चितवन । चितवन क्षेत्र नं.२ (ख)बाट निर्वाचित सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज मन्त्रीपरिषद् विस्तार गरेसंँगै जोशी स्वास्थ्य मन्त्रीमा नियुक्त हुनु भएको हो । आजै नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
स्वास्थ्य मन्त्री बनेका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुनुहुन्थ्यो । उहांँ चितवनका युवा पुस्तामा लोकप्रिय र सक्रिय नेतामा पर्नुहुन्छ ।
