• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • २० मिनेट 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • २२ मिनेट 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • २५ मिनेट 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • २८ मिनेट 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • २ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • ३ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • ६ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • ६ घण्टा 

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

स्तरोन्नति हुँदै निजामती अस्पताल

  •  मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित

काठमाडौँ ।निजामती कर्मचारी अस्पताल स्तरोन्नति हुने भएको छ । अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले चाँडै नै दुई सय ५० शय्या सञ्चालन गरेर अस्पताललाई स्तरोन्नति गरिने जानकारी दिनुभयो । अस्पतालमा हाल एक सय ३२ शय्या सञ्चालन रहेको छ ।

“सबै संरचना तयार भइसकेको छ । नयाँ जनशक्ति चाँडै परिपूर्ति गरेर अस्पताललाई दुई सय ५० शय्यामा सञ्चालन गर्ने छौँ”, उहाँले भन्नुभयो, “अस्पतालको स्तरोन्नतिसँगै सेवा पनि विस्तार गरिनेछ ।” एक हप्ताभित्रमा उच्च प्रविधिको अत्याधुनिक ‘एमआरआई’सेवा सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अत्याधुनिक एमआरआईले जटिल किसिमको रोगको पत्ता लगाउनका लागि परीक्षण गर्दछ । एमआरआईको प्रयोगबाट ब्रेन ट्युमर, पेट, नशा र जटिल रोगको परीक्षण हुन्छ । उक्त एमआरआई उपकरणबाट शरिरको साना–साना नशा, सानो रगत नलि बन्द हुने, मुटुको एमाआइआई , पित्तनली भएका साना पत्थरी, हड्डी खिइएको जस्ता कुराका पत्ता लाग्ने छ ।

निजी अस्पतालमा उक्त सेवा भए पनि सरकारी अस्पतालमा पहिलो भएको उहाँको भनाइ रहेको छ । अस्पतालका निर्देशक डा पौडेलले एमआरआईमा हेलियस ग्याँस भरेपछि सञ्चालन गरिने बताउनुभयो । रु २२ करोडमा खरिद गरिएको उक्त एमआरआई उपकरण दुई महिना अघि मात्र ल्याइएको छ ।

यसैगरी अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि रेडियोथेरापी उपकरणसमेत ल्याउन थालेको छ । यसैगरी अस्पतालले ब्याचलर अफ नर्सी एण्ड क्रिटीकल केयर विषयसमेत अध्ययन गराउने भएको छ । कार्यकारी निर्देशक डा पौडेलले यही जेठको अन्तिम सातादेखि २० जनालाई उक्त विषय अस्पतालमा अध्यापन गराइने जानकारी दिनुभयो ।

यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निजामति अस्पताललाई विशिष्टीकृत चिकित्सासहितको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्दै सातवटै प्रदेशमा विस्तार गरिने उल्लेख छ ।

“यहाँ आएका बिरामीलाई अन्त्य उपचार गर्न जान नपरोस् भनेर अस्पताललाई विशिष्टीकृत बनाउन थालिएको हो”, उहाँले भन्नुभयो, “सबै किसिमको उपचार हुन्छ । अस्पताललाई रिफरल सेन्टरको रुपमा विकास गरिने छ ।” सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पुर्याइने लक्ष्य लिइएको छ । चीन सरकारले बनाइदिएको उक्त अस्पतालमा २०६५ जेठ १६ गतेबाट सञ्चालन आएको हो । रासस

मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

खुसी जीवनका लागि स्वस्थ मुटु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.