• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

ए.आर.टी केन्द्रको व्यवस्थापन, उपलब्धी, चुनौती र सहकार्यका अनुभवहरु

  •  आइतबार, चैत २६, २०७९ मा प्रकाशित

एचआईभी एउटा व्यवस्थापन गर्न सकिने, औषधि सेवनवाट गुणस्तरीय जीवन यापन गर्न सकिने सरुवा रोग हो, जुन विश्वमा १९८१ मा पत्ता लागेको थियो भने नेपालमा सन १९८८ मा देखा परेको थियो । शुरुका अवस्थामा यसको उपचारको कुनै विकल्प थिएन, भयावह स्थिति थियो, मृत्युको सिवाय उपाय थिएन तर Antif Retro viral औषधिको विकास भयो त्यसपछि एचआईभी हुनु जीवनको अन्त्य होइन कि, शुरुवात हो भन्ने परिभाषित भयो ।

एचआईभी संक्रमणको नतिजा पुष्टि भएर पोजेटिभ आएपछि उनीहरुलाई स्वस्थ जीवन यापन गर्न ख्ष्चगक को संख्या न्यूनिकरण गर्न, अवसरवादी संक्रमण हुन नदिनका लागि दिइने उपचार पद्धतिलाई एन्टि रेट्रो भाइरल थेरापी (ART) भनिन्छ । वि.सं २०२० सालमा स्थापना भएको भरतपुर अस्पताल वि.सं. २०६४ साल (September 2007) मा ART Centre को स्थापना भएको थियो । शुरुमा २५ जना एचआईभी संक्रमितवाट ART शुरु भएको आज १५ वर्ष पूरा भएको छ ।

जहाँ ८ जिल्लाका २१८२ जना एचआईभी संक्रमित दर्ता भएर १ हजार १२३ जना (४४ जना वच्चा) ले नियमित रुपमा औषधि सेवन गरिरहेका छन् । (HIv\ and AIDs\ Estimates in Nepal- 30000- NCASC 2022)

भरतपुर अस्पतालमा शुरुमा एउटा कोठामा औषधि राखेर बांँड्ने काम हुन्थ्यो, समय तालिका थिएन, दर्ता प्रणाली आधुनिकरण थिएन, ब्च्त को सर्वसुलभता थिएन, सबैले खान पाउने अवस्था थिएन, फाइलिङ प्रणाली थिएन, उचित परामर्श, स्वास्थ्य शिक्षा, छलफल, भेटघाट एकदमै न्यून थियो । समाज, व्यक्ति, सेवा दिने स्वास्थ्यकर्मी, चिकित्सक र नर्स सबैले हेय र भेदभावको दृष्टिकोणले व्यवहार गर्दथे, सेवा दिन पछि हट्ने, अर्को अस्पताल रिफर गर्ने र लान्छना लगाउने गर्दथे । जसको फलस्वरुप कतिपय मृत्यूको मुखमा पुग्दथे भने कतिपय औषधि खान छाडेर घरमै बस्दथे। त्यसबेला अझ दर्दनाक अवस्था त मृत्यु भएपछि पनि दाहसंस्कार गर्न गार्हो हुन्थ्यो, खुलेर समाजमा हिड्न पनि अप्ठेरो अवस्था थियो । जिल्ला तहमा ३ वटा NGO ले काम गर्दथे, जसमध्ये चितवन सक्रिय महिला समुह, सहभागी र छहारी थिए ।

त्यसमध्ये एकजना दिक्षा रिमालले नेतृत्व गर्नु भएको थियो । उहाँ आफु एचआईभी संक्रमित हो भनेर समाजमा खुल्नु भएको थियो जसका कारण आजसम्म धेरै दिदीबहिनीहरु उहाँलाई हेरेर बाँचिरहेका छन र समाजमा सकारात्मक परिवर्तन भएको छ । त्यसैगरी जिल्ला विकास समितिमा जिल्ला एड्स समन्वय शाखा र जिल्ला स्वास्थ्य कार्यालयमा ज्क्ष्ख शाखा थियो । जसले हेय र भेदभावको न्यूनिकरण, शसक्तीकरण तालिम, गोष्ठी र समन्वयकारी भूमिका खेलेर HIv को विकासमा ठुलो योगदान रहेको थियो ।

यसै शिलशिलामा सन २०११ मे महिनामा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र भरतपुर अस्पताल सँग सम्झौता गरी AIDs\ Health Care Foundation-Nepal भन्ने INGO ले काम गर्न शुरु गर्यो, Nur Prasad Pant ( AHF Nepal -Country Manager) को नेतृत्व मा म आफैले सम्हाल्ने मौका पाएँ । भने त्यसबेला डा. केशवराज भूर्तेल (मे.सु.), गोपाल पौडेल (सि.अहेव), रामहरि न्यौपाने (DACC संयोजक), दुर्गादत्त चापागार्इं (जि.स्वा.का.हे.अ.नि र हाल प्रमुख ), दिक्षा रिमाल, अस्पतालका Doctors, Health workers and Nurses को ठुलो योगदान रहेको छ, जहाँ अस्पतालमा ARt Centre लाई ५ ओटा कोठा उपलब्ध गराई यसको समग्र विकास, दृष्टिकोण र सेवालाई गुणस्तरीय बनाउन ठूलो टेवा मिलेको महशुस गरेको छु ।

AHF विश्वको सवैभन्दा ठूलो संस्था जुन सन १९८७ मा अमेरिकाको लस एन्जलसमा दर्ता भई हाल ४९ वटा राष्ट्रहरुमा HIv को समग्र क्षेत्रमा काम गर्दै आइरहेको छ भने ब्ज्ँ नेपाल सन २००९ वाट नेपालमा काम शुरु गरि हाल १४ वटा जिल्ला, ६ वटा प्रदेश, १६ वटा अस्पताल र एउटा NGO को Art Centre वसेर हाल १३०८२ जना सकृय HIv संक्रमितहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ भने भविष्यमा २० वटा ब्च्त् ऋभलतचभ सातै प्रदेशमा काम शुरु गर्ने र सन २०२७ सम्म सम्झौता गरी अझ गुणस्तरीय सेवा र दिगो विकास लक्ष्यलाई पूरा गर्न र २०३० सम्मको End the AIDs लाई टेवा पुग्ने काममा लागि पर्नेछ ।

सन २०११ देखी ARt\ Centre वाट दिइने सेवा र कार्यक्रमहरुः

दैनिक विहान ९ वजे देखि ४ वजे सम्म दर्ता, Biometric सेवा र DHIS2 Tracker update
दैनिकClient Schedule, Phone clla र घर भेटघाट तथा समन्वय
प्रत्येक दिन Client Schedule, Phone clla, परीक्षण, HIv\ वितरण र Condom वितरण
प्रत्येक दिन OPd सेवा, Doctor visit प्रयोगशाला परीक्षण र निःशुल्क स्वास्थ्य विमा
प्रत्येक दिन टि.बी. रोगको स्क्रीनिङ, खकार परिक्षण, हेपाटाइटिस B / C को परिक्षण, उपचार र TPt t.B. Prevention Therapy को व्यवस्था
प्रत्येक दिन यौनरोगको परामर्श, परीक्षण, उपचार, पाठेघरको मुखको क्यान्सर परीक्षण, उपचार र अवसरवादी संक्रमणको निदान तथा उपचार

प्रत्येक दिन PEP (Pre-Exposure Prophylaxis) को व्यवस्था, गर्भवतीहरुको HIv परीक्षण, सुत्केरी सेवा, DNa\ PCr\ Test र आवश्यकता अनुसार भर्नाको व्यवस्था
प्रत्येक दिन गरिब तथा विपन्न परिवारका Client हरुलाई सहयोग र समन्वय
प्रत्येक महिनाको २ पटक Viral load test sample collection गरी काठमाडौं NPHL मा पठाउने । (NGO हरुको सहकार्यमा)
प्रत्येक महिनाको एक पटक TWg|QI कार्य समितिको वैठक, Continued Medical Education Program, Client Education/Treatment Literacy / र वार्षिक रुपमा Continued Medical Education Program, Client Education/Treatment Literacy / प्रत्येक दिन ८ जना कर्मचारीहरुद्वारा सेवा प्रवाह तथा दैनिक रुपमा Partner testing, Coordination र पैरवी कार्यक्रमहरु तथा साथी शिक्षक कार्यक्रम
आवश्यकता अनुसार तालिम, गोष्ठी, सेमिनार र सहभागिता तथा समन्वय

हालसम्मका उपलब्धी, कुशल अभ्यास र सिकाईहरु :

नेपालमा भएका Art Centre मध्ये उत्कृष्ट सेवा, सुन्दर भवन, कुशल व्यवस्थापन र HIv friendly Hospital भएको नमुना ARt नेपालमा पहिलो पटक भरतपुर अस्पताल, स्वास्थ्य कार्यालय र चितवन सक्रिय महिला समूहको आयोजनामा सन २०१२ मा माडी, पदमपुर र जुटपानीमा समुदायमा आधारित HIv परिक्षणको शुरुवात भएको जहाँ १३ जना नयांँ एचआईभी पत्ता लगाई उपचारमा ल्याइएको थियो ।
नेपालमा पहिलो पटक काठमाडौं बाहिर चिकित्सक र स्वास्थ्यकर्मी तथा नर्सका लागि ७ दिने Clinical Management Training शुरुवात र सम्पन्न (२०१२)
CMe\ को माध्यमवाट लगभग सबै स्वास्थ्यकर्मी, चिकित्सक तथा नर्सहरुलाई HIv\ & ARt\को वारेमा ज्ञान र व्यवहारमा अभिवृद्धि
HIv\ भएका महिलाबाट पनि सुरक्षित सुत्केरी गराई HIv\ रहित बच्चा पाउन सकिन्छ भन्ने बिषयको शुरुवात र निरन्तरता
Client Education को माध्यमवाट Client का समस्या र विभिन्न स्वास्थ्य विषयमा जानकारी गराउने थालनी र निरन्तरता
Client Education झन्झटरहित सेवा, Client मा सबैको पहुँच, निःशुल्क विमा कार्यक्रम र गुणस्तरीय जीवनका लागि गुणस्तरीय सेवामा जोड
हेय र भेदभाव रहितको Inpatient & Operation Theater सेवा
सानो सानो कुराहरुको सहयोगले गर्दा Client Centric approach,मा आउने, औषधि खान नछुटाउने र मृत्यूदर पनि धेरै नै कमी भएको छ ।
Inpatient & Operation Theater विभिन्न क्षेत्रगत Client सहकार्य, समन्वय र पैरवीको माध्यमवाट सरकारी System लाई र सेवालाई जनमुखी र दिगोपना वनाउनुका सार्थै लान्छना र भेदभाव न्यूनिकरण भएको ।
स्थानीय सरकार, पत्रकार, संघसंस्था, समाज र राजनैतिक दलहरुको महत्वपूर्ण भूमिका र यसको विकासमा परिवर्तन भएको महशुस ।
9555 HIv संक्रमितहरुको Viral load test गरिएको र ९६ दशमलव ५५ भाइरसको संख्या नगन्य भएको छ, जसले गर्दा ART औषधिको सेवन, परामर्श र Client Satisfaction भएको पुष्टि गर्दछ ।
Client को daliy Schedule, Good fuflling System, Phone cella System , lost to follow up कम हुने र गुणस्तरीय जीवन मा सहयोग हुन्छ ।
विभिन्न किसिमका तालिम, गोष्ठी, सेमिनार, भेटघाट, सामुदायिक चेतनामूलक कार्यक्रम, पैरवी, Days Celebration (World AIDs day, INd, IWD) ले यसको चेतनामा अभिवृद्धि, सकारात्मक दृष्टिकोण, हेरचाह र सहयोगमा टेवा मिल्दछ ।
Days Celebration (World AIDs day, INd, IWD) परीक्षणलाई व्यापक गराउन सकेमा लुकेर बसेकाहरुको HIv Qmatus पत्ता लाग्दछ र समयमै उपचारमा संलग्न गराउन सकेको खण्डमा अर्को व्यक्तिमा सर्ने र छिटो मृत्युदर कम हुन्छ ।
Team Work, Qmaff dedication, Government Ownership & Leadership र सवैको सकारात्मक सहयोग र विचारले सन २०३० सम्म ब्क्ष्म्क को अन्त्य गर्न सहयोग पुग्नेछ ।
Team Work, Qmaff dedication, Government Ownership & Leadership र गोष्ठीले एचआईभी को उपचारमा आमूल परिवर्तन आएको छ ।

चुनौती र अवसर :

बालबालिका तथा विपन्न महिलाहरुमा कुपोषणको समस्या, दैनिक आय–आर्जन, रोजगारी र अवसरहरुको कमी
विद्यालय जाने बालबालिकाहरुमा स्कूल ड्रेस, स्टेशनरी र खाजाको समस्या घरदेखि ART Centre सम्म औषधि लिन, उपचार गर्न आउने सामान्य गाडी भाडा समेत सबैका लागि प्रयाप्त नहुनु
स्थानीय पालिका तथा वडा स्तरबाट HIV संक्रमितहरुका लागि वजेट र कार्यक्रम विनियोजन नहुनु
केही संक्रमितहरुको नागरिकता नभएका कारण निःशुल्क स्वास्थ्य विमा कार्यक्रममा समावेश गर्न नसकिएको
भौगोलिक विकटता, धार्मिक, सांस्कृतिक र लैंगिक असमानता तथा अन्धविश्वास
समाजमा अझै पनि विद्यमान हेय, भेदभाव र लान्छना कायम रहनु
कण्डम प्रयोग गर्न नमान्नु, असुरक्षित यौन सम्पर्क, जांँड रक्सीको लत पर्नु, लागु औषधि सेवन गरिरहनु र व्यवहार परिवर्तन नहुनु ।
सन्जीवनी बुटी जस्तै एचआईभी संक्रमितहरुको औषधि ब्च्त् अझैपनि खान नमान्नु
चिन्ता, डिप्रेसन, टिबी रोग, क्यान्सर रोग, मुटु सम्बन्धि रोगले आक्रमण एवं मृत्यु समेत हुने गरेको
“Sustaining the Gain, strengthen HIv\ prevention, testing, treatment and care services at ART clinics of Nepal” प्राप्ती का लागि चुनौतीहरु रहेका छन

अन्त्यमा, National HIV&AIDs\ Qmrategic Plan (NHSP) (2021-2026) roadmap अनुसार एचआईभी संक्रमितहरुका लागि अझ धेरै काम गर्नु छ । यसमा भएका असमानताहरुलाई अन्त्य गर्नका लागि र उनीहरुको स्वास्थ्य र गुणस्तरीय जीवन यापनका लागि हामी सबै मिलेर, सहयोग र समन्वय गर्न जरुरी छ । साथै दिगो विकास लक्ष्य प्राप्तिका लागि र सन् २०३० सम्म एड्स अन्त्यका लागि हामी सवैको सामुहिक प्रतिबद्धता र समयमैै एचआईभीको जांँच , समयमै उपचार र नियमित औषधि सेवनवाट परिवार स्वस्थ हुन्छ भन्ने जनचेतनाको विकास हुनु आवश्यक छ ।

(लेखक कृष्णहरी सापकोटा एएचएफ नेपाल, भरतपुरका वरिष्ठ कार्यक्रम संयोजक हनुहुन्छ)

आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.