• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कुष्ठरोग निवारण अभियानमा स्थानीय तहको चासो

  •  बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

राँझा ।बाँकेमा बढ्दो मात्रामा रहेको कुष्ठरोग निवारण अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । सन् २०३० सम्ममा कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने नेपाल सरकारको लक्ष्यलाई साथ दिन स्थानीय सरकारले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजनसँगै आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् ।

कुष्ठरोगमुक्त समाज निर्माणका लागि नेपाल सरकारले अगाडि सारेको लक्ष्यलाई पूरा गर्न आवश्यक रणनीतिका साथ योजना बनाएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले जानकारी दिनुभयो । उहाँले कुष्ठरोग निवारणका लागि खजुरामा वडास्तरबाटै योजना बनाएर लाग्न स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई आग्रह गरेको बताउनुभयो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीले अहिले पनि समाजमा सुसुप्त अवस्थामा रहेको कुष्ठरोग निवारणका लागि सामाजिक सचेतनालगायत आवश्यक योजना बनाइएको बताउनुभयो । आगामी आवदेखि बजेटको व्यवस्था गरेर गाउँपालिकामा कुष्ठरोगी खोजपडताल अभियान सञ्चालन गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी पार्न आवश्यक समन्वय गरिने उहाँले उल्लेख गर्नुभयो ।

बाँकेमा जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा कुष्ठरोगका बिरामी बढिरहेका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आगामी आवदेखि कुष्ठरोग निवारण अभियानलाई प्राथमिकतामा पारेर गतिविधि गरिने बताउनुभयो ।

बाँकेमा कुष्ठरोगीका नयाँ बिरामी भेटिनुले लक्ष्य पूरा गर्न चुनौती देखिएको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताउनुभयो । “पाँच वर्षसम्म कुनै पनि बालबालिकामा कुष्ठरोग देखिएन भने निवारण भएको मानिन्छ, तर यसक्षेत्रमा कुष्ठरोग पहिचान भएकामध्ये तीन प्रतिशत बालबालिकामा कुष्ठरोग देखिएको छ, यसले अझै पनि कुष्ठरोग निर्मूल नभएको पुष्टि गर्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीको प्रयासबाट मात्रै कुष्ठरोग निवारण सम्भव छैन, यसमा स्थानीय सरकारले चासो देखाउनु खुसीको कुरा हो ।”

उहाँका अनुसार बाँकेमा अहिले कुष्ठरोगको व्यापकता दर जनसङ्ख्याको प्रतिदश हजारमा शून्य दशमलव ८४ रहेको छ । यो चालु आव २०७९÷८० चैतसम्मको तथ्याङ्क हो । अघिल्लो आव २०७८÷७९ मा व्यापकता दर एक दशमलव चार रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै जानकी गाउँपालिकामा कुष्ठरोगको व्यापकता दर जनसङ्ख्याको प्रति दशहजारमा एक दशमलव पाँच रहेको छ । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक दशमलव तीन, डुडुवामा शून्य दशमलव ९१, राप्ती सोनारीमा शून्य दशमलव ७२, खजुरामा शून्य दशमलव ६१, नेपालगञ्जमा शून्य दशमलव ४७ र बैजनाथमा शून्य दशमलव सात रहेको छ ।

यसैगरी बाँकेमा आव २०७९÷८० को चैतसम्म कुष्ठरोगका नयाँ बिरामी पत्ता लगाउने दर प्रति एक लाख जनसङ्ख्यामा आठ दशमलव चार छ । अघिल्लो आव २०७८÷७९ मा यो दर १४ रहेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति नेपालीले बताउनुभयो ।

बाँकेमा जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र आइएनएफले कुष्ठरोग रोकथाम तथा निवारणका लागि काम गर्दै आएका छन् । आव २०७८÷७९ मा एक सय ५७ कुष्ठरोगीको पहिचान भएको आइएनएफद्वारा जानकी गाउँपालिकामा सञ्चालित साइनिङ अस्पतालका प्रमुख मङ्गल थारूले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिचान भएकामध्ये ६१ जना बाँकेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपडताल गर्ने गरेको अस्पतालका प्रमुख थारूले बताउनुभयो । रासस

बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.