• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जुम्लाको तिला गाउँपालिकाका तीन वडा पूर्ण खोप सुनिश्चित

  •  सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

जुम्ला ।जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो ।

‘पूर्ण खोप’ जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए÷नपाएको सुनिश्चित गर्न हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको तिला गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी धितानले बताउनुभयो । खोपबाट धेरै किसिमका सङ्क्रमण तथा रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।

खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीतिअन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु नपर्ने रारा स्वास्थ्य चौकी इन्चार्ज हिमाली खत्रीले बताउनुभयो । उहाँका अनुसार वडा नं १ रारागाउँमा शून्यदेखि १५ महिनाभित्रका ३० जना र १६ देखि २३ महिनाभित्रका २७ बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

वडा नं २ लर्मीगाउँमा खोप लगाउने उमेर समूहका १० र लिहीगाउँका १९ जनालाई पूर्ण खोप लगाइएको खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोज र खोप भन्ने स्वास्थ्यको नीतिअन्तर्गत वडाभित्र रहेका सबै बालबालिकालाई अनिवार्य खोप लगाउने गरेका छौँ । स्वास्थ्य संस्थाको टोली बस्तीका सबै वडामा पुगेर बालबालिकाले पूर्ण खोप लगाउने गरिएको छ ।”

तिला गाउँपालिका–९ मा मालामानी, राँसा, ढिपु र खोप्री गाउँबस्तीका शून्यदेखि २३ महिनाभित्रका ४७ बालबालिकाले पूर्ण खोप पाएकोे राँसा स्वास्थ्य चौकीका इन्चार्ज हर्कबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका खोप लगाउने उमेर समूहका बालबालिका सबैले पूर्ण खोप लगाएका छन् ।

तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर विष्टले यहाँका सबै वडाका खोप लगाउने उमेरका बालबालिकाले पूर्ण खोप लगाएका बताउनुभयो । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए÷नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउन नहुने उहाँको भनाइ थियो ।

यहाँ १३ वटा स्वास्थ्य संरचना छन् । भौगोलिक बनोटले यहाँका गाउँबस्ती विकट भएकाले स्थानीयको स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन । यहाँ सडक निर्माण भइरहेका छन् । सडक निर्माण सम्पन्न भएर सञ्चालन हुन थालेपछि आवागमनमा सहज भई स्वास्थ्य संस्थामा पुग्न सहज हुने स्थानीय बताउछन् । स्थानीय, प्रदेश र सङ्घीय सरकार तीनै तहको समन्वयमा स्वास्थ्य क्षेत्रको सहज पहुँच पु¥याउने उद्देश्यले भौतिक संरचना निर्माण भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । रासस

सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.