काठमाडौं । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विश्वराम पौडेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०८० बाट सम्मानित हुनु भएको छ । नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा क्यान्सर विशेषज्ञको रुपमा उहाँले पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.कोे गौरवमय आठौं वार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको हो ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहांँलाई नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह र नेता नैनसिंह महरले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो । डा. पौडेल विगत लामो समय देखि क्यान्सर रोग क्यान्सर रोग विशेषज्ञको रुपमा सेवा गर्दै आउनु भएको छ ।
