• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

अनुभव : दृढ संकल्पनै जीवनको सफलता

  •  बुधबार, चैत २२, २०७९ मा प्रकाशित

जीवन जिउनु के का लागि हो? के जसरी पनि कमाउन, सुख भोग गर्न, परिवार पाल्न या शहरमा आलिशान महल बनाएर महगो गाडी चढ्न? या आउने दुइ पुस्ताका लागि सम्पत्ति जोड्न ?के यसमा आफ्नो पेशा, देश र समाजले खोजेको कर्तव्य, नैतिक आचरण र बन्धनहरुको पनि ख्याल गरिनु पर्दछ? या आजको दिनलाई जीवनको अन्तिम दिन सम्झेर कसैको हित र सेवामा लगाएर अन्तिम श्वासको समयमा सन्तुष्ट मनले संसारबाट बिदा हुन या जन्म पछिको मृत्यु र नांगै जानु पर्ने यथार्थलाई हेक्का राखेर जीवनलाइ त्यस अनुरुप व्यवस्थित गर्न? यी प्रश्नहरुमा हरेक मानिसको आ आफ्नो दृष्टिकोण अनुसारको उत्तर हुन सक्दछ र जीवन बांँच्ने शैलीको रोजाई र भोगाई हुने गर्दछ । वास्तवमा जुनबेला मानिसहरुले आफ्नो जीवनलाइ व्यवस्थित गर्न कोशिश गर्नेछ, तब उसले सोचे अनुसार जीवन हिंँड्ने छैन । बक्र रेखामा हिंँडने जीवनमा जहांँबाट बाटो मोडिन्छ, त्यहींँबाट नयाँ गन्तव्यको खोजी गरिन्छ ।

मैले पनि मेरो जीवनको उकालो ओरालोमा गन्तव्यहरुलाई फेर्दै रहनु पर्यो । रामेछाप जिल्लाको साँघुटारमा जन्मेर १५ बर्षको उमेरमा हिमगंगा माध्यमिक बिद्यालयबाट प्रथम श्रेणीमा उतिर्ण गर्ने पहिलो विद्यार्थी म भएँ । स्वाभाविक रुपमा त्यसबेला प्रथम श्रेणीमा उतिर्ण गर्नेले बिज्ञान बिषय पढनुपर्ने मान्यता थियो । त्यसै अनुसार साढे तीन दिन हिंँडेर त्रिचन्द्र कलेजमा आइ एस्सी पढन भर्ना भएँ । त्यसबखत फिजिकल समुहमा भर्ना भएँ । सिभिल इञ्जिनियर हुने ईच्छा थियो । नियतिले दिएन । मेरो ब्रोंकियल अज्मा (एलर्जीका कारणले हुने दम) ले सतायो । हडतालहरुका कारण जेनतेन ३ बर्ष लगाएर पढाइ सकेर गाउँकै बिद्यालयमा एक वर्ष बिज्ञान पढाए ।

त्यसबखत जीवनले सन्तुष्टी त दिएननै तर शरिरले पनि साथ दिएन । गाउँमै हेल्थ असिष्टेण्ट काम गर्दा चिनजान भएका स्व.डा ज्ञानेन्द्र बहादुर अधिकारी शिक्षण अस्पताल महाराजगन्ज क्याम्पसमा एम.बि.बि.एस पढदै हुनुहुन्थ्यो । म दमका कारणले ७ दिन भर्ना भएको थिएँ । मेरो एस.एल.सीको प्रमाणपत्र मगाएर हेल्थ असिष्टेण्टमा भर्ना गरिदिनु भयो । उहाँले भन्नुभयो, “तिमी रोगी भयौ, यो बिषय पढे तिमीलाइ जीवनमा सजिलो हुनेछ ।” हुनपनि हरेक ६ महिनामा ७ दिन दमको आक्रमणले म अस्पताल भर्ना हुनु पर्दथ्यो । जुन एम.बि.बि.एस पढ्दा सम्म कायमै थियो । पहिले त यो रोग बारे थाहा नभएकोले म धेरै बाँच्दिन होला जस्तो लाग्दथ्यो ।

यहांँबाट जीवनले फेरि अर्को मोड लियो । यो पढाईले मलाइ आत्मविश्वास दियो, यो रोगले कष्ट त दिन्छ तर झट्टै मरिहालिदैन भन्ने पनि थाहा थियो । तर मेरो रोग नै मेरो जीवनको अर्को घुम्ती मोडने साधक बन्यो । जसले अर्को यात्रातिर डोर्यायो । हेल्थ असिष्टेण्ट सकेर वि.सं २०४५ सालमा गाउँकै हेल्थपोष्टमा काम गर्न आएँ । ३ बर्ष पछि एम.वि.वि.एसको प्रवेश परीक्षामा नाम निकालेर शिक्षण अस्पताल महाराजगन्जमा नै भर्ना भएँ ।
गाउँ प्रतिको लगाव कसरी आयो यसै भन्न सक्दिन । तर वि.सं २०५० सालमा एम.वि.वि.एस पढ्न थालेको १० महिनापछि जगदीश घिमिरेले तामाकोशी सेवा समिति (तासेस)मा मिन पचास बिदाको बेला मन्थली र रामेछापको आसपासका गाउँमा आएर काम गर्न आग्रह गर्नु भयो । यसले झण्डै ३० बर्ष पहिले मेरो जीवनको बाटोलाइ अर्को मोड दियो र अर्को गन्तब्यतिर डोरयायो ।

रामेछापमा आएर काम गर्ने निर्णय लिन के कुराले सघायो होला भनेर एउटा मात्र कारण दिन ज्यादै गाह्रो छ । तर जानेर नजानेर मेरो रोजाइले साधारणतया सामान्य अरु मानिसले हिंँड्ने भन्दा बेग्लै बाटोतिर हिंँडायो । यो फरक बाटो थियो । अलि खतरनाक, जोखिम पुर्ण र अलि कठिन । म बालक र किशोरावस्था हंँुदा हाम्रा अग्रजहरुले नाटक खेलेर पैसा जम्मा गरेर स्कुल चलाएका दिनहरु, मेरी आमाले गाउँका बालबालिकाहरुलाई पढ्नलाई सहायता गरेका दृश्यहरु, हामीले देउसी खेलेर बिद्यालय भवनको भित्ता पोत्ने र गल खन्ती बोकेर हेल्थपोष्ट जाने बाटो खनेका जीवनका तालिमहरु । १४ बर्षकै उमेरमा नेविसंघ मार्फत राजनीतिका कुरा बुझेर कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष र सभापति भएर, प्रजातान्त्रिक समाजवादी धारणा बुझेर, वी.पी कोइरालाको गाउँलाइ मायाँ गर्ने चिन्तनलाइ समेत मनन गरेर मलाई गाउँ बस्ने प्रेरणा मिल्यो होला ।

कहिलेकाही मेरो जस्तो रोग भोग्ने कति बालबालिका र युवाहरु होलान् भनेर बिचार गर्थें । जब महिलाको स्वास्थ्यका कार्यक्रमहरु तासेसले गर्न थाल्यो, त्यहांँ भित्र विकराल समस्याहरु देखें । हामी स्त्रीरोगको शिविर गर्न भारीमा औषधी बोकाएर एक दिन दुई दिन हिडेर गाउँ जान्थ्यांै । यौन अंगको संक्रमण साथै पाठेघर खस्ने समस्या झण्डै ३० प्रतिशत जति भेट्थ्यौं । ती महिलाहरु शारिरीक, मानसिक पीडा साथै नारकीय जीवन बिताएर श्रीमान र परिवारबाट अपहेलित भएर बाँचेका थिए । स्विस विकास नियोगको ग्रामिण स्वास्थ्य विकास परियोजना र नारी निकुञ्ज, अष्ट्रेृलियाको अधिकांश आर्थिक सहयोगमा सन २००३ देखि २०१४ सम्म मन्थलीमा नै ५०० भन्दा बढी महिलाहरुको निःशुल्क शल्यक्रिया गरेर उनीहरुलाइ अर्को जीवन दियौं ।

ग्रामिण भेकमा हाम्रै कारणले स्वास्थ्य जागरण ल्यायो तर सेवा केन्द्र थिएनन् । प्रसबका बेलामा आमा र बच्चाको तथा निमोनिया र झाडा पखालाले बालबालिकाको प्रशस्त मृत्यु हुन्थे । त्यसबखत रामेछाप जिल्लामा महिलाहरुको औसत आयु ४९ बर्षमात्र थियो । सरकारका स्वास्थ्य केन्द्रहरु विकास भएका थिएनन् । सन् २००० मा तासेसले ३,३ घण्टाका पैदल दुरीमा रामेछाप जिल्लाका १२ स्थानहरुमा बच्चा जन्माउन सघाउने केन्द्रहरुको स्थापना गर्याे तर माओवादी समस्याले यसलाइ टिकाउन सकिएन । यसले मन्थलीमा भएको स्वास्थ्य केन्द्रलाइ अझ विकसित गर्नुपर्ने आवश्यकता भयो ।
तासेसको स्वास्थ्य केन्द्रलाइ सानो अस्पतालका रुपमा विकास गर्न चुनौती थियो । चिकित्सक, नर्स, सरसामानको अभाव । यसका लागि भर्खर खुलेको मन्थली बचत तथा ऋण सहकारी संस्था जसले १२ बर्षसम्म अनवरत आर्थिक सहयोग गर्याे र वल्र्ड नेवर्स अमेरिकाले स्वास्थ्यकर्मीहरु र अस्पताल सामग्री पनि सहयोग गर्यो । त्यस बखत वल्र्ड नेवर्सका साउथ एशिया प्रतिनिधी हाम्रो संस्थाका संस्थापक र संरक्षक जगदीश घिमिरे हुनुहुन्थ्यो । यो समयमा हामी रामेछापका गाउँ गाउँमा भारीमा औषधी उपकरण बोकेर स्वास्थ्य शिविरहरु गर्न जान्थ्यौ । यसै बेला मेरो नेतृत्वमा लायन्स क्लब अफ काठमाण्डौ रामेछाप स्थापना गरेर गाउँका शिविरहरुमा आर्थिक र मानवीय सहयोगहरु जुटाईयो ।

तामाकोशी अस्पतालले विकासको गति सन् २००९ देखि लिन थाल्यो, जव जर्मन रोटरी भोलेन्टियर डाक्टर्सहरु आउन लागे । यसको चाँजोपाँजो धुलिखेल अस्पतालका डा रामकण्ठ माकाजु श्रेष्ठ र डा विराज कर्माचार्यले मिलाउनु भयो । अस्पतालमा अत्यधुनिक दाँत केन्द्र, इमर्जेन्सी सेवा र प्रसुति सेवाका लागि अत्याधुनिक यन्त्र उपकरण, एम्वुलेन्स, अपरेशन थिएटरका सामग्रीहरु, गाउँमा स्वास्थ्य शिविर संचालन गर्न जीप जस्ता कुराहरु जर्मन रोटरी फाउण्डेशन र जर्मनका रोटरी क्लबहरुले गरे । सन् २०१२ देखि रुरल एसिष्टेण्ट नेपाल, युकेले मेडिकल भोलेन्टियरहरु पठाउन थालेपछि उनीहरुले बुझाएका भोलेन्टियर वापतका पैसाले निःशुल्क स्वास्थ्य शिविरहरुको खर्च जुट्यो । यसमा स्थानिय क्लब र जनताहरुले हामीलाइ न्यानो स्वागत सहित खाने बस्नेको राम्रो प्रबन्ध गरिदिन्थे ।

सन् २०१५ को भुकम्प संँगसँंगै दुबै संस्थाका सहयोग बढ्न लाग्यो । गाउँमा जाने जीप प्राप्त भयो । भोलेन्टियरहरु बढे । झण्डै २० लाख बरावरको आर्थिक सहयोग जुटाएर ९० भन्दा बढी शिविरहरु गाउँमा सम्पन्न गरिए । २० हजार भन्दा बढी जनताहरु लाभान्वित भए । यस्तै रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा ३० वटा निःशुल्क स्वास्थ्य शिविर भए । जसमा ६,२०० भन्दा बढी बिरामीहरु जाँच गरिए । यसबेला बिएमएनटी नामक संस्थाले औषधीहरु उपलब्ध गराएको थियो । ती भोलेन्टियरहरुले झण्डै २० लाख बरावरको आर्थिक सहयोग अस्पतालको पाहुना घरमा बसेवापत बुझाएछन् । यसरी हेर्दा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम पनि स्वनिर्भर तरिकाले संचालित छन् । हाल ग्रामिण भेकमा बिद्यार्थीहरुको बाथ मुटुरोग, पल्मोनरी हाइपरटेन्सनको छनोट, गर्भवती र स्त्रीरोगका महिलाहरुका लागि जोखिम पत्ता लगाउन अल्ट्रासाउण्ड सेवा पनि सञ्चालित छन् ।

हाम्रो अनुभवमा ग्रामिण भेकमा स्वनिर्भर अस्पताल चलाउनु चुनौती पुर्ण छ । महंगा चिकित्सक, उपकरणहरु र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अभाव । यन्त्र उपकरणमा अष्ट्रेलियन एम्बेसी लगायत जर्मन रोटरीहरुको सहयोग रह्यो । यस्तै म्यान्चेष्टर युनिभर्सिटी बेलायतका बिद्यार्थीहरुको द लिटिल थिंग्स भन्ने संस्थाले इको, इण्डोष्कोपी, टि.एम.टी जस्ता उपकरणहरु प्रदान गरे । यसका लागि बेलायतमा रहनु भएका नेपाली चिकित्सक डा सत्यन राजभण्डारीको अहम भुमिका रह्यो ।

उहाँको हेक्सन, नेपाल, युकेले शिविरहरुमा पनि सहायता गर्यो । उहासम्म सम्पर्क गराउन रुरल एसिष्टेण्ट नेपाल, युकेकी मारियान हेरिटेजको अहम भुमिका छ । कोरोनाका समयमा चुजी फाउण्डेशनबाट प्राप्त झण्डै ४० लाख बराबरको उपकरणहरु रामेछापका बिभिन्न अस्पताल र हेल्थपोष्टहरुमा बितरण गरिए । यही फाउण्डेशनको सहयोगमा नेशनल किडनी सेन्टरको पहलमा र डा ऋषि कुमार काफ्लेको नेतृत्वमा झण्डै ५ बर्ष पहिले हेमोडायलाइसिस सेन्टरको स्थापना गरियो । यदि उपकरणहरु मात्र अन्य संस्थाले दिएपनि त्यसबाट भएका आम्दानीले ग्रामिण अस्पतालहरुलाई स्वनिर्भर गराउन मद्धत पुग्दोरहेछ भन्ने सिकाइ यसबाट भयो ।

जर्मनबाट आएका ३० भन्दा बढी रोटरियन भोलेन्टियर्स चिकित्सकहरु मध्ये ८४ बर्षिय डा जोन एडर्सन, ८ बर्षमा १९ पटक सम्म आइसकेका छन् र उनले म पढेको बिद्यालय भित्र दाँतको अस्पताल निर्माण गरेका छन् । नेपालको दाँतको स्वास्थ्य सुधार्न विद्यालयका बिद्यार्थी देखिनै बानी पार्नुपर्छ भन्ने उनको मान्यता छ । यसमा रोटरी क्लब काभ्रे बनेपाको बिशेष सहयोग छ । जुन क्लबको म सदस्य पनि छु । यो नेपालकै नमुना कार्यक्रम भएको छ । यस्तै बिद्यार्थीहरुको दाँत परिक्षण गरेर बिग्रन लागेको दाँतको सुरक्षा गरिदिएर ती स्वयंसेवक दन्त चिकित्सकहरुले हाम्रो अस्पताललाई आफ्नै काम वापत पैसा समेत आफै तिरिदिएर स्वनिर्भर गराईदिएका छन् ।

मेरो मान्यता बिरामी भन्दा अस्पताल हिड्नु बेश भन्ने छ । त्यसैले रामेछापमा गाउँ बस्ती त्यही कारणले हिंँडे । यस्तै शहरका बिशेषज्ञ सेवाहरु गाउँसम्म ल्याउन र ती प्राप्त उपकरणहरुको उपयोग गर्न गाउँको शिविरमा भेटिएका र अस्पतालमा बिशेषज्ञ सेवा चाहिने बिरामीहरुको टेलिफोन नम्वर राखेर बिशेषज्ञहरुको व्यवस्था गरेर बिशेषज्ञ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । अस्पतालमा हुने बिशेषज्ञ सेवामा केही खर्च औषधी कम्पनीहरुले बेहोर्छन् । बिरामीबाट प्राप्त रकमबाट चिकित्सकलाई फि तिरिन्छन् । केही प्रतिशत अस्पताल विकासको लागि राखिन्छ । यो कार्यक्रम स्वनिर्भर छ ।

तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा संचालित जिल्ला सामुदायिक आँखा केन्द्रको अध्यक्षको भुमिकामा रहेर आँखा स्वास्थ्य सेवालाई विकट स्थानसम्म पुरयाउन सो प्रतिष्ठानको उद्धेश्य अनुरुप हरेक पालिकामा पालिकाकै सकृय संलग्नतामा आँखा सेवा केन्द्रहरुको विस्तार गरिंदैछ । हालसम्म ६ वटा केन्द्र विस्तार भइसकेका छन् । यी केन्द्रहरुलाई आत्मनिर्भर बनाउने प्रयास जारी छ । सो प्रतिष्ठानको सहयोगमा रामेछाप र आसपासमा जिल्ला भित्र ४२०० भन्दा बढी मोतिया बिन्दुको अपरेशन भइसकेको छन् ।

यसरी गाउँमा स्वास्थ्य जागरण गर्न तथा अस्पतालको विकास गर्न विभिन्न संस्था र दाताबाट झण्डै ५ करोड आर्थिक सहयोेग जुटाइयो । यस्तै ५०० महिलाहरुको निःशुल्क अपरेशनले रामेछाप र ७० महिलाहरुको ओखलढुंगा जिल्लामा गरिएको थियो । ओखलढुंगा जिल्लामा झण्डै ३५ दिन पैदल हिंँडेर ५४० भन्दा बढी यो समस्याका महिलाहरु छानिएका थिए । यो कार्यले जनताहरुले २ करोड भन्दा बढी रकम बचत गर्न सकेका छन् ।

यस्तै २५ भन्दा बढी गरिव र जेहन्दार छात्र छात्राहरुलाई स्वास्थ्य सम्वन्धी र अरु बिषयमा अध्ययन गर्न सहयोग गराएर उनीहरुको भविष्य निर्माणमा सहयोग गरिएको छ । कोरोनाको समयमा चुजी फाउण्डेशनको सहयोगमा ४२०० परिवारलाइ १ करोड भन्दा बढीको खाद्यान्न सामग्री वितरण गरिएको छ । यी सबै काममा स्वदेशी तथा विदेशी मित्र तथा साथीहरुको अथक परिश्रम र सहयोग परेको छ । म यसका लागि सहयोगी र योजकका रुपमा मात्र रहेको छु । यो कार्य नेपालको ग्रामिण र प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने नमुना कार्यक्रम हो भन्ने मेरो सिकाई छ ।

यी कामका छोटा फेहरिस्त हुन् र नेपालको ग्रामिण स्वास्थ्य सेवालाइ स्वनिर्भर बनाउने नमुना उपाय पनि हुन् । अव नेपालमा स्वास्थ्य बिमा कार्यक्रमको विस्तार भएपछि यी स्वास्थ्य कार्यक्रमहरुलाई स्वनिर्भर बनाउन अझ सजिलो छ। तर विकट स्थानमा बसेका वृदवृद्धा महिलाहरुलाइ दिर्घरोगहरु लागेर सेवा स्थल सम्म आउन नसक्ने अवस्था छ । स्वास्थ्य र आर्थिक कारणले उनीहरु सेवा स्थलमा आउन असमर्थ छन्, उनीहरुको घरछेउमा सेवा पुर्याउन चुनौती छ । तर सेवा स्थलहरुमा कर्मचारीहरुलाइ काम कम छ, सरकारको खर्च उत्तिकै छ । औषधीहरुको उपलब्धता न्युन छ । यी सबै कुराको तालमेल मिलाउन सरकारको सही नीति र कुशल व्यवस्थापकहरुको खाँचो छ ।

मलाई व्यवस्थापनका कामहरु गर्दा मेरो ज्ञानले अलि नपुगेको अनुभव भयो र सन् २००४ मा नेशनल ओपन कलेजमा स्वास्थ्य व्यवस्थापनको स्नातकोत्तर तहमा अध्ययन गर्न सुरु गरेर २००६ मा सकंँे । माओवादीको युद्धकालमा चरिकोट पार गर्दै १० घण्टे लामो बाटोमा महिनै पिच्छे काठमाडांै आउने जान साह्रै गाह्रो यात्रा हुन्थ्यो । त्यो बिषयको अध्ययनले मेरो सोच्ने र काम गर्ने तरिकामा सुधार ल्याइदियो र केही समय निकालेर त्यही कलेजमा अध्यापन र परीक्षामा पनि संलग्न भए । जो हालसम्म पनि जारी छ ।

जीवनमा अलि फरक बाटो हिड्दाका यी केही मिठा अनुभवहरु छन् र यसको सफलतामा मेरो लगायत धेरै मित्र र साथीहरुको परिश्रम परेको छ । तर आफुले सोचेका योजनाहरु तुहिएका र तुहाईएका, बाटोमा कांँडा बिछ्याइएका र झुठा लान्छनाहरु खेपिएका, हृदय सफा राखेर काम गर्दा गर्दै पनि हृदय नै रुवाउने गरि खप्की पाइएका, उदाहरणहरु पनि मेरा जीवनका भोगाईहरु हुन् ।
कहिलेकाही यस्ता परिस्थितिहरुले बिचलित पार्न नखोजेका पनि होइनन तर दृढ निश्चयी भएर र संकल्पका साथ धैर्यता नगुमाई असल नियतले गरिएका सकारात्मक कर्महरु जति बाधा र रोकावट आए पनि असल नतिजा दिन सक्षम हुदो रहेछन् भन्ने मेरो जीवनको सिकाई छ ।

आउँदा दिनहरु मेरा सिकाइहरुको आधारमा नेपालको प्राथमिक स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन सघाएर बिताउनेछु भन्ने बिचार राखेको छु । मेरा अधुरा योजनाहरु पनि छन्, ती योजनाहरुलाई पुरा गर्न सहयोग गर्ने सहयोगी हातहरु प्राप्त भए म अझै योगदान गर्न सक्थे भन्ने पनि सोचिरहन्छु ।
मेरा धेरै घुम्ती भएको घुमाउरो जीवन यात्रामा सानो कर्मले असिम आन्न्दका साथ जीवन बिताउने मेलो दिएको छ । अव अनन्त यात्रा जादा यी कर्महरु छोडेर जान पाएकोमा आनन्दित र हर्षित छु । यसका लागि सबै प्रति ऋणी छु ।

लेखक डा.सुमन कर्माचार्य तामाकोशी सहकारी अस्पताल मन्थली, रामेछापमा कार्यरत हुनुहुन्छ ।

बुधबार, चैत २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.