• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

प्रभावकारी भएन दिवा खाजाः जङ्क फुड खान्छन बालबालिका

  •  बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

ढोरपाटन । सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ ।

सरकारले कक्षा छ सम्मका विद्यार्थीलाई दैनिक रु १५ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा ताजा र पौष्टिक आहारयुक्त खाजा खुवाउने निर्देशिका भए पनि यहाँका अधिकांश विद्यार्थीले घरबाटै खाजा बोकेर आउने गरेको पाइन्छ । विद्यार्थीले घरबाटै लिएर आउने खाजा गुणस्तरहीन हुने गरेको छ ।

उनीहरुले घरबाट ल्याउने खाजा प्राङ्गारिक भए पनि बासी हुँदा विद्यार्थी बिरामी पर्ने गरेका छन् । विद्यार्थीले हरेक दिन पाउने रु १५ खाजाका लागि पर्याप्त नभएको स्थानीय तहले नियमित पनि निगरानी गर्न नसक्दा दिवा खाजा प्रभावकारी बन्न नसकेको अभिभावकहरू बताउँछन् । विद्यालयले निर्देशिकाभन्दा बाहिर गएर आफ्नो हिसाबले विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छन् । कुनै विद्यालयले क्यान्टिन तथा स्थानीयवासीलाई खाजा बनाउने जिम्मा दिएको पाइन्छ, केहीले अभिभावकलाई नै जिम्मा दिएका छन् भने केहीले मात्रै आफैँले बनाएर खुवाउने गरेका छन् ।

विद्यार्थीले आफँै ल्याउने खाजामा चाउचाउ, बिस्कुटलगायत पसलमा पाइने जङ्क फुड बोकेर आउने गरेका छन् । पालिका, विद्यालय तथा अभिभावक अहिलेसम्म पूर्णरुपमा जिम्मेवार बन्न नसक्दा बालबालिकाहरु पौष्टिक खाजा खानबाट वञ्चित भएका छन् । जिल्लामा अहिले पाँच सय १४ सामुदायिक विद्यालयमा ६२ हजार तीन सय २१ विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्यसमध्ये अधिकाशं कक्षा छसम्म पढ्ने विद्यार्थी छन् । विद्यालयमै खाजा नबनाउँदा बालबालिकाले बासी र पौष्टिक आहार नष्ट भएको खाजा खाने गरेको अभिावक सीताकुमारी कार्कीको भनाइ छ ।

बढ्दो महङ्गीका कारण सरकारले उपलब्ध गराएको रु १५ ले एउटा अन्डासमेत किन्न नपुग्ने भन्दै बालबालिकाले पेटभरि खाजा खान नपाएको गुनासो उहाँ गर्नुहुन्छ । कार्की भन्नुहुन्छ, “विद्यालयमै खाजा बनाएर खुवाउनुपर्ने हो तर बालबालिकाले बिहानै झोलामा बोकेर जान्छन्, दिउँसोसम्म खाजामा हुने पौष्टिक तत्व पनि घट्छ, बिहान जाता र तातो बनाएर पठायो, उनीहरुले खाने बेलासम्म सेलाएर बासी बन्छ ।”

विद्यालयले उपलब्ध गराएको खाजाले पेट नभरिने भएका कारण बालबालिका घरबाट पैसा लगेर पसलका पत्रु खानेकुरा किनेर खान नछाडेको अभिभावक मीनबहादुर खत्री बताउनुहुन्छ । विद्यालयले उचित व्यवस्था गर्न सके विद्यार्थीले जङ्क फुडतर्फ आकर्षित नहुने उहाँको भनाइ छ । “विद्यार्थी धेरै हुन्छन्, विद्यालयमै एकजना कर्मचारी राखेर खाजा बनाएर दिए बालबालिकाहरुले ताजा खाजा खान पाउने थिए, भोकाएर बाहिर गइ चाउचाउ र बिस्कुट खान पर्ने थिएन”, अभिभावक खत्री भन्नुहुन्छ ।

बागलुङ नगरपालिका–४ स्थित कुँडुले माविका प्रधानाध्यापक हिरालाल कँडेल जनशक्ति कम हुँदा विद्यालयमै खाजा बनाएर खुवाउन नसकिएको बताउनुहुन्छ । विद्यालय वरपरका पसलमा खाजा बनाउनका लागि आग्रह गरे पनि सरकारले उपलब्ध गराएको रकम कम हुँदा बनाउन नमानेको उहाँको भनाइ छ ।

विद्यार्थीले हरेक दिन फरक–फरक खाजा लिएर आउने गरेका छन् । “अहिले विद्यार्थीलाई स्कुलमै खाजा बनाएर खुवाउन सकिएको छैन, उनीहरुले घरबाटै खाजा लिएर आउने गरेकाले विद्यालयले पैसा दिने गरेको छ”, प्रधानाध्यपक कँडेल भन्नुहुन्छ, “स्थानीयस्तरमा उत्पादित वस्तुलाई खाजाका रुपमा प्रयोग गरेको पाइन्छ, कहिले भात भुटेर ल्याउँछन्, कहिले रोटी, सातुलगायत खाजा ल्याउँछन्, जङ्क फुड निषेध नै छ, हामीहरुले अभिभावकलाई खाजाको समय तालिका बनाएर दिएका छौँ, उहाँहरुले सोही अनुसार खाजा बनाएर पठाउनुहुन्छ ।”

बागलुङ नगरपालिकाका शिक्षा शाखाप्रमुख धनप्रसाद पोखरेल दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित भएको बताउनुहुन्छ । उहाँ पहिलेको तुलनामा विद्यार्थी घटे पनि नियमित उपस्थित हुने बालबालिकाको सङ्ख्या बढिरहेको छ भन्नुहुन्छ । नगरपालिकाले बालबालिकालाई विद्यालयमै खाजा खुवाउने गरी व्यवस्थापन गर्न निर्देशन गरे पनि अहिले धेरै विद्यालयले बालबालिकालाई खाजा घरबाटै ल्याउन लगाएको पाइएको शाखाप्रमुख पोखरेलको भनाइ छ ।

“बालबालिकाको स्वास्थ्यका लागि विद्यालयले नै खाजा खुवाउनुपर्छ, बिहान बोकेर आएको खाजा दिउँसोसम्म चिसो हुन्छ, त्यसले उनीहरुको स्वास्थ्यमा असर गर्छ, यसका लागि विद्यालय र अभिभावक जिम्मेवार बन्नुपर्छ,” उहाँ भन्नुहुन्छ, “नगरपालिकाले समय–समयमा अनुगमन गरिरहेको छ, धेरै विद्यालयमा खाजा नबनाएको पायौँ, अब नयाँ शैक्षिक सत्रदेखि सबैलाई विद्यालयमै खाजा बनाउन निर्देशन गर्छौं, खाजाले बालबालिकालाई नियमित विद्यालय आउनका लागि प्रेरित गरेको पाएका छौँ, खाजा स्वच्छ, ताजा र पोषणयुक्त हुनुपर्छ भन्नेमा हामीहरुले जोड दिई राखेका छौँ ।” रासस

बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.