• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • २३ मिनेट 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • ३ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ घण्टा 

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै
  • ३ घण्टा 

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • २१ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • २१ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • २३ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • २४ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

महिला स्वयम्सेविकालाई पेन्सन

  •  बुधबार, बैशाख २०, २०८० मा प्रकाशित

रेसुङ्गा ।गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरुआत गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरु गरिएको हो ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनिवार्य अवकाश हुनुहुने स्वयम्सेविकाहरुले मासिक एक हजार पेन्सन पाउनुहुनेछ ।

गाउँपालिकाका विभिन्न वडामा कार्यरत रहनुभएका चारजना स्वास्थ्य स्वयम्सेविका निवृत्तीभरण हुनुभएको छ । स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहनुभएको छ । उहाँहरुले हालसम्म सेवारत रहेबापत गाउँपालिकाबाट सेवा अवधिअनुसार क्रमशः रु २५ हजार, २५ हजार, १० हजार र २५ हजार प्राप्त गर्नुभएको छ । साथै ६० वर्ष उमेर पुगेका कारण अनिवार्य अवकाश हुनभएकी भागीरथा कँडेलले सङ्घीय सरकारबाट २० हजार र गाउँपालिकाबाट ३० हजार गरी कूल रु ५० हजार प्राप्त गर्नुभएको छ । उहाँले अब मासिक एक हजारका दरले प्रोत्साहनस्वरुप पेन्सन पाउनुहुनेछ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सञ्चारमा प्रचारका लागि मात्र नभई दीर्घकालीन कामका लागि मात्र नयाँ कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले स्वास्थ्य स्वयम्सेविकालाई निवृत्तिभरण दिने कार्यक्रमको कार्यान्वयन गर्नु छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि भएको बताउनुभयो ।

छत्रकोट गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले स्वास्थ्य स्वयम्सेविकाले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेकोप्रति प्रशंसा गर्नुभयो । उहाँले जीवनभर गरेको सेवाबापत केही न केही राहत महसुस हुने गरी स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गरिएको बताउनुभयो ।

सो गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले श्रमको मूल्यलाई मूल्याङ्कन गर्नका लागि श्रमिक दिवसको दिन ऐतिहासिक कार्यको शुभारम्भ गरिएको बताउनुभयो । “सामान्य खोपदेखि जटिल रोगमा पनि महत्वपूर्ण भूमिका स्वास्थ्य स्वयम्सेविकाको रहने गर्दछ”, उहाँले भन्नुभयो, “स्वयम्सेविकाका समस्या सम्बोधन गर्न पेन्सनको सुरुआत गरिएको हो ।” उहाँले स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिने कार्यक्रम कार्यान्वयनमा गएकाले अब दीर्घकालीनसम्म रहने बताउनुभयो । स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरु गर्ने गुल्मीको छत्रकोट गाउँपालिका नेपालमै पहिलो रहेको गाउँपालिका अध्यक्ष पाण्डेले दाबी गर्नुभयो ।

गाउँपालिकाका ६ वडामा हाल कूल ८६ जना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका रहनुभएको छ । गाउँपालिकाले १० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा १० हजार, २० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएमा २० हजार र ३० वर्षसम्म सेवा गरेर स्वेच्छिक अवकाश लिएका २५ हजारसम्म पेन्सन दिनेछ । साठी वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउनुहुने स्वयम्सेविकाले सङ्घीय सरकारको २० हजार र गाउँपालिकाले ३० हजार गरी एकमुष्ट रु ५० हजार र यसपछि मासिक एक हजार पेन्सन पाउनुहुनेछ । रासस

बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.