• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कागेश्वरी मनोहरामा मृत्युपश्चात ४२ जनाको अङ्गदान घोषणा

  •  मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

काठमाडौँ ।कागेश्वरी मनोहरा नगरपालिकामा ४२ जनाले मृत्युपश्चात अङ्गदान घोषणा गरेका छन् । थलीमा भएको कार्यक्रममा मृत्युपश्चात पनि आफ्नो शरीरका विभिन्न अङ्ग अन्य आवश्यक परेका व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मिल्ने भएपछि ४२ जनाले मृत्यु पश्चात अङ्ग र २३ जनाले आँखा दान दिने भएका हुन् ।

नगरपालिकाको व्यवस्थापन, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको आयोजनामा “स्वस्थ जीवन रक्तदान, मृत्यु पश्चात अङ्गदान घोषणा’ कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापासमेत ४२ जनाले मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गर्नुभयो । नगरप्रमुख कार्कीले मृत्युपश्चात आफ्नो शरीरका विभिन्न अङ्ग काम लागेमा दान गर्दा पुण्यको काम हुने बताउनुभयो । आफूले धर्ती छाडे पनि आफ्ना विभिन्न अङ्गले अन्य बिमारी मानिसको स्वास्थ्य बचाउन सकिन्छ भने अङ्गदान महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

नगरप्रमुख कार्कीले भन्नुभयो, “नेपाली समाजमा मृत्युपश्चात जलाउने र गाड्ने खालको परम्परा रहेको छ । अग्निदाह गर्नुपूर्व अङ्गदान गर्न आवश्यक रहेछ । मैले पनि मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरेँ, तपाईंहरू पनि मृत्युपश्चात अङ्ग दान गर्नुहोस् । हामीले दान गरेको अङ्गबाट धेरै नेपालीले अकालमा ज्यान गुमाउने समस्याको मुक्ति पाउनेछन् ।”

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गर्दै राष्ट्रियरूपमा अभियान चलाउने प्रतिबद्धता जनाउनुभयो । निर्देशक श्रेष्ठले मृत्यु भएको एक जनाको शरीरबाट हाल नेपालमा दुई मिर्गाैला, दुई फोक्सो, कलेजो, मुटु, प्यानक्रियाज, सानोआन्द्रा गरी कूल आठ अङ्गदान गर्न मिल्ने जानकारी दिनुभयो । उहाँले एक जनाको मृत शरीरबाट आठ जनासम्मको ज्यान बचाउन सकिने भएका कारण मृत्युपश्चात सबैलाई अङ्गदान घोषणा गर्न अनुरोध गर्नुभयो ।

निर्देशक श्रेष्ठले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तारकेश्वर नगरपालिका र धुलिखेल नगरपालिकासँग सहकार्य गरिसकेको भन्दै आज कागेश्वरी मनोहरा नगरपालिकासँग पनि सहकार्य गर्न पाउँदा खुसी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा देशभरिका स्थानीय तहसँग सहकार्य गर्ने तयारी गरेको जनाउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा सभापति श्यामकाजी डोटेलले रक्तदान जीवनदान भन्दै रगत दान दिने व्यक्तिहरू धेरै रहनुभएको बताउनुभयो । उहाँले रेडक्रस सोसाइटीको रक्तदान कार्यक्रम जनतामा प्रभावकारी बनेको धारणा राख्नुभयो ।

जिल्ला सभापति डोटेलले रगत दान मात्र नभएर हाल रेडक्रस सोसाइटीले आँखा दान केन्द्र सुर्खेत र जनकपुरमा रेडक्रसले आँखा दान केन्द्र सञ्चालनमा ल्याउन सफल भएको जनाउनुभयो । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा सभापति वासुदेव पौडेलले यस शाखाले विगतमा नगरभित्रका स्थानीयवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँले मृत्यु भएपश्चात अङ्गदान गर्नु सबैका लागि राम्रो, सकारात्मक र धार्मिक कार्य भएकाले यसमा सहभागी हुन अग्रह गर्नुभयो । रासस

मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.