• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

एम्बुलेन्सको भाडादरमा एकरुपता नहुँदा सेवाग्राही मर्कामा

  •  आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

बलेवा ।जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन् ।

यातायात व्यवस्था कार्यालय बागलुङको अगुवाइमा स्वास्थ्य कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त बैठकले भाडादर कायम गर्ने प्रावधान भए पनि यातायात व्यवस्था कार्यालयले समयमा अगुवाइ नगर्दा भाडादर तोक्न सकिएको छैन ।

एम्बुलेन्सको भाडा मनपरी लिने गरेको गुनासो र उजुरीपछि जिल्लास्थित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा भाडादरमा एकरुपता कायम गराउन पहल गरेको छ । “हामीले मात्रै भाडादर कायम गर्न सक्दैनौँं, सिडियोसापको निर्देशनपछि डिजेलको मूल्य र सडकको अवस्थासमेतको अध्ययन गरी भाडादरका विषयमा छलफल थालेका छौँ,” स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भन्नुभयो, “हामीले तयार पारेको प्रस्तावित भाडा जिल्ला प्रशासन कार्यालयलाई बुझाउँदै छौंँ, त्यसपछि थप छलफल हुन्छ ।”

यातायात व्यवस्था कार्यालयले भने एम्बुलेन्सको भाडादर तोक्ने बिषयमा स्वास्थ्य कार्यालयलेनै अगुवाइ गर्नुपर्ने बताएको छ । जिल्लास्तरीय भाडादर निर्धारण समितिले निर्णय गर्नुपर्ने भए पनि त्यसको अगुवाइ स्वास्थ्य कार्यालयले नै गर्नुपर्ने कार्यालय प्रमुख पारसिंह थापाले बताउनुभयो । “हामीले अन्य सवारी साधनको भाडादरको विषयमा स्थानीयतहसँग समन्वय गरिरहेका छौँ, एकै पटक एम्बुलेन्सको पनि भाडादर तोक्नेगरी तयारी गरेका छौँ” उहाँले भन्नुभयो । अन्य सवारी र एम्बुलेन्सको भाडादर तोक्दा आधार भने फरक–फरक हुने थापाको भनाइ थियो ।

जिल्लामा हाल १३ एम्बुलेन्स सञ्चालनमा छन् । सबै एम्बुलेन्सले आफ्नै तरिकाले भाडा लिने गरेकाले बिरामी मर्कामा परेका हुन् । ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारदेखि बागलुङ बजार आउँदा एम्बुलेन्सले रू छ हजारसम्म र गलकोट नगरपालिकाको मुकाम हटिया बजारदेखि बागलुङ बजार बिरामी ल्याउँदा रू आठ हजारसम्म भाडा लिने गरेका छन् । स्थानीय तहले सञ्चालन गरेका र सामाजिक सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्सका बीचमासमेत भाडादर फरक छ । जिल्लाको दक्षिण क्षेत्र कुश्मीशेरा र बरेङमा सञ्चालनमा रहेका एम्बुलेन्समा पनि भाडाको एकरुपता छैन् ।

कुश्मीशेरादेखि बागलुङ बजारसम्म २१ किलोमिटर पक्की सडकमा रू चार हजार भन्दा धेरै भाडा लिने गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका धौलागिरि अस्पताल र तमानखोला गाउँपालिकाले सञ्चालन गरेका दुईवटा एम्बुलेन्स मात्रै तोकिएको मापदण्ड पूरा गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो् । “जिल्लाभर ‘ग’ वर्गका एम्बुलेन्स धेरै छन्, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सलाई ‘ख’ वर्गमा रुपान्तरण गर्न भनेको छ,” उहाँले भन्नुभयो, “नयाँ खरिद भएकाले मापदण्ड पूरा गरेका छन्, पुरानाले नवीकरणका बेला मापदण्ड पूरा गर्नुपर्छ ।”

स्वास्थ्य मन्त्रालयले गरेको परिपत्र अनुसार एम्बुलेन्समा अक्सिजन, जिपिएस प्रणाली, बिरामी र कुरुवा राम्रोसँग सुत्न मिल्ने दुई शय्या, इसिजी मोनिटर, लगायतका २१ उपकरण तथा संरचना अनिवार्य हुनुपर्ने भनिएको छ । सरोकारवालासँग समन्वय गरेर एम्बुलेन्सको स्तरोन्नतिका लागि कार्यालयले पहिलो चरणमा स्थानीयतहसँग विवरण मागेको छ ।

विवरण सङ्कलन भएपछि स्तरोन्नतिका लागि पत्राचार गरिने स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताउनुभयो । यहाँ बागलुङ नगरपालिकामा पाँच, काठेखोला गाउँपालिकामा दुई, वडिगाड गाउँपालिकामा दुई र अन्य स्थानीय तहमा एक÷एक एम्बुलेन्स छन् । निसीखोला गाउँपालिकाले भने एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको छ भने जैमिनी नगरपालिकाले थप एक एम्बुलेन्स खरिद गर्दै छ । बडिगाड गाउँपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका एक÷एक एम्बुलेन्स बिग्रिएर थन्किएका छन् । रासस

आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.