• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • १८ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • १८ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • १९ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • २० घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • २२ घण्टा 

भेरी अस्पतालमा शवगृह विस्तार गरिने
  • १ दिन 

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • २ दिन 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ दिन 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन सुरु

  •  मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित

काठमाडौँ ।नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पु¥याउने उद्देश्यले आजदेखि राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन सुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सम्मेलनमा पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता, वैज्ञानिक तथा अमेरिका, स्वीट्जरल्याण्ड, भारतलगायत देशका प्रतिनिधिको सहभागिता रहेको छ ।

परिषद्ले २०७१ सालदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्दै आएको सदस्यसचिव डा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा विभिन्न प्रस्तुतीकरण हुनेछन् । एक सय २१ वटा पोस्टर प्रस्तुतीकरण हुनेछ । दुई सामूहिक सत्र र १० समानान्तर सत्र सञ्चालन हुनेछन् ।

परिषद्ले स्थापनाकालदेखि स्वास्थ्य क्षेत्रका अनुसन्धानलाई नियमन गर्ने, असल अनुसन्धानको संस्कार विकास गर्ने र अनुसन्धानबाट प्राप्त तथ्य तथ्याङ्कलाई स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रममा रुपान्तरण गर्ने काम गर्दै आएको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वैज्ञानिक अनुसन्धानबाट सरुवा रोग नियन्त्रण हुँदै गए पनि पछिल्ला दिनमा नसर्ने तथा मानसिक रोग, जलवायु परिवर्तन, घट्दो जन्मदर, अस्वाभाविक बसाइँसराइलगायत बढ्दै गरेको अवस्थामा ती विषयको अनुसन्धान गर्न सम्मेलनले सघाउ पु¥याउने बताउनुभयो ।

उहाँले मौलिक चिकित्सा पद्धति, आयुर्वेद, परम्परागत ज्ञान लगायतको वैज्ञानिक अनुसन्धान गरी आधुनिक चिकित्सा पद्धतिका रुपमा विकास गर्न परिषद्को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

योजना आयोगका सदस्य जयकान्त राउतले नसर्ने रोग र महामारी मानव सभ्यताका लागि चुनौती बनिरहेको अवस्थामा परिषद्ले यससम्बन्धी अध्ययन गर्नुपर्ने बताउनुभयो । नीति र तथ्यपरक योजना निर्माण गर्न अनुसन्धान आवश्यक हुने भन्दै उहाँले अनुसन्धानको नतिजाका आधारमा नीति बनाउनसके मात्र कामयावी हुने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले परिषद्ले देशलाई सुहाउँदो र राज्यलाई आवश्यकपर्ने अनुसन्धान गर्नुपर्ने र त्यसबाट मात्रै नीतिनिर्माणमा सहयोग पुग्ने बताउनुभयो । परिषद्लाई प्रादेशिकस्तरमा लैजान छलफल भएको भन्दै उहाँले नसर्ने रोग र मानसिक समस्याका बारेमा अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा ‘स्वास्थ्य प्रणाली र नीति’, ‘क्लिनिकल ट्रायल र बायो इथिक्स’, ‘आपत्कालीन जनस्वास्थ्य र बदलिँदो मुद्दा’लगायत विषयमा सामूहिक सत्र सञ्चालन हुनेछन् । रासस

मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.