• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १३ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १३ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १५ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १५ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना

  •  आइतबार, जेठ ०७, २०८० मा प्रकाशित

जाजरकोट ।जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त सङ्कलन केन्द्रको भवन निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

रु ४१ लाखमा निर्माण भएको उक्त भवनमा बारेकोटको पाटनबाट सङ्कलन गरी ल्याइएको जडीबुटी व्यवस्थापन गरिने छ । जाजरकोटबाट जुम्ला जाने बाटोको बीचमा रहेको र सडकको पहुँचमा रहेका कारण जडीबुटी भण्डार गरी निर्यात गर्न सजिलो हुने अपेक्षा गाउँपालिकाले लिएको छ । जडीबुटी सबैभन्दा बढी पाइने पाटन बारेकोट –४ मा रहेका सामुदायिक वनमा रहेको वडाध्यक्ष विष्णु रावतले बताउनुभयो ।

तोकिएको समयभन्दा अगाडि निर्माण गरिएको उक्त भवनले बाहिरबाट आउने सङ्कलनकर्तालाई सहजता ल्याउने भएको छ । भवन नहुँदा स्थानीयवासीका घरमा जडीबुटी राख्दा चोरी हुने, मुसाले हानी पुर्याउनेदेखि कुहिने डरबाट मुक्त भएको उहाँले बताउनुभयो । पच्चीस प्रकारका जडीबुटी बारेकोटमा पाउने गरेको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख राधाकृष्ण दासले बताउनुभयो । जडीबुटी उत्पादन र सङ्कलनका दृष्टिकोणले बारेकोट–४ सबैभन्दा बढी उर्वरभूमि रहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा जडीबुटी सङ्कलनकर्ताबाट राजस्वस्वरुप रु ३३ लाख ७२ हजार एक सय २५ सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लाको कुल भू–भागको करिब ५८ दशमलव एक सय ४५ भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ भने यहाँका नौ सय ३५ जनताको मुख्य पेसा कृषि र वन क्षेत्रसँग सम्बन्धित क्रियाकलापसँग आबद्ध रहेका छन् । वन व्यवस्थापनका विभिन्न पद्धतिमध्ये यस जिल्लामा मुख्यगरी सामुदायिक वन, सरकारीद्वारा व्यवस्थित वन, कबुलियती वन तथा निजी वन व्यवस्थापन पद्धतिद्वारा वनको संरक्षण, संवद्र्धन तथा सदुपयोग हुँदै आइरहेको छ । जिल्लाको कुल वन क्षेत्रको ३८ दशमलव ४२ प्रतिशत वन क्षेत्र सामुदायिक वनका रूपमा उपभोक्ता समूह गठन गरी वन व्यवस्थापन हुँदै आइरहेको छ ।

समग्र जिल्लालाई वन व्यवस्थापनको हिसाबले एक डिभिजन तथा छवटा सबडिभिजन वन कार्यालयमार्फत वन व्यवस्थापन कार्य हुँदै आइरहेको छ । सबैभन्दा बढी वन क्षेत्र बारेकोट गाउँपालिका (२५ दशमलव ९७प्रतिशत) तथा सबैभन्दा कम भेरी नगरपालिका (नौ दशमलव ८९ प्रतिशत)मा पर्दछ ।

यातायातको दृष्टिले निकै कठिन रहेको र प्राकृतिक स्रोतको हिसाबले निकै धनी जिल्लाको रुपमा रहे पनि हाल यातायातको पहुँच केही हदसम्म सहज भएको मानिन्छ । अन्य भौतिक पूर्वाधार अभावका साथै यातायात र सञ्चारको उचित विकास तथा जिल्लाको सबै क्षेत्रमा सडकमार्ग जोडिन नसकेकाले जिल्लाको विकासलाई थप कठिन बनाएको छ । प्राकृतिक सम्पदा खासगरी वन जङ्गल तथा जडीबुटी जुन सम्पदा यहाँ जिल्लाको प्रमुख प्राकृतिक सम्पदाका रूपमा रहेको छ । भू–उपयोगिताअनुसार भू–क्षेत्रको प्रयोगको अभावले भू–उत्पादकत्वमा कमी, भू–क्षय, बाढी, पहिरोको प्रकोप दिनप्रतिदिन बढ्दै गई भू–क्षेत्रबाट प्राप्त हुने निरन्तरको लाभबाट बच्चित हुने अवस्था सिर्जना हुँदै गएको छ ।

जलवायु विविधताले प्राप्त वन, वनस्पति, जडीबुटीलगायत अन्य जीवहरूको विविधतालाई विकास गर्नु जिल्लाको कठिन भू–बनोट, भिरपहरा आदिले गर्दा अपरिहार्य रहेको छ । छरिएर रहेको गाउँ बस्तीको वरिपरि रहेका वन क्षेत्रको विकास स्थानीय जनताको सहभागिताबिना सम्भव नभएकाले स्थानीय समुदायमा भएको आवश्यकता र महत्वबारे वोध गराई वन विकासकार्यमा सहभागी गराउन उत्प्रेरित गर्ने लक्ष्य लिएको बारेकोट डिभिजन प्रमख दासले बताउनुभयो ।

यसैबीच जाजरकोटको भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न संरचना निर्माणको काम जारी रहेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले राताचौरमा रु आठ करोडको लागतमा कार्यालय भवन र जडीबुटी प्रशोधन केन्द्रका अन्य भौतिक संरचना निर्माण गरिरहेको छ ।

प्रशोधन कम्पनीको कार्यालय भवनको निर्माण गर्न ज्ञान ज्योति बिल्डर्स प्रालि कोटेश्वर–१३ काठमाडौँले जिम्मा लिएको थियो । अहिले पनि भवन निर्माणको काम चलिरहेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले समग्र कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले औषधिजन्य जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको छ ।

कम्पनीले जाजरकोटमा जटामसी, तेजपत्ता, टिमुरलगायतका औषधिजन्य जडीबुटीको उत्पादन गर्नुका साथै प्रशोधन गरेर बजारीकरण गर्ने लक्ष्य लिएको छ । वार्षिक रु १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । वनबाट काठजन्य उद्योग सञ्चालन गरेर, जडीबुटी तथा गैरकाष्ठको व्यापार गरेर, कार्वनको कारोबार गरेर, वन्यजन्तुको पालन गरेर, पर्यापर्यटनको माध्यामबाट लाभ हासिल गर्न सकिने छ । जिल्लामा स्थापना भएको प्रशोधन कम्पनीले जिल्लामा मात्र नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा योगदान पुग्ने जनाइएको छ । रासस

आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.