काठमाडौं । डा. महमद अफरोज अन्सारी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित हुनुभएको छ ।
नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा मुटुशल्य चिकित्सकको रुपमा उहाँले पु¥याउनुभएको योगदानको उच्च मुल्यांँकन गर्दै सम्मानित गरिएको हो । स्वास्थ्य दर्पण मिडिया नेटवर्ककोे आठौं वार्षिकोत्सवको अवसरमा उहांँलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० प्रदान गरिएको थियो ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र नैनसिंह महरले सम्मानपत्रसहित उहांँलाई सम्मानित गर्नुभएको थियो । सम्मानित डा. अन्सारी मुटुशल्य चिकित्सकको रुपमा सेवा गर्दै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु