• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

नवजात एवं बालबालिकाको शल्यक्रिया सेवामा तीनदशकको मेरो अनुभूति

  •  शनिबार, जेठ ०६, २०८० मा प्रकाशित

म प्रा.डा. रामनन्दन प्रसाद चौधरी २०५१ सालमा आर.जि.कार मेडिकल कलेज एण्ड हस्पिटल कलकत्ताबाट एम.बि.बि.एस पास गरेंँ । तत्पश्चात सर्जन बन्ने मेरो प्रवल ईच्छा भएकोले उक्त मेडिकल कलेजमै हाउस अफिसर पदमा डेढबर्ष जनरल सर्जरी र पेडियाट्रिक सर्जरीमा कार्यरत रहंँे । २०५२ सालमा अन्तिमतिर लोक सेवा आयोगको मेडिकल अधिकृतको परीक्षा पश्चात कान्ति बाल अस्पताल काठमाडौंमा नियुतmी भएर पेडियाट्रिक सर्जरी विभागमा काम गर्न थालंँे ।

एम.बि.बि.एस पढ्दा देखिनै मुटुको शल्यक्रिया गर्ने र सर्जन बन्ने चाहना रहेतापनि पेडियाट्रिक सर्जरी विभागमा सर्जिकल रजिस्ट्रार पदमा ४ बर्षसम्म काम गरी रमाउन थालेपछि बाल शल्य चिकित्सक नै बन्ने दृढताका साथ २०६० सालमा बंगबन्धु शिख मुजिब मेडिकल युनिभर्सिटी अन्तर्गत ढाका शिशु अस्पतालबाट एम.एस. पेडियाट्रिक सर्जरी बिषयमा अध्ययन पश्चात पुन: कान्ति बाल अस्पतालमै युनिट इन्चार्ज पदमा कार्यरत रहेंँ । त्यसपछि वरिष्ठ कन्सलटेण्ट पेडियाट्रिक सर्जन पदमा लोक सेवा आयोगबाट पदोन्नति भयो ।

हाल ईशान बाल तथा महिला अस्पतालको बाल सर्जरी विभागमा प्रमुख बाल शल्य चिकित्सकको रुपमा कार्यरत छु । जहाँसम्म मेरोे कलकत्ता देखि बाल शल्य चिकित्सकका शुरु भएको २९ बर्षको लामो अनुभव छ, म कान्ति बाल अस्पातलमा मात्रै २३ बर्षसम्म बाल शल्य चिकित्सा विभागमा कार्यरत रहंँदा विभिन्न पदमा विभिन्न किसिमका अप्ठयारा,बाधा, चुनौतिहरु तथा अवसरहरु पाएंँ । यसले म नेपालको पहिलो एम.यस.पेडियाट्रिक सर्जन बन्ने अवसर मिल्यो । उक्त समय बाल शल्य चिकित्सकहरु औंलामा गन्न सक्ने संख्यामा आफुपनि समावेश हुँदा गौरवान्वित महसुस गरंँे ।
त्यसपछि अमेरिका,क्यानाडा, बेलायत,फ्रान्सबाट पेडियाट्रिक युरोलोजी,ल्याप्रोस्कोपी,पेडियाट्रिक जलन सम्बन्धी फेलोसिप समेत हांँसिल गरी स्वदेशमै फर्केर काम गर्ने मैले निर्णय गरें ।

नेपालको एक मात्र सरकारी कान्ति बाल अस्पतालको र ईशान बाल तथा महिला अस्पतालको बाल सर्जरी विभागमा २०५२ सालदेखि मैले जटिल भन्दा जटिल नवजात शिशु सर्जरी देखि ठुला बच्चाहरुमा गरिने पेडियाट्रिक यूरोलोजी, पेडियाट्रिक क्यान्सर सर्जरी,द्यष्चतज मभाभअत सर्जरी, जनरल पेडियाट्रिक सर्जरी, पेडियाट्रिक जलन सम्बन्धी सर्जरी तथा अन्य शल्यक्रियाहरु गरेर नेपालमा दशांै हजार भन्दा बढी बालबालिकाको ज्यान बचाउनुको साथै उहाँहरुलाई देशको स्वस्थ नागरिक बनाउनमा ठुलो योगदान पुर्‍याएको अनुभव जानकारी गराउन पाउंँदा अत्यन्त खुशी लागेको छ । उक्त अवधिमा मेरो आमा,बुवा,श्रीमती,छोराछोरीले गरेको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगको लागि आभार प्रकट पनि गर्न चाहन्छु । २०७५ सालमा मेरो लागि एउटा निर्णय लिन ठुलो अप्ठ्यारो आईलाग्यो । कान्ति बाल अस्पतालमा २३ बर्ष काम गरे पश्चात पनि आफुलाई केही बर्षदेखि काम गर्ने वातावरण नरहेको तितो अनुभव पश्चात म २०७५ पुषमा नेपाल सरकारको जागिरबाट राजिनामा दिएँ ।

उक्त राजीनामा पश्चात म, ईशान बाल तथा महिला अस्पताल टोखा नगरपालिका वडा नम्बर ५ बसुन्धारामा पूर्ण समय काम गर्नेगरी बाल सर्जरी विभागमा प्रमुख सर्जनको रुपमा कार्य गर्ने मौका पाएंँ । ईशान बाल तथा महिला अस्पताल नेपालको पहिलो गैरसरकारी बाल अस्पताल मात्रै नभै हाल नेपालको उत्कृष्ट बाल तथा महिला अस्पताल हो,जहाँ विभिन्न :गतिष्कउभअष्बष्तिथ तथा क्गउभचकउभअष्बष्तिथ सुविधाहरु हुनुको साथै आधुनिक उपकरणहरु सहित नेपालको “ऋभलतभच या भ्हअभििभलअभ” बच्चा तथा बिरामी मैत्री अस्पतालको रुपमा परिचित भैसकेको अस्पातलमा काम गरिरहँदा गौरवान्वित महसुस गर्दछु । उक्त अस्पतालमा २०५३ साल देखि २०७५ सम्म आंशिक समय काम गर्दा निकै नै थप मेहनत गर्नुपर्ने अवस्था सृजना थियो ।

स्वास्थ्य जस्तो संवेदनशील सेवामा जहाँ काम गरेपनि गुणस्तरीय सेवा दिनु नै ठुलो कुरा हो । बच्चाको लागि बच्चाकै अस्पताल अपरिहार्य छ । त्यसमा पनि महिला सेवा उपलब्ध भएको ईशान बाल तथा महिला अस्पताल जस्तो अस्पतालमा आमा र बच्चालाई एकै ठाउमा उपचार गर्दा निकै नै सहज हुन्छ । यस अस्पतालको बाल शल्यक्रिया विभागमा २४ सै घण्टा आकस्मिक शल्यक्रिया, पेडियाट्रिक यूरोलोजी सर्जरी,नवजात शिशु शल्यक्रिया, पेडियाट्रिक ल्याप्रोेस्कोपी सर्जरी, जनरल पेडियाट्रिक सर्जरी, पेडियाट्रिक क्यान्सर सर्जरी, पेडियाट्रिक न्यूरो सर्जरी, पेडियाट्रिक ट्रमा, नसा तथा हाडजोर्नी
सर्जरी,आँखा,नाक,कान,घाँटी र दन्त सम्बन्धी विभिन्न शल्यक्रियाहरु लगायतका सेवामा अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको जानकारी गराउंँन चाहन्छु ।
बाल शल्यक्रिया नेपालको लागि एउटा सुपर स्पेसियलाइज्ड सर्जिकल सेवा हो । उक्त बिषयमा आमाको गर्भावस्थादेखि देखिने शल्यक्रिया सम्बन्धी, नवजात शल्यक्रियाहरु समेत १८ बर्षका वयस्क बच्चाहरुमा देखिने सम्पूर्ण शल्यक्रियाका समस्याहरु पर्दछन ।

बच्चाहरुमा गरिने सम्पूर्ण शल्यक्रियाहरु निकै नै चुनौतिपूर्ण र त्भबm भाायचत मै गर्नुपर्ने हुन्छ । बच्चाको उपचारको लागि बाल अस्पताल नै आवश्यक हुनुका साथै अनुभवी बाल शल्य चिकित्सक,अपरेशन कक्ष, अपरेशन पश्चात राखिने पोस्ट अपरेटिभ वार्ड, नवजात सघन उपचार कक्ष, पेडियाट्रिक सघन उपचार कक्ष तथा बच्चाहरु खेल्ने कक्ष बालबालिका मैत्री वातावरण आवश्यक हुन्छ, किनकी बच्चा वयस्कको सानो रुप हैन । बच्चाहरु वयस्कको भन्दा शरीर संरचना,मानसिक ,शारिरीक रुपमा निकै नै फरक हुन्छ । बच्चाको शल्यक्रिया गर्दा धेरै कुराहरुमा बिचार गर्नुपर्छ । बच्चाहरुलाई अस्पतालमा सकेसम्म आमाबुवाको साथमै राख्ने प्रयास गर्नुपर्छ ।

हालसम्मको मेरो २९ बर्षको बाल शल्यक्रियाको अनुभव र यात्रालाई हेर्दा बाल शल्य चिकित्सक बन्न कम्तीमा १२ देखि १५ बर्ष बिताउनु पर्ने बाध्यात्मक अवस्था पश्चात लगनशिलता,धैर्यता र लामो कार्य अनुभवको निकै नै आवश्यकता छ ।

(लेखक प्रा.डा.रामनन्दन प्रसाद चौधरी ईशान बाल तथा महिला अस्पताल ,काठमाडौंमा प्रमुख बाल शल्य चिकित्सक रुपमा कार्यरत हुनुहुन्छ) ।

शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.