• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सरुवा रोग अस्पताल शिलान्यास

  •  बुधबार, चैत २९, २०७९ मा प्रकाशित

चन्द्रौटा ।लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गर्नुभएको छ ।

अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले प्रदेशका सबै नागरिकलाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको बताउनुभयो । मन्त्री पन्थीले निर्माणाधीन अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउँदै यसलाई देशकै महत्वपूर्ण अस्पतालका रूपमा विकास गरिने उल्लेख गर्नुभयो ।

मन्त्री पन्थीले हरेक पालिकाको आफ्नै अस्पताल निर्माण गरिनुका साथै लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सय शय्यामा विस्तार गर्ने योजना बनाइएको बताउनुभयो । सरुवा रोग अस्पतालको आफ्नै भवन निर्माण नहुँदासम्म जग्गा लिजमा लिएर सञ्चालन गरिने उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले जग्गा प्राप्ति, प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइइई)लगायत प्रक्रियाका कारण ठेक्का भएको १३ महिनापछि भवन निर्माण सुरु भएको बताउनुभयो । उहाँले निर्माण ढिला सुरु भएपनि निर्धारित समयमा सम्पन्न गरिने बताउनुभयो ।

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने बताउनुभयो । प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी भवन निर्माणका लागि कपिलवस्तु छनोट गरिएको प्रदेश स्वास्थ्य सचिव डा विनोद गिरीको भनाइ छ । उहाँले भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिनुका साथै प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने बताउनुभयो ।

कोभिड महामारीको समयमा सङ्क्रमितलाई उपचारमा समस्या भएपछि प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको अवधारणाको विकास भएको थियो । पहिलो चरणमा ५० शय्याको अस्पताल निर्माण हुनेछ । विसं २०८१ फागुनसम्म भवन निर्माण सम्पन्न गर्ने गरी रू २० करोड ९६ लाख तीन हजार तीन सय २६ मा स्काई सगुन जेभी बुटवलले ठेक्का सम्झौता गरेको छ । रासस

बुधबार, चैत २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.