काठमाडौं । वरिष्ठ स्वास्थ्यकर्मी राजेन्द्र प्रसाद खरेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित हुनु भएको छ ।
नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा बरिष्ठ स्वास्थ्यकर्मीको रुपमा उहाँले पु¥याउनु भएर्को योगदानको उच्च मूल्यांकन गर्दै खरेल सम्मानित हुनु भएको हो । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.कोे आठौं वार्षिकोत्सवको अवसरमा उहांँलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० प्रदान गरिएको थियो ।
काठमाडौंमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह एवं नैनसिंह महरले उहांँलाई सम्मानपत्रसहित सहित सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु