• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती

  •  बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

चौतारा । सिन्धुपाल्चोकका– १२ स्थानीय तह र अस्पतालमा रेहका अधिकांश एम्बुलेन्स बिग्रिएपछि बिरामीहरु चर्को मूल्य तिरेर भाडाका गाडीमा चढ्न बाध्य भएका छन् ।

जिल्लाका आधादर्जन भन्दा बढी एम्बुलेन्स समयमा नै मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । भोटेकोसी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको वर्षौं भइसक्दा पनि मर्मत हुनसकेको छैन । इञ्जिन समस्याका कारण थन्किएको एम्बुलेन्समर्मत गर्ने हो भने पुनः सञ्चालनमा ल्याउन सकिन्छ ।

गाउँपालिका कार्यालयको आँगनमा थन्किएर बसेको सो एम्बुलेन्स मर्मत नगरिँदा भोटेकोशीका बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित रहेको स्थानीय साङ्बु शेर्पा बताउनुुहुन्छ ।

त्यस्तै बाह्रबिसे नगरपालिकाको चाकुमा थन्किएर बसेको एम्बुलेन्स मर्मतका लागि नगरपालिकाले ध्यान दिएकै छैन । अस्पतालको गेटमा एम्बुलेन्स थन्किएको छ ।

बिरामीलाई भने उपचार गराउनका लागि अन्य अस्पताल जान झण्झट हुने गरेको छ । सरकारी एम्बुलेन्स बिग्रिएका कारण बिरामी चर्को मूल्यतिरेर भाडाको गाडी प्रयोग गर्न बाध्यभएको स्थानीय वाशु बडालको भनाइ छ ।

बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेत भने नगरमा रहेका बिग्रिएका एम्बुलेन्स मर्मत गरेर सहज रुपमा बिरामीलाई अस्पताल पु¥याउन सहयोग गर्ने बताउनुभयो ।

भोटेकोसी र बाह्रबिसेमा मात्र होइन इन्द्रावती, मेलम्ची र हेलम्बु गाउँपालिकाको एम्बुलेन्स पनि मर्मत नहुँदा थन्किएका छन् । स्वास्थ्य कार्यालयको अभिलेखमा जिल्लामा ४० वटा एम्बुलेन्स दर्तामा रहेको तथ्याङ्क छ । जसमध्ये सातवटा एम्बुलेन्स त कामै नलाग्ने गरी महिनौँंदेखि बिग्रिएर थन्किएका अवस्थामा छन् ।

स्वास्थ्य कार्यालयका अधिकृत अनुप अधिकारीले बिग्रेका एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको बताउनुभयो । स्वास्थ्य उपचार सरकारको पहिलो प्राथमिकतामा परे पनि उपकरण अवस्था नाजुक छ । कुल एक सय तीन वडा रहेको सिन्धुपाल्चोकमा एम्बुलेन्स सेवा पर्याप्त छैन । त्यसमा पनि सरोकारवाला निकायले ध्यान नदिँदा सेवाग्राहीले सधैँ सास्ती भोग्नु परेको छ । रासस

बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.