस्तक लेखेर नाम कमाउँदै छन् । कोही पुरस्कार पनि जित्दै छन् ।

अति व्यस्त चिकित्सकहरू पनि पुस्तक लेखेर आफ्ना अनुभव बाँडिरहेका छन् । डा राममान तृषित गीत लेखेर चर्चित हुनुभयो । डा भोला रिजाल साहित्यमा गीतकारका रूपमा बढी चिनिनुहुन्छ भने डा अरुण सायमि लेखक, उपन्यासकारका रूपमा । पछिल्लो समय वरिष्ठ मुटु सर्जन डा रामेश कोइरालाले ‘आमाको मुटु’ तथा मुटुरोग विशेषज्ञ लोकविक्रम थापाले ‘मुटुको ढुकढुकी’, डा भगवान् कोइरालाले ‘हृदय’ गैरआख्यानिक कृति लेखेपछि मुटु अझ समग्र चिकित्सा क्षेत्र नै साहित्यसँग जोडिन पुग्यो । मुटुकै चिकित्सक डा ओममूर्ति पनि फेसबुकमा छाउनुहुन्छ र बिरामीका निकै प्रतिक्रिया पाउनुहुन्छ । कोरोना महामारीका बखत शेरबहादुर पुनले निकै लेख्नुभयो । डा पुष्कर बुढाथोकी र जीवन क्षेत्री पनि लेखिरहनुहुन्छ । यसबाट बौद्धिक जगत् तथा सर्वसाधारणमा स्वास्थ्यसम्बन्धी जागरण धेरै बढेको छ । अरू चिकित्सकहरू पनि आआफ्ना अनुभव सामाजिक सञ्जाल वा पुस्तकबाट बाँड्न चाहिरहनुभएको छ ।

पछिल्लो समय वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायबाट लिखित कृति ‘मुटुसँग सहयात्रा’ (इदा उपाध्याय, २०७९) बजारमा आएपछि कृति, कृतिकार र मुटुरोगको चर्चा झन् बढ्दै छ । विद्यालयदेखि नै चित्रकारिता र साहित्य लेखनमा संलग्न डा उपाध्यायले चिकित्सक साथीहरूसँग मिलेर अलि अगाडि पत्रिका पनि निकाल्नुभएको थियो जसमा उहाँ उपनामसमेत राखेर स्वास्थ्य क्षेत्रका विकृति उजागर गर्नुहुन्थ्यो । पछिल्लो कृति भने उहाँले कोरोना कालबाट उब्रेको समयको परिणाम हो । आफूले गरेको काम तथा नेपालमा मुटुसम्बधी रोगको उपचारको सुरुआत, यसका कठिनाइ आदिबारे दस्तावेज तयारीस्वरूप प्रस्तुत कृति जन्म्यो ।

कृतिले नेपालमा मुटुरोग उपचार कसरी सुरु भयो र अहिले कुन अवस्थामा आइपुगेको छ भन्ने पूर्ण विवरण नै दिन्छ । नसर्ने भयावह मुटुरोग उपचारको यस कृतिमा युवा चिकित्सकहरू मेहनती, इमान्दार र सङ्घर्षशील बन्न क्याप्सुल नै भेट्छन् । रोग, उपचार र औषधि विज्ञानको चर्चासँगै अनेक रमाइला प्रसङ्गले अनेक अध्यायमा विभाजित भीमकाय कृति रोचक बनेको छ ।

कृतिमा नेपालमा आफ्नो बाल्यकाल, घरपरिवार, विद्यालय र विद्रोही कलेज जीवन तथा कडा मेहनत र अनुशासनका बीच तत्कालीन सोभियत सङ्घको राजधानी मस्कोस्थित प्याट्रिस लुमुम्बा विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्दाको विवरण तथा व्यावसायिक जीवनमा उत्रँदाका अनेक आयम उल्लेख छ । कार्डियोलोजीमा पोस्ट ग्य्राजुयट (पिजी) गर्नुभएका डा उपाध्यायका मुख्य गुरु प्रा इभगेनी चाजोभ थिए जो सोभियत कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रुसी राष्ट्रपति तथा पार्टी महासचिव लियोनिद इल्यिच ब्रेजनेभका पनि चिकित्सक पनि थिए । लेखक नोबेल पुरस्कार विजेता (रक्तनलीमा जमेको रगत पगाल्ने विधिमा) चाजोभको आदेशानुसार नेपालको सिंहदरबार वैद्यखानाको सिलाजित रुस लैजान्थे जुन ब्रेजनेभ सेवन गर्थे । नेपालको त्यतिबेलाको सिलाजित मुटुरोगका लागि लाभदायी भएको चाजोभले लेखकलाई बताएका थिए । त्यतिबेलाको सोभियत काल, नेपाली विद्यार्थीको स्थिति, अध्ययन गर्दाका रमाइला प्रसङ्ग, नेपाली साहित्य, संस्कृति, कलाको पनि लेखकले चर्चा गरेका छन् ।

स्वदेश फर्किएपछि नेपालको पुरानो वीर अस्पतालमा विसं २०३५ मङ्सिर २५ गतेदेखि जागिर खान थाल्नुभएका डा उपाध्यायले शाही चिकित्सक डा मृगेन्द्रराज पाण्डेको एकाइअन्तर्गत बिरामीको मारामार भिड र हल्ला, गन्हाउने ओस भएको कोठा, बहिरङ्ग विभागको लाममा बिरामी र चिकित्सकबाट चुरोट सेवन जस्तो स्थिति बेहोरेर कल्चरल सकका साथ काम सुरु गर्नुभयो ।

रुसबाट मेडिसिनमा पिजी गरेर आउने पहिलो डा उपाध्यायले त्यहीँ मधुमेह रोगको पनि उपचार गर्न थाल्नुभयो । उहाँकै सक्रियतामा वीर अस्पतालमा कार्डियोलोजी जनरल मेडिसिनबाट छुट्टिएर बेग्लै युनिट खडा भयो र मुटुरोगको उपचार व्यवस्थित हुन थाल्यो । वीर अस्पतालको मुटुरोग उपचार एकाइबाट नै नेपालमा खासगरी राजधानीमा यसको संस्थागत विकास सुरु भएको मान्न सकिन्छ । यसपछि ठमेल पोलिक्लिनिक, सिद्धि पोलिक्लिनिक (डिल्लीबजार), मेडिकल नर्सिङहोम प्रालि (पुतलीसडक, पछि मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, नक्साल हुँदै चाबहिल), नेपाल हार्ट फाउन्डेसन (नेपाल हृदयरोग निवारण प्रतिष्ठान २०४५), नेपाल हार्ट नेट, नेपाल कार्डियाक सोसाइटी (विसं २०५५) स्थापना भई बालहृदय बचाऊ कार्यक्रम पनि हुन थालेपछि नेपालमा मुटुरोगको उपचारमा गति लिन थाल्यो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र स्वास्थ्य तथा श्रममन्त्री पद्मरत्न तुलाधारका पालामा नेपालमा मुटुरोगसम्बन्धी छुट्टै अस्पताल सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र २०५२ (पछि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र) स्थापना र यसको सञ्चालनपछि त नेपाल मुटुरोगको उपचारमा विश्वकै अग्रणीमध्येकै एक मुलुक भयो । बाँसबारी छाला जुत्ता कारखानालाई सांसद निवास बनाउने सरकारको पूर्वयोजनाविपरीत त्यसलाई पहिलो मुटुरोग उपचार अस्पतालका रूपमा स्थापना गर्नमा सक्रिय डा उपाध्याय, डा सायमिसमेतले भोगेका राजनीतिकलगायत अनेक प्रशासनिक, कानुनी झमेलाको सविस्तार वर्णन पढ्दा पाठक नेपालको स्वास्थ्य क्षेत्रको कठिनाइबारे राम्ररी बुझ्न पाउँछ ।

तत्कालीन राजा वीरेन्द्रलाई हृदयाघात हुँदा रानी ऐश्वर्य र युवराज दीपेन्द्रले नारायणहिटीमा आफूलाई गरेको केरकार, वीर अस्पतालबाट सरुवा भई सैनिकको गाडीले किचेर बालकको मृत्युपछि भोगेको भिडयुक्त भक्तपुर अस्पताल, जताततै पान थुकिएको फोहर–धुलो–माकुराको जालोयुक्त जनकपुर अस्पताल तथा त्यहाँको अपरेसन थियटरमै गाई पसेको घटना एवं त्यहाँ डाकाको सरदार र उनकी आमालाई गरिएको उपचार अनि उनीसँगको मित्रता, सर्पदंशको बिरामी उपचार गर्न लाग्दा गाग्रीमा ल्याइएको गोमनसँगको जम्काभेट, उदयपुर अस्पतालमा चितुवाले आक्रमण गरेकाहरूको आन्द्रासहितको शल्यक्रिया र अस्पतालमा खेती गरेर छोरीको विवाह गर्ने जिल्ला स्वास्थ्य सहायक प्रमुखसँगको सहकार्य, भुटानमा चिकित्सक जागिर छाडेर हिँडेको अवस्थाका अनेक रोचक कथा पढ्न भने चित्रसहितको ४५२ पृष्ठको ग्रन्थ आफैँ पढ्नुपर्छ ।

“एउटा डाक्टरले कोसिस ग¥यो भने जतिसुकै व्यवधान भए पनि काम गर्न सकिँदो रहेछ भन्ने मैले आफ्नो व्यावसायिक जीवनमा भोगेँ, अनुभूति गरेँ ”, सायद यो नै यस कृतिको सार पनि हो । लेखकले मुटुरोगमा संलग्न आफ्ना अग्रज, समकालीन र आफूपछिका चिकित्सकको योगदान पनि कृतिमा उल्लेख गरेर आफूलाई कृतज्ञ बनाउने प्रयास गर्नुभएको छ । छयालिस सालको घटनामा घाइते सर्वसाधारण र प्रहरीको उपचार गर्दा खेपेको आरोप तथा सोही बखत उपचाररत जनान्दोलनका कमान्डर गणेशमान सिंहको वक्तव्य सार्वजनिक गर्न आफूले निर्वाह गरेको चर्चा पढ्दा लेखकको निष्पक्ष र प्रजातन्त्रवादी भूमिकाबारे ज्ञात हुन्छ । आफूभन्दा १५–१६ वर्ष जुनियर व्यक्ति सचिव भएर आए तर आफू सत्र वर्षसम्म सहसचिव पदमा रहँदा पनि बढुवा हुन नसक्नाको मानसिक पीडा मुटुरोगका वरिष्ठ विशेषज्ञ लेखकले भोग्नु पर्दा र सामान खरिदमा लिइने कमिसनको खेलबारे पढ्नु पर्दा नेपाल स्वास्थ्य क्षेत्र राजनीतिबाट कति प्रताडित रहेछ, छर्लङ्ग हुन्छ । मुटुरोगीको पुनःस्थापनाका लागि काम गर्न सरकारले नीति नै बनाउनुपर्ने भनी लेखकले सम्बन्धित निकाय र चिकित्सकहरूको ध्यानाकर्षण गराउनुभएको छ ।

कृतिमा आफूसँग सम्बन्धित केही घटना र उपचारमा रहेका केही उच्च व्यक्तिको नाम भने उहाँले दिन सक्नुभएको छैन, जसले पाठकलाई ती व्यक्ति को थिए होलान् भन्ने खुलदुली भने लागिरहन्छ । धेरै व्यक्तिका नाम र केही प्रसङ्गमा सामान्य पुनरुक्ति र वर्णविन्यासका दोष पनि यसमा छ । संलग्न तस्बिरहरू समयक्रमानुसार छैनन् । सरकार, चिकित्सक र रोगी सबैका लागि कृति सङ्ग्रहणीय रहेकामा भने दुई मत नहोला । रासस

सोमबार, चैत २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.