• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • ४५ मिनेट 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • ३ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • ४ घण्टा 

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै
  • ४ घण्टा 

हिमाली जडिबुटीहरूको अध्ययन एवं अनुसन्धानमा सहकार्य
  • २१ घण्टा 

मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते
  • २२ घण्टा 

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका
  • २३ घण्टा 

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
  • २४ घण्टा 

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह

  •  शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित

काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ । आयोगले एचआइभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ ।

आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले सङ्क्रमितहरुको जीवन र मर्यादा सम्मानित नरहेको आफूले पाएको बताउनुभयो । उहाँले अझ चरम गरिबीको रेखामुनि रहेका सङ्क्रमितहरुको मानव अधिकार अवस्था दयनीय रहेको पाइएको बताउनुभयो ।

उहाँले एचआइभी सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितामा र आश्रित सन्तानको लालनपालन, शिक्षा जस्ता आवश्यकता पूर गर्ने समस्या रहेको बताउनुभयो । “राज्यका तीनै तहको औषधि वितरणमा समस्या छैन । सङ्क्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितमा समस्या रहेको छ,” उहाँले भन्नुभयो, “सङ्क्रमित बालबालिकालाई भर्ना नलिएको, सङ्क्रमितको शल्यक्रिया उपचार पनि नगरेको पाइयो ।”

प्रतिवेदनमा पुरुषको तुलनामा सङ्क्रमित महिलाको मानव अधिकार अवस्था थप जटिल रहेको जनाइएको छ । उहाँले भारतमा काम गर्न जाने सङ्क्रमितले सजिलै औषधि नपाएको समेत बताउनुभयो ।

कामु सचिव खरेलले सङ्क्रमितलाई समाजले सहजै स्वीकार गर्न नसकेको, विभेद र लाञ्छनामा परेको भन्दै स्थानीय तहले आफ्नो पालिकामा कति सङ्क्रमित छ भनेर तथ्याङ्क लिन नसकेको पाएको बताउनुभयो ।

यस्तै, अधिकांश सङ्क्रमितहरु चरम गरिबीको रेखामुनि रहेको, आधारभूत आवश्यकता परिपूर्ति सहज ढङ्गले गर्न नसकेको, पोषण खाद्य सामग्रीको अभावमा जीवन निर्वाह गर्न परेको, एआरटी सेन्टरमा पुग्नका लागि आवश्यक भाडा रकम समेतको अभाव झेल्नु परेको जस्तो समस्या देखिएको आयोगका उपसचिव बुद्धनारायण साहनीले बताउनुभयो ।

यस्तै, सङ्क्रमित र तिनका परिवारहरुका लागि स्वास्थ्य बीमाको सकारात्मक प्रभाव रहेको र भारत बाहेकका राष्ट्रमा गई फर्किआएका व्यक्तिमा कम मात्रामा सङ्क्रमण रहेको आयोगले जनाएको छ ।

यस्तै, आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा एचआइभी सङ्क्रमित महिला, महिला भएकै कारणले थप लाञ्छना तथा भेदभाव ब्यहोर्न परेको र जीवन निर्वाह, उपचार, बालबच्चाको लालनपालन कार्यमा झन् जटिलता थपिएको उल्लेख गरिएको छ ।

कानुनी आधार प्रमाण नभएका आधारमा नागरिकता नपाएका महिलाहरु थप जटिलता भोग्नु परिरहेको र विद्यालयमा अध्ययनरत सङ्क्रमित बालबालिकाले पहिचान लुकाई अध्ययन गर्ने गरिरहेका, पहिचान खुले खुलाएको खण्डमा शिक्षक, विद्यार्थीसाथीहरुबाट पनि विभिन्न किसिमका घोचपेच, लाञ्छनाजन्य व्यवहार खेप्नु परेको आयोगले जनाएको छ ।

चरम गरिबीको रेखामुनि रहेका घरपरिवारका सङ्क्रमित बालबालिकाहरु दश जोड दुई र उच्च शिक्षा अध्ययन गर्ने कुरा पहुँच बाहिर रहेको उल्लेख गर्दै दश जोड दुई वा उच्च शिक्षा अध्ययन गर्न चाहने सङ्क्रमित विद्यार्थीहरुका लागि पनि राज्यले छात्रवृत्ति लगायतका सुविधा प्रदान गर्नुपर्ने आवश्यक देखिएको आयोगले बताएको छ ।

नागरिकता नपाएको गुनासो
कतिपय एचआइभी सङ्क्रमण भएकै आधारमा नागरिकता नपाएको व्यक्तिहरु फेला परेको जनाइएको छ । नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने कानुनी आधार र प्रमाण अभावको कारणले सङ्क्रमित भएका व्यक्तिहरुले नागरिकता नपाएको, तिनका सन्तानको जन्मदर्ता नपाएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नवलपरासी पश्चिममा यस्ता सङ्क्रमित व्यक्तिहरुको सङ्ख्या ९० भन्दा धेरै रहेको जनाएको छ ।

आयोगले एचआइभी सङ्क्रमितलाई लाञ्छना तथा भेदभावजन्य जस्ता व्यवहारबाट मानव अधिकार संरक्षणका लागि उजुरी संयन्त्र प्रभावकारी बनाउने सरकारलाई सुझाव दिएको छ ।

यस्तै, नयाँ एचआइभी दर लक्ष्यअनुसार घटाउनका लागि समुदाय स्तरमै एचआइभी परीक्षण कार्य प्रभावकारी बनाउनसमेत आयोगले आग्रह गरेको छ । एचआइभी सङ्क्रमण सुईबाट लागूपदार्थ लिने व्यक्ति, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष, ट्रान्सजेन्डर व्यक्ति, पुरुष यौनकर्मी, महिला यौनकर्मी, पुरुष प्रवासी श्रमिक र उनीहरुका परिवारमा उच्च रहेको छ ।

नयाँ सङ्क्रमण दर प्रवासीमा २५ प्रतिशत, पुरुषसँग यौसम्पर्क गर्ने पुरुष र ट्रान्सजेन्डर व्यक्तिहरुमा १९, महिला यौनकर्मीमा नौ, पुरुष यौनकर्मीहरुमा आठ र सुईबाट लागूपदार्थ लिने व्यक्तिहरुमा दुई प्रतिशत रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा २०२० को डिसेम्बरसम्म ३० हजार तीन सय एचआइभी सङ्क्रमित रहेका छन् । रासस

शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.