• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वराड औलोको जोखिममाः विषादी छर्किने अभियान

  •  बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

बैतडी ।बैतडीको तल्लोस्वराड क्षेत्र औलोको उच्च जोखिममा रहेको छ । जिल्लाका सबै स्थानमा औलोको जोखिम रहेको भए पनि विशेष गरेर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिका उच्च जोखिममा रहेको हो ।

सरकारले प्रत्येक दुई वर्ष वडास्तरको सूक्ष्मस्तरीकरण गरी औलो जोखिमयुक्त वडा पहिचान गर्दछ । सूक्ष्मस्तरीकरणमा मेलौली–४ र पञ्चेश्वर–६ उच्च जोखिममा रहेको देखाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले सन् २०२३ सूक्ष्मस्तरीकरण गरेका आधारमा यी दुई वडा उच्च जोखिममा देखाएको छ । लामखुट्टेको प्रजाति, जीवाणु, त्यहाँ देखिएका सङ्क्रमणको तथा सर्भेको आधारमा उच्च जोखिममा राखिएको हो ।”

यसैबीच, औलो उच्च जोखिममा रहेका वडाहरुमा रोग नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्न विषादी छर्कने अभियान सञ्चालन गरिएको छ । मेलौली–४ र पञ्चेश्वर ६ नम्बर वडामा रहेका प्रत्येक घरधुरीमा विषादी छर्किने अभियान सञ्चालन गरिएको प्रमुख भट्टले बताउनुभयो ।

‘शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवसका अवसरमा पारेर लामखुट्टे नष्ट अभियान सुरु भएको हो । औलो लामखुट्टेबाट सर्ने रोग भएकाले लामखुट्टे नष्ट अभियान थालिएको हो । उहाँले भन्नुभयो, “उच्च जोखिम रहेका दुवै वडाका प्रत्येक घरधुरीमा विषादी छर्किने अभियान सुरु भएको छ । यो अभियान दुई हप्तासम्म सञ्चालन हुन्छ ।”

विषादी छर्किनका लागि तालिम प्राप्त पाँचजनाको टोली परिचालन गरिएको छ । दुवै वडामा रहेका पाँचसय बढी घरधुरीमा विषादी छर्किने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसका साथै औलो रोगबाट बच्नका लागि यहाँका विभिन्न पालिकाहरुले सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् । पछिल्लो समयमा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढ्दै गएको छ । पहाडी क्षेत्रमा लामखुट्टे भित्रिएसँगै औलोका बिरामी फेला पर्न थालेका हुन् ।

औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । यसका लागि झूलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ । रासस

बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.