• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

खोपबाट वञ्चित बालबालिकाको खोजीमा नगरपालिका

  •  शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

ढोरपाटन ।जिल्लाको ढोरपाटन नगरपालिकाले गाउँगाउँमा पुगेर पूर्ण खोप लगाउनबाट वञ्चित भएका र कुपोषित बालबालिकाको खोजी गरिरहेको छ । नगरपालिका स्वास्थ्य शाखाले अहिले गाउँमा गएर स्वास्थ्य आमासमूह गठन गर्ने र बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन थालेको छ ।
जनचेतनाको कमी तथा अशिक्षाका कारण बालबालिका कुपोषित हुने र पूर्ण खोप नलगाएको पाइएको छ । स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीसहित गाउँमै पुगेर स्वास्थ्य आमासमूहलाई स्वास्थ्य शिक्षा, पूर्ण खोपका बारेमा जानकारी दिने र कुपोषित बच्चाको खोजी गर्न सिकाउनलगायतका कार्य गरिरहेको छ ।

नगरपालिकाले नौवटै वडामा पुगेर खोप लगाउने तथा कुपोषित बच्चाको पहिचान गरिरहेको स्वास्थ्य शाखा प्रमुख केशव थापाले जानकारी दिनुभयो । दुर्गम गाउँहरुमा धेरै बालबालिका कुपोषित र पूर्ण खोप नलगाएका भेटिने गरेका छन् । उनीहरुलाई खोप दिने र कुपोषित बच्चालाई पोषण उपलब्ध गराउने गरेको प्रमुख थापाले बताउनुभयो । अघिल्लो वर्ष केही वडामा २९ बालबालिका कुपोषित र अहिले १५ मा त्यो समस्या फेला परेको छ ।

“यस वर्ष वडा नं ४, ६, ३ र १ मा पुगेर कुपोषित र पूर्ण खोप नलगाएका बालबालिका भेट्यौँ, अझै पाँच वटा वडामा पुग्न बाँकी छ, अझै धेरै कुपोषित बालबालिका भेटिने आँकलन गरेका छौँ, १३ जनाले पूर्ण खोप नलगाएको पाइयो, उनीहरुलाई खोप दियौँ”, थापाले भन्नुभयो, “यो समस्या अभिभावक अशिक्षित भएकै कारण उत्पन्न भएको हो, सुरुमा बच्चालाई खोप लगाएर ल्याउँछन्, खोप लगाएपछि दुखेर रुने हुँदा त्यसपछिका चरणका खोप लगाउनै नलगेको पाइयो ।”

बालबालिका कुपोषित हुनबाट रोक्न तथा पूर्ण खोप लगाउन गाउँको टोलटोलमा स्वास्थ्य आमासमूह गठन गर्ने र उनीहरुलाई खोप लगाउने समय, कस्तो बच्चा कुपोषित हो भन्ने छुट्याउने र समयमै स्वास्थ्य संस्थामा लैजानुपर्ने विषयमा प्रशिक्षति गरिरहेको बताइएको छ ।

नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले समयसमयमा स्वास्थ्यकर्मीलाई नागरिकको स्वास्थ्य समस्या बुझ्न गाउँगाउँमा पठाउने गरेको र सोहीअनुसार स्वास्थ्य सेवा प्रभावकारी बनाउनतर्फ लागेको कायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ नगरपालिका अलिकति पिछडिएको क्षेत्र पनि हो, यहाँका धेरै नागरिकमा जनचेतना बढ्दैछ, स्वास्थ्य र शिक्षाको सहज पहुँच पुग्दैछ, अहिले पनि बिरामी हुँदा अस्पतालभन्दा धाँमीझाँक्री खोज्ने प्रचलन छ, यद्यपि हामी अन्धविश्वासलाई हटाएर नागरिकलाई सचेत बनाउने कार्यमा लागेका छौँ, यहाँको स्वास्थ्यमा केही सुधार आएको महशुस भएको छ, स्वास्थ्य संस्था तथा औषधि व्यवस्थापनलगायतका विषयमा लागेका छौँ ।” रासस

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.