• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बाँकेमा बढ्दै थालेसेमियाका बिरामी

  •  मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित

जानकी । बाँकेमा थालेसेमियाका बिरामी बढेका छन् । वंशाणुगत रोगका रूपमा रहेको थालासेमिया थारू समुदायमा बढी देखिन्छ । यो रोग विशेष गरेर थारू, मधेसी, मुस्लिम, जनजाति समुदायमा लाग्ने गर्दछ । थालेसेमिया सिकलसेल एनिमिया जस्तै रोग हो । नेपालगञ्ज भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डेका अनुसार प्रत्येक महिना १५ जना थालेसेमियाका बिरामी बच्चाहरू अस्पताल आउने गरेका छन् ।

हप्तामा दुईदेखि तीन जनाको नयाँ डाइग्नोसिस हुने गरेको फिजिसियन डा पाण्डेले बताउनुभयो । “हिजोआज भेरीमा ठूला बिरामीभन्दा पनि बच्चाहरू आउने गरेका छन् । हामीसँग भएको डाटाअनुसार अहिले प्रत्येक महिना १५ जना थालेसेमियाका बिरामी बच्चा अस्पताल आउने गरेका छन्”, उहाँले भन्नुभयो, “अहिले हामीले हप्तामा दुईदेखि तीनजना बच्चाको नियमित नयाँ डाइग्नोसिस गरिरहेका छौँ ।”

थालेसेमियाका बिरामीमा ८० प्रतिशत थारू समुदाय र २० प्रतिशत अन्य समुदायका रहेको फिजिसियन डा पाण्डेले बताउनुभयो । उहाँका अनुसार थालेसेमिया रोक्नका लागि विवाह गर्दा नै ध्यान पु¥याउनु पर्छ । थालेसेमिया भएका महिला र पुरुषका बीचमा विवाह नगर्दा यो रोग बच्चामा सर्दैन । एक जनामा थालेसेमिया छ भने उसले थालेसेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्छ । बच्चामा थालेसेमिया सरिसकेको छ भने उसको विवाह थालेसेमिया नभएकासँग विवाह गरिदिनुपर्छ । थालेसेमियाको उपचारभन्दा पनि यो रोग हुन नदिन विवाहमै ध्यान दिनुपर्ने डा पाण्डेको सुझाव छ ।

यतिबेला बाँकेका थारू गाउँहरूमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पर्चा नै छ्याप्छ्याप्ती बाँडिएको छ । सिकलसेल, थालेसेमिया रोगका स्रोत व्यक्ति डा पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । पचास प्रतिशत बिरामी र ५० प्रतिशत वाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । पच्चिस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने डा पाण्डेको भनाइ छ ।

सामान्यतया विवाह गर्दा चिना हेर्ने चलन छ तर थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी वाहकहरू पत्ता लगाएर वाहक–वाहकबीच र वाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर समुदायले स्वीकार्न जरुरी रहेको डा पाण्डेले बताउनुभयो । “अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘वाहक’ भनिएको हो । यसबारे थारू समुदायलाई सचेत गराउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेलले बिरामी र वाहक पत्ता लगाएर समुदायमा सचेतना जगाउने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र वाहक पत्ता लगाउने काम भइरहेको र जाँच भइरहेको छ । यो रोगको उपचारमा धेरै खर्च लाग्ने हुँदा यसका बिरामी तथा आफन्तहरूको भने सरकारले बिरामीलाई बाँचुन्जेल निःशुल्क औषधि गर्नुपर्ने माग छ । सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याका रूपमा परिभाषा गर्दै एक लाखसम्मको औषधि निःशुल्क दिने गरेको छ । रगतकै समस्या रहने थालेसेमियालाई जनस्वास्थ्य समस्याका रूपमा राखेर सरकारले निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने सम्बद्धले माग गरेका छन् ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तुलगायतका जिल्लाका थारू समुदायमा यो रोगको समस्या देखिएको छ । यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकाले यस रोगबाट ग्रसित भएका बिरामीहरूको बीमा बनाउने अभियान जारी राखेका छन् । सरकारले अत्यावश्यक औषधिको सूचीमा सिकलसेल र थालेसेमिया रोगीको औषधि पनि राखेको छ । रासस

मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.