• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

एएचएफ नेपालको पांँचबर्षे कार्ययोजना सार्वजनिक : सरोकारवालासंँग अन्तरक्रिया

  •  बुधबार, चैत २९, २०७९ मा प्रकाशित

चितवन । एचआईभी एड्सको निराकरणका लागि सहयोग गर्दै आएको अन्र्तराष्ट्रिय सामाजिक संस्था एएचएफले आफ्नो पांँचबर्षे भावी योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । भरतपुर अस्पताल भित्र सञ्चालन हुंँदै आएको एआरटी सेन्टरको लागि उक्त योजना सार्वजनिक गरेको हो । आज एएचएफले अस्पताल परिषरमा कार्यक्रम गरी सरोकारवालासंँग अन्र्तक्रिया पनि गरेको छ । सो अवसरमा एचआईभीको रोकथाम, उपचार र सचेतना बृद्धि गर्ने कामलाई एएचएफ नेपालले सन् २०२७ सम्म निरन्तरता दिने भएको एएचएफ नेपालका बागमती प्रदेशका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । । एएचएफ नेपालले भरतपुर अस्पतालको एआरटी सेन्टरमार्फत विगत केही बर्षदेखि एचआईभी संक्रमितको उपचार गर्दै आएको छ ।

सेवालाई सन् २०२७ सम्म निरन्तरता दिन तीन करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्राप्त भएको सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार एआरटी सेन्टरबाट हाल ११ सय ५१ जना एचआईभी सक्रिय संक्रमितले नियमित रुपमा एआरटी औषधी खाइरहेको उनले बताए । नियमित एआरटी खानेमा ५६६ जना पुरुष, ५४७ जना महिला र २८ जना बालबालिका रहेका छन् ।
कार्यक्रममा सरोकारवालाले एचएफको निरन्तर सहयोगबाट भरतपुर एआरटी सेन्टरको सेवा प्रभावकारी बन्दै गएको बताएका थिए ।

सो अवसरमा बोल्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गा सापकोटाले एचआईभी संक्रमितको उपचार प्रभावकारी र सेवाग्राही मैत्री भएको बताए । आगामी दिनमा पनि एआरटी सेन्टरले सेवालाई विस्तार गरी सचेतनाका कार्यक्रमलाई जनमानसमा पुरयाउने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले एचआईभी संक्रमितको उपचार पनि सरकारी अस्पतालभित्रै पाउँदा विरामीलाई सहज भएको भन्दै उपचारमा विरामीको पहुँच बढेको बताए । आगामी दिनमा पनि अस्पतालले संक्रमितको उपचारको लागि अस्पताल थप सक्रिय बन्ने भन्दै यसको न्यूनिकरण र निराकरणका सदैव आफ्नो सहयोग रहने बताए ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पछिल्ला दिनमा एचआईभी संक्रमित खुल्दै गएको र उनीहरुनै सचेतना अभिवृद्धिमा लागेको बताए । समाजमा एचआईभीबाट पनि बच्न सकिन्छ भन्ने सन्देश दिनु पर्ने भन्दै अभिमुखिकरण र सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाई थियो ।

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.