काठमाडौं । प्राडा राजेश नेपाल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित हुनुभएको छ । नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा मुटुरोग बिशेषज्ञको रुपमा उहाँले पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको हो । स्वास्थ्य दर्पण आठौं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित उहांँलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० प्रदान गरिएको थियो ।
प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह र नेता नैनसिंह महरले सम्मानपत्रसहित सम्मानित गर्नुभएको हो । प्राडा नेपाल लामो समयदेखि मुटुरोग बिषेशज्ञको रुपमा सेवा गर्दै आउनु भएको छ ।