• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो

  •  शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयले युएसआइडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा सो स्थानमा कृत्रिम फोक्सो राखेको हो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले वायु प्रदूषणका कारणले फोक्सोलाई कति असर गर्दछ भन्ने जानकारी गराउन र सचेतना फैलाउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखिएको बताउनुभयो । उहाँले दीर्घकालीन फोक्सोको रोग नेपालमा हुने मृत्युका कारणमध्ये एक रहेको र यसबाट लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणले हुने गरेको जनाउँदै वायु गुणस्तर खस्कँदै गएकाले वायु प्रदूषण कम गर्न चेतना फैलाउन कृत्रिम फोक्सो राखिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राले वायु प्रदुषणसँगसम्बन्धी कानुनलाई कडाइका साथ पालना गरेर उपत्यकाको वायु प्रदूषण घटाउनुपर्ने बताउनुभयो ।

उपत्यकामा चल्ने पुराना गाडी र इँटाभट्टाले धेरै नै वायु प्रदूषण गराउने उहाँको भनाइ थियो । कार्यक्रम विश्वस्वास्थ्य सङ्गठन नेपालका प्रमुख राजेश पाण्डवले वायु प्रदूषणले फोक्सोमा असर गरिरहेकाले त्यसबारे जानकारी गराउन कृत्रिम फोक्सो राखिएको बताउनुभयो ।

कार्यक्रममा एफएचआइ तीन सय ६० नेपालका प्रमुख भगवान श्रेष्ठले वायु प्रदुुषणले स्वास्थ्यमा ठूलो समस्या आएकाले सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो दैनिक वायु प्रदूषणले कति खराब हुन्छ भन्ने देखाउने बताउनुभयो ।

उहाँले कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आमसर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणका समयमा सकेसम्म घर बाहिर ननिस्कनेलगायत सचेतना फैलाइने जानकारी दिनुभयो ।

मन्त्रालयको मूलद्वारमा एकातिर रातो रङ्ग स्वस्थ फोक्सो र अर्काेतिर सेता रङ्गको कृत्रिम फोक्सो राखिएको छ । दैनिक वायु प्रदूषणले सेता कृत्रिम फोक्सोलाई कसरी असर पर्दछ भन्ने देखाइनेछ । “तीस दिनको अवधिमा मन्त्रालयको मूलद्वारमा राखिएको जोडी फोक्सोेको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउने छ”, उहाँले भन्नुभयो, “उक्त कृत्रिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।”
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले मन्त्रालयमा कृत्रिम फोक्सो राख्नुका साथै सरकारले वायु प्रदूषणलाई सम्बोधन गर्नका लागि चालेका कदम र वायु प्रदूषणको असरलाई कम गर्न हरेक व्यक्तिले के गर्न सक्छन् भन्नेबारेमा पनि जनचेतना फैलाइने बताउनुभयो ।

सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका एक सय ३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औँ स्थानमा रहेको छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको थियो भने त्यसमध्ये पाँच हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो । रासस

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.