• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

पर्साको घुम्ती स्वास्थ्य शिविरबाट छ सय महिला लाभान्वित

  •  सोमबार, चैत २०, २०७९ मा प्रकाशित

पोखरीय ।पर्साको विभिन्न स्थानमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी महिला लाभान्वित भएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित घुम्ती शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा पाठेघरसम्बन्धी स्क्रिनिङ जाँचलगायतका विभिन्न स्वास्थ्य जाँच गरिएको हो ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहकार्यमा चैत ८ गतेदेखि सुरु भएको शिविर विभिन्न वडा हुँदै चैत १९ मा सम्पन्न भएको हो । उपचारका लागि टाढासम्म जान नसक्ने महिलालाई लक्षित गरी ६ वटा वडामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविरबाट ६ सय ६१ महिला लाभान्वित भएका हुन् ।

शिविरमा एक सय नौ जनाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी गरिएको परीक्षणमा २० जनामा गम्भीर समस्या देखिएको र १६ जनामा शङ्कास्पद अवस्था देखिएको थियो । साथै ७३ जनाको अवस्था सामान्य भएको पाइएको छ ।

त्यसैगरी २९ जना गरिएको स्तनसम्बन्धी परीक्षणमा १२ जनाको अवस्था शङ्कास्पद देखिएको र उनीहरुलाई अस्पताल पठाइएको थियो । साथै १७ जनामा सामान्य अवस्था पाइएको छ ।
चौबीस महिलामा आङ खस्ने समस्याबारे गरिएको चेकजाँचमा तीन जनामा सुरुवाती चरण देखिएको तथा १७ जनामा पहिलो र दोस्रोचरणको समस्या देखिएको थियो । त्यसैगरी तीन जनामा तेस्रो चरणको समस्या देखिएको थियो भने एक जनामा चौँथोचरणको समस्या पाइएको डाक्टरहरुले बताएका छन् ।

त्यस्तै चेकजाँचको क्रममा चारजनामा पाठेघरको मुखमा मासु पलाएको र १४ जनामा भने सिस्टोसेलसम्बन्धी समस्या पाइएको डाक्टरले जनाएका छन् । स्त्री रोग विशेषज्ञ डाक्टर प्रतिति यादव र डा दिप्ती यादवले परीक्षण गर्नुभएको थियो भने वीरगञ्ज महानगर वडा नं २८ बगही प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स रिन्कुकुमारी साहले सहजीकरण गर्नुभएको थियो ।

वीरगञ्ज महानगरपालिका–२९ बसडील्वाको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडा नं २८ को बगही स्वास्थ्य केन्द्र, वडा नं २० हरपतगञ्जको स्वास्थ्य चौकी, वडा नं २६ सुगौली विर्ताको स्वास्थ्य चौकी, वडा नं २४ रागढवाको स्वास्थ्य चौकी हुँदै वडा नं २३ प्रसौनी विर्ताको स्वास्थ्य चौकी पुगी सम्पन्न भएको थियो । रासस

सोमबार, चैत २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.