• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सञ्चार, सन्दीप र स्वास्थ्य दर्पण

  •  मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

विज्ञान र प्रविधिको विकासले सञ्चार कार्यलाई सजिलो बनाइदिएको छ । यो सरलतासँगै सञ्चारमाध्यमका विविध रुप प्रचलनमा रहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालका रुपमा चिनिएका फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम, वाट्सएप मानवबीच हुने सञ्चारको सशक्त माध्यम बन्न पुगेका छन्।सञ्चारका परम्परागत रुप छापा, दृश्य र आवाजको संगम सामाजिक सञ्जाल बनेका छन् । अनलाइन पत्रकारिताले फड्को मारिरहेको छ भने चुनौती पनि थपिएका छन् ।

अहिलेको समयको मागलाई बुझेर छापा वा विद्युतीय वा दुवै सञ्चारमाध्यमहरुले पछिल्लो समय परम्परागत रुपलाई यथावत राख्दै नवीन रुपमा अनलाइन संस्करण सुरु गरेका छन् । दैनिकदेखि मासिक र त्रैमासिक पत्रिकासम्म अनलाइनमा समेत प्रकाशित हुन थालेका छन् । रेडियोहरु अनलाइनमा बज्न थालेको केही वर्ष भइसक्यो । हरेक टेलिभिजन च्यानलले युट्युबमा पनि च्यानल चलाइरहेका छन् । यसरी पछिल्लो समयमा सामाजिक सञ्जालमा आधारित पत्रकारिता द्रुत गतिमा अगाडि बढिरहेको पाइन्छ ।


स्वास्थ्य बिटमा सन्दीपको यात्रा

नेपाल टेलिभिजनबाट प्रसारण हुने स्वास्थ्य सम्बन्धी स्वास्थ्य दर्पण कार्यक्रमका प्रस्तोता सन्दीप श्रेष्ठले स्वास्थ्य बिटमा काम गर्न थालेको १५ वर्ष पुग्दैछ । २०६५ सालमा भरतपुरस्थित हाम्रो एफएम ९४ मेगाहर्जबाट अन्तर्वार्तामा आधारित स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्दै आएका श्रेष्ठले २०६७ सालदेखि भरतपुरमै रहेको क्रिस्टल टेलिभिजनबाट स्वास्थ्य दर्पण नामक कार्यक्रमलाई अगाडि बढाए । उनको यो यात्रा राष्ट्रिय टेलिभिजनसम्म पुग्यो । उनले २०७२ सालमा काठमाडौँस्थित हिमालय टेलिभिजनमा स्वास्थ्य सम्बन्धी कार्यक्रम चलाउन थाले ।

पछिल्लो समय स्वास्थ्य दर्पण न्यूज डट कममार्फत् अनलाइन पत्रकारितालाई समेत अगाडि बढाइरहेका श्रेष्ठले स्वास्थ्य बिटलाई निरन्तर अँगालिरहेका छन्, अगाडि बढाइरहेका छन् । टेलिभिजन कार्यक्रम छायाँकनको दौरानमा मधेसदेखि कर्णालीसम्म पुगेका श्रेष्ठले सात वटै प्रदेशमा स्वास्थ्य सम्बन्धी कार्यक्रम निर्माण गरी प्रसारण गर्दै आएका छन् । उनले सात वटै प्रदेशमा स्वास्थ्य दर्पण अवार्ड वितरण कार्यक्रममार्फत् स्वास्थ्य र सञ्चार क्षेत्रका हस्तीहरुलाई सम्मानित गर्दै आएका छन् । हाल उनी स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.को अध्यक्ष छन् । यही संस्थामार्फत् उनले पत्रकारिताका विविध आयामलाई अघि सारेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका छन् ।

“स्वास्थ्य क्षेत्रका सबै कुरा”

स्वास्थ्य दर्पण मिडिया नेटवर्कले “स्वास्थ्य क्षेत्रका सबै कुरा” भन्ने नारासहित स्वास्थ्य दर्पण त्रैमासिक पत्रिका प्रकाशन गरिरहेको छ । गत वर्षदेखि प्रकाशन आरम्भ भएको स्वास्थ्य दर्पण पत्रिकाको चौथो अंकमा तपाईं यो लेख पढिरहनु भएको छ । यस लेखमा स्वास्थ्य दर्पण त्रैमासिक पत्रिका वर्ष १, अंक ३ (असोज २०७९) बारे संक्षेपमा चर्चा गर्न लागिएको छ ।

स्वास्थ्य दर्पण त्रैमासिक पत्रिकाको सम्पादक बागमती श्रेष्ठ र प्रधान सम्पादक सन्दीपकुमार श्रेष्ठ हुन् । ए ४ साइजमा ४० पृष्ठ र आवरण ४ पृष्ठ रहेको यस पत्रिकाको सबै पाना चिल्ला छन् । सबै पृष्ठमा रंगीन छपाई रहेको स्वास्थ्य दर्पणको तेस्रो अंकमा अन्तर्वार्ता र लेख गरेर २१ जनाको सामग्री समेटिएको छ । यसबाहेक सम्पादकीय र अंकका आकर्षण पत्रिकाको सुरुमै दिइएको छ । केही पृष्ठ स्वास्थ्य सम्बन्धी सूचना र अस्पतालका विज्ञापनले भरिएका छन् ।
लेख र अन्तर्वार्तामा समेटिएका २१ जनामध्ये ३ जना प्राध्यापक डाक्टर, १३ जना डाक्टर र ५ जना मेडिकल क्षेत्रकै विभिन्न संघ, संस्था वा कम्पनीमा आवद्ध व्यक्तित्व छन् । उनीहरुमार्फत् विभिन्न रोग, त्यसको उपचार, अस्पताल, पेशागत अनुभूति, चुनौती, औषधी र उपचार पद्धतिको बारेमा चर्चा गरिएको छ । यस अंकमा स्पोर्ट्स इन्जुरीदेखि न्यूरोसर्जरीसम्मका कुरा समेटिएका छन् । मिर्गौला रोगदेखि मानसिक रोगसम्मका बारेमा जानकारी दिइएको छ । समग्रमा पत्रिका पठनीय र संग्रहणीय बनेको छ ।

लेखक सूर्यप्रकाश कँडेल चितवनका सक्रिय पत्रकार हुनुहुन्छ ।

मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.