• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १२ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १२ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १२ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १३ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १३ घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • २ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ६. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन

  •  आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

तम्घास ।एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् ।

विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका छन् । तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो । तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ ।

अहिलेसम्म कुनै पनि एम्बुलेन्सको मर्मत र व्यवस्थापन भएको छैन । कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट स्वास्थ्य चौकीमा दुईवटा एम्बुलेन्सका लागि एक जना मात्रै चालक राखिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा गुल्मीले १२ वर्ष पहिले बा १७ च ७६८ नम्बरको एम्बुलेन्स खरिद गरेको र उक्त एम्बुलेन्सले छ वर्षसम्म सेवा दिएको थियो ।।

अहिले रेडक्रसले नयाँ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याए पनि पुरानो एम्बुलेन्सको भने व्यवस्थापन हुन सकेको छैन । गुल्मी जिल्ला अस्पतालमा दुई एम्बलेन्स अत्यन्तै जीर्ण अवस्थामा छन् । पहिले अस्पतालको ग्राउण्डमै रहेका एम्बुलेन्स अहिले झाडीतर्फ थन्किाइएको छ । एम्बलेन्सको खरिद मिति, लागत लगायतका बारेमा अस्पतालमासमेत आधिकारिक जानकारी छैन ।

एम्बुलेन्स कामै नलाग्ने भएपछि अस्पतालले तीन वर्षअघिबाट नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । तर अस्पतालमै बिरामी एम्बलेन्स हुँदा न त तीनको उपचार हुनसकेको छ, न त उचित व्यवस्थापन नै ।

रुरुक्षेत्र गाउँपालिका–६ रिमुवामा विगत चार वर्षदेखि एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । भूपु सैनिकले सात वर्षअघि किनेको एम्बुलेन्स तीन वर्षसम्म मात्रै सञ्चालन भयो ।

मर्मत खर्च धेरै लाग्ने भएकोले पालिकाले पनि सञ्चालन गर्न नसकेपछि अहिले नयाँ एम्बुलेन्सको खरिद प्रक्रिया अगाडि बढाएको स्वास्थ्य संयोजक छत्र अधिकारीले बताउनुभयो । मालिका गाउँपालिका–६ अर्जैमा भारतीय राजदुतावासबाट प्राप्त एम्बुलेन्स दुई वर्षदेखि अलपत्र छ ।

मदाने गाउँपालिका –३ सिर्सेनीमा पालिकाले रु साढे दुई लाख खर्चेर एम्बुलेन्स बनाए पनि सञ्चालन हुनसकेको छैन । दुई वर्षदेखि ठप्प रहेको एम्बुलेन्स चालु आर्थिक वर्षमा दुई लाख खर्चेर मर्मत गरे पनि चालक अभावको कारण देखाउँदै पालिकाले एम्बुलेन्स सञ्चालन गर्न नसकेको स्थानीय भरत चन्दले बताउनुभयो ।

इश्मा गाउँपालिका–४ दोहोलीमा भूपू आर्मीमार्फत प्राप्त एम्बुलेन्स चार महिनादेखि व्यवस्थापनको पर्खाइमा छ । मुसिकोट नगरपालिकामा तीनओटा एम्बुलेन्स बिग्रिएर बन्द अवस्थामा छन् । अर्लाङकोट सेवा समाज, जापानले दिएको एम्बुलेन्स एकवर्ष, रेडक्रस सोसाइटीको एम्बुलेन्स चार वर्ष र निस्ती बडिगाढ सेवा समाजले दिएको एम्बुलेन्स चार वर्षदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताउनुभयो ।

बिग्रेका एम्बुलेन्स सबै पुराना भएको र पटक–पटक बनाउँदा पनि इञ्जिनले काम नगरेकोले थन्किएको जिसीको भनाइ छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङमा पनि एउटा एम्बुलेन्स विगत तीन महिनादेखि प्रयोगविहीन अवस्थामा छ ।

धुर्कोट गाउँपालिकाको वडा नं १ नयाँ गाउँ र वडा नम्बर ७ वाग्लामा गरी दुईवटा एम्बुलेन्स बिग्रिएर चल्नै नसक्ने अवस्थामा छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार पालिका गठन हुनुभन्दा अगाडि नै ल्याइएका दुवै एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने अवस्थामा छैनन् । सत्यवती गाउँपालिका– ४ लिम्घामा बिग्रिएको एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने भएपनि अलपत्र छ । एम्बुलेन्स किनेको मिति, लागत लगायतका बिषयमा पालिका नै बेखबर छ ।

आशा अपाङ्ग केन्द्रलाई गुल्मी जिल्ला समाज युकेले १० वर्षअघि दिएको एम्बुलेन्स आठ वर्ष चलेर दुई वर्षदेखि ठप्प छ । इन्जिनमा समस्या देखिएको एम्बुलेन्सलाई अहिले बनाएर चलाउदा पनि खर्च नै नउठ्ने भएपछि केन्द्रले सञ्चालन गर्न सकेको छैन ।

केन्द्रका कोषाध्यक्ष ताराप्रसाद भुसालले एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया भएकाले समस्या भएको बताउनुभयो ।

रेडक्रस सोसाइटी गुल्मीका अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले एम्बुलेन्स चल्नै नसक्ने अवस्था भएको बताउनुभयो । “पुरानो बिग्रेर नयाँ खरिद ग¥यौँ”, उहाँले भन्नुभयो, “तर एम्बुलेन्सले सञ्चालन खर्च उठाउन नसकेर घाटामै छ ।” प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एम्बुलेन्सको उचित व्यवस्थापनका लागि सक्दो पहल गर्ने बताउनुभयो । “उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ” उहाँले भन्नुभयो । रासस

आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.