• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

हृदयघातको जोखिम , लक्षण तथा बच्ने उपाय

  •  मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

मानव शरीरको मुटु विशेष किसिमको मांशपेशीले बनेको अङ्ग हो । यसले रगतलाई पम्प गरेर रक्तनलीहरु मार्फत विभिन्न अङ्गहरुमा पुर्याउने काम गर्दछ । प्रतिलिटर औसत ७० देखी ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरु (सोडियम, पोटासियम, क्याल्सियम) आदिको आवश्यकता पर्दछ ।

यसका लागि मुटुको मांशपेशी भित्र साना तथा मझौला खालका रगतका नलीहरु हुन्छन् । जसलाई मुटुको धमनी वा कोरोनरी आर्टरी भनिन्छ । जब मुटुको धमनीहरुमा विभिन्न कारणले गर्दा बोसोजन्य पदार्थ जम्मा भई धमनीहरु साँघुरो हुँदै जाने हुन्छ । त्यसलाई मुटुको धमनीको रोग भनिन्छ । मुटुको धमनीहरुको साँघुरो भएमा मुटु स्वयंले अक्सिजन, ग्लुकोज लगायतका अन्य खनिज पदार्थ प्राप्त गर्न सक्दैन र मुटु कमजोर हुन्छ, जब मुटुको धमनीहरु एक्कासी बन्द हुन्छ, तब मुटुको केही खण्डले नियमित काम गर्न सक्दैन, त्यसैलाई हृदयघात भनिन्छ । हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरी धमनी वा धमनीका शाखा भित्रै अकस्मात रगत जम्न गई रगतको थेग्लाले धमनी थुनिदिंँदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरू अक्सिजन र अन्य पोषक तत्वहरुको अभावमा देखापरेको आपतकालिन समस्या हो ।

यो समस्या अकस्मात देखापर्ने भए पनि यसको पछाडि लामो सिलसिला जोडिएको हुन्छ । विशेषत कोरोनरी धमनी भित्रै आफैंँ रगत जम्नुको पछाडि धमनीका भित्ताहरुहरुमा लामो समयदेखि कोलेस्टेरोल क्याल्सियम र मृत कोषहरू जम्मा भएर धमनी साँघुर्याउने, एथेरोस्क्लेरोसिस भन्ने रोग जिम्मेवार छ । यी पदार्थहरू जम्मा भएर धमनी सांँघुरिएको ठाउँमा धमनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरूलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरिक्त रगत आपूर्ति गर्न सक्दैन ।

यसो हुँदा साघुरिएको ठाउँमा नसाको भित्रि पत्र जसलाई इन्टमिल लेयर भनिन्छ । उक्त लेयर च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आएर नसाभित्रै जम्न पुग्छ । फलतः जमेको रगतको थेग्लाले पुरै धमनीलाई थुनिदिन्छ र थुिनएको भाग भन्दा अगाडि धमनीले आपूर्ति गरेको हृदयतन्तुहरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरू मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरुमा पनि रक्त आपूर्ति हुन नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ ।

हृदयघातका लक्षणहरु :

हृदयघात भएको बेलामा छातीको बीच भागमा दुख्ने, भारी हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढी भएको अनुभव हुने, धेरै पसिना आउने, एक्कासी बढेर जाने, रिँगटा लाग्ने जस्तो देखिन्छ । कसैकसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने शरीरको कुनै भाग चलाउन गाह्रो हुने जस्ता लक्षणहरु देखिन सक्छन ।
उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यायमको कमी, उच्च कोलेस्ट्रोल, अत्याधिक तनाव तथा नकरात्मक सोच, बढ्दो उमेर, पारिवारिक कारण, पुरुष लैंगिकता आदि कारणले हृदयघात हुनसक्छ ।

हृदयघातबाट बच्नका लागि ध्यान दिनुपर्ने कुराहरु :

नियमित स्वस्थ खानपान गर्ने ,नुन तथा चिल्लो पदार्थ कम खाने बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्ने, दैिनक आधा घण्टादेखि एक घण्टासम्म शारीरिक व्यायाम गर्ने, मद्यपान तथा धुम्रपान सेवन नगर्ने , स्वास्थ्य परीक्षण गर्ने , रक्तचापको मापन लगायत रगतमा सुगर तथा कोलेस्ट्रोलको मात्रा परीक्षण गराउने, बढी भएमा नियन्त्रणमा रहने गरी आवश्यक परेमा सम्बन्धित चिकित्सकको सुझाव अनुसार औषधि सेवन गर्ने , पारिवारिक सावधानी अपनाउने परिवारमा कम उमेरमै मुटुरोग देखिएमा बाँकी सदस्यहरुले नियमित परीक्षण तथा थप सावधानी अपनाउने , शरीरको तौल नियन्त्रणमा राख्ने र तनाव रहित वातावरण बनाउने तथा सकारात्मक सोच राख्ने र थप सुझाबको लागि सम्बन्धित चिकित्सकसँग परामर्श गर्ने , हृदयघातका कारण विश्वमा १ करोड ७५ लाख मानिसको हरेक बर्ष मृत्यु हुने गर्दछ ।

हाल नेपाल लगायतका विकासोन्मुख राष्ट्रमा पनि यसको प्रकोप बढ्दै गैरहेको छ । विभिन्न उपचार पद्धति तथा औषधिको बाबजुद हृदयघात भैसकेपछि मृत्युदर अझै नै उच्च नै छ
तसर्थ रोग लाग्न नदिन उचित जीवनशैली अनुसरण गर्दा राम्रो र आम मानिसले यस रोग सम्बन्धि न्युनतम जानकारी राख्ने तथा मुटुरोगको जोखिम बढी भएका व्यक्तिहरुले नियमित परीक्षण गराउनु पर्दछ ।

(लेखक डा.कमल शर्मा लम्साल वरिष्ठ मुटुरोग विशेषज्ञको रुपमा ॐ हस्पिटल प्रा.लि.,काठमाडौंमा कार्यरत हुनुहुन्छ ।)

मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.