• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कर्णालीमा पोषणको अवस्थामा सुधार

  •  आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेशमा पोषणको अवस्थामा केही सुधार हुँदै गएको देखिएको छ । कर्णाली प्रदेश सरकार योजना आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा कर्णालीमा पोषणको अवस्थामा सुधार हुँदै गएको हो ।

आयोगले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पोषण योजनासम्बन्धी अभिमुखिकरण कार्यक्रममा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१६ मा प्रदेशमा ५४ दशमलव ५ प्रतिशत बालबालिकामा पुड्कोपना रहेकोमा त्यो सङ्ख्या २०२२ मा आउँदा ३५ दशमलव ८ प्रतिशतमा झरेको छ, भने ख्याउटेपन पनि घटेको पाइएको छ ।

त्यसैगरी, सन् २०१६ मा ८ प्रतिशत २०१९ मा १८ प्रतिशत रहेको ख्याउटेपन २०२२ मा आउँदा ४ प्रतिशतमा झरेको बहुक्षेत्रीय योजना कर्णाली प्रदेश समन्वयकर्ता मानबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार रक्तअल्पताको अवस्था भने अझै चिन्ताजनक रहेको देखिएको छ । प्रदेशमा ६ देखि ५९ वर्षसम्मका ३९ दशमलव ८ प्रतिशत बालबालिमा रक्तअल्पता हुने गरेको छ भने १५ देखि ४९ वर्षसम्मका २१ दशमलव २ प्रतिशत महिलाहरुमा रक्तअल्पता हुने गरेको देखिन्छ । सरकारको दीगो विकास लक्ष्य २०३० सम्ममा यो अवस्थालाई १० प्रतिशतमा झार्ने भनिएको छ ।

पोषणसम्बन्धी कार्यक्रम कर्णालीका ७९ वटै पालिकामा सञ्चालनमा रहेको छ भने आव २०७९/८० मा २३ करोड ४७ लाख बजेट प्रदेश र सङ्घ सरकारले कार्यान्वयन गरिरहेका छन् । कर्णालीमा एक लाख पाँच हजार बालबालिकाले बाल अनुदान रकम पाइरहेका छन् भने कडा कुपोषित दुई सय १० बालबालिकालाई उपचारमा राखिएको छ ।

कुपोषण दर घटनाउने सरकारका योजना

प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनामा कुपोषणको दर घटनाउने गरी योजना निर्माण गरेको छ भने प्रदेश सरकार स्वास्थ्य नीति २०७६ मा सचेत, स्वस्थ र सुखारी कर्णाली नारा लिएर काम गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमः स्वस्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकारको नारा लिएर पोषण सुधारको योजना बनाइएको छ ।

प्रदेश सरकार मातहतका निकायबाट विभिन्न कार्यक्रम सञ्चालन, बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको, पोषण कोशेली कार्यक्रम, अर्गानिक प्रदेश, पोषणमैत्री स्थानीय शासन कार्यक्रम प्रदेश सरकारले कार्यान्वयन गरिरहेको छ ।

त्यसैगरी, मातृशिशु/पोषणमैत्री/किशोर किशोरी अस्पताल/स्वास्थ्य संस्था, कुपोषण रोकथाम, उपचार तथा एकीकृत व्यवस्थापन, स्थानीय रैथाने खाद्य वस्तुमा आधारित पूरक पैष्टिक आहार कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले पोषण सुधारका लागि योजनाबद्ध ढङ्गले काम गरिने बताउनुभयो । उहाँले अब स्थानीय स्तरमा पाइने रैथाने बालिहरुको संरक्षण र उत्पादन बढाउनेगरी योजना निर्माण गरिने बताउनुभयो ।

पोषणमा आधारित नीति र योजना निर्माण गर्छौँ : मन्त्री जिसी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा अहिले पनि कुपोषण अवस्थामा खासै सुधार हुन नसकेको भन्दै यसका लागि आवश्यक नीति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कुपोषणकै कारण कर्णाली पछाडि परेको छ । उहाँले भन्नुभयो, “जब जनशक्ति अब्बल बन्छ, तब मात्रै विकासको काम अगाडि बढ्छ त्यसको लागि मानिस पोषित हुनुपर्छ ।” पोषित हुनलाई खानपान राम्रो हुनुपर्छ, त्यसको लागि प्रदेश सरकारले योजनाबद्ध काम गर्ने उहाँको प्रतिबद्धता छ । रासस

आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.